Thursday, July 20, 2017
http://www.smule.com/p/252410479_1463948060
Tuesday, July 18, 2017
Saturday, June 24, 2017
Wednesday, May 24, 2017
Saturday, May 6, 2017
karaoke singing
Sunday, March 12, 2017
जुटाैं कहिल्यै नफुटाैं; 'भाइ फुटे गँवार लुटे'
एउटा सानाे घरमा एक परिवार बस्थ्याे। परिवारमा धेरै दाजुभाइहरु थिए। उनीहरुमा खेलकाे रुचि फरक -फरक थियाे। घरकाे अाँगन सानाे थियाे। उक्त घर निकटमा अर्काे ठूलाे अाँगन सहितकाे ठूलाे घर थियाे, जाे अाफ्ना वरिपरिका सबै घरले अाफुलाई ठुलाे ठान्नु र मान्नुपर्छ भन्ने दम्भ पाल्थ्याे। छिमेकी मित्रझैं देखिन्थ्यो तर शत्रुवत व्यवहार गर्थ्याे।
सानाे घरका दाजुभाइहरुमा खेलका विषयमा विवाद भइरहन्थ्याे। साना भाइहरु छिमेकाे ठुलाे अाँगन त देख्थे तर छिमेकीकाे दम्भ बुझ्दैनथे। त्यसैले दाइहरुसँग कुरा नमिल्ने बित्तिकै छिमेकी अाँगनमा उभिन पुगिहाल्थे।
सानाे घरका एक-दुई भाइले अाफ्नाे दम्भ नस्वीकार्ने भएकाेले दाजुभाइबिच विवाद गराइराख्न सके ती एक दुई भाइ अाफैं तह लाग्ने र अाफु र अाफ्नाे दम्भ हावी हुने विश्वास ठुलाघरेलाई थियाे। त्यसैले कच्चा बुद्धि भएका साेझा भाइहरुलाई ललाईफकाई सानाघरे परिवारमा भाँडभैलाे मच्चाउने चेष्टा गरिरहन्थ्याे।
खासमा ठुलाघरेकाे अाँखा सानाघरेकाे करेसाबारी पनि थियाे। अाफ्नाे साँधपट्टिकाे मलिलो माटाे भएकाे पारिलाे घाम लाग्ने बारीकाे गराेमा ठुलाघरेकाे अाँखा निक्कै अघिदेखि गडेकाे थियाे।सानाघरे दाजुभाइलाई अापसमा जुधाएर करेसाबारीका पाटा फाेर्न सके साँध मिच्दै-मिच्दै करेसाबारी अाफ्नापट्टि गाभ्न सकिने साेच ठुलाघरेमा थियाे। त्यही स्वार्थ पालेर ठुलाघरे सानाघरे भाइहरुलाई ललाईफकाई गर्दथे त दाजुहरुलाई पनि प्रभावमा लिन खाेज्दथ्याे।
सानाेघरका अलि बाठा एक दाजु छिमेकीको बक्रदृष्टि राम्ररी बुझ्दथे।त्यसैले ठुलाघरेकाे स्वार्थी अाँखाबाट अाफ्नाे घर परिवार र करेसाबारी सुरक्षित राख्न ठुलाघरकाे अाँगनमा अाफ्ना भाइहरु खेल्न नजाउन् भनेर सम्झाउँथे र ठुलाघरेकाे प्रभावमा नपरुन् भनेर गाली गरिरहन्थे।
तर भाइहरु भने ठुलाघरेकाे अाफुप्रतिकाे दया र चिल्ला कुरामा मख्ख पर्दथे, तिनकाे स्वार्थ पटक्कै बुझ्दैनथे।
ठुलाघरेकाे जति पनि थिचोमिचोलाई स्वभाविक ठानेर सहन भाइहरु सहजै राजी थिए। अाफ्ना दाइले ठुलाघरेकाे थिचोमिचोकाे विराेध गरेकाे पनि भाइहरुलाई मन पर्न छाडेकाे थियाे।
दसानाघरे भाइहरु दाइलाई भन्दा ठुलाघरेलाई बढी विश्वास गर्न थालेका थिए। तिनीहरु दाइलाई परत्र र ठूलाघरेलाई अाफ्ना ठान्न थालिसकेका थिए।
यत्तिकैमा ठुलाघरेकाे उक्साहटमा भाइहरुले अाफ्नाे अधिकार खाेज्न थाले। करेसाबारीका ठुला र मिलेका पाटा उनीहरु राेज्दथे। ठुला दाइहरु हुर्केबढेका र बाठा भएकाले गतिला पाटामा साना भाइहरुकाे अधिकार लाग्ने भनेर ठुलाघरे उक्साउँथे। खेति गर्न नसके मलखाद्य र बिउ- बिजन अाफुले सघाउने लाेभ देखाउँथे। सानाघरे भाइहरु यसैमा मख्ख थिए।
ठुलाघरेकाे सबै स्वार्थ बुझेका दाइलाई भाइहरुकाे माग निल्नु न अाेकल्नु थियाे। माग पूरा गरिदिए गरिखाने पुर्ख्याैली जमिन छिमेकीले कुम्ल्याउने डर, नदिए भाइहरुलाई माया नगरेकाे र अधिकारबाट बञ्चित गरेकाे अाराेप लाग्ने। त्यसैले सकभर मिलेर सँगै बस्ने, नसके छिमेकीलाई साँध मिच्न सजिलाे नहुने गरी बाँडफाँड गर्ने।
दाइकाे तरिकाले अाफ्नाे स्वार्थ पूरा नहुने देखेर ठुलाघरेले भाइहरुलाई थप उक्साउन थाले। दाइसँग जुधाउन साम, दाम, दण्ड, भेद, सबै कुरामा सघाउने भनेर भाइहरुलाई अाश्वस्त पार्न थाले।
छिमेकीको कपटपूर्ण उक्साहटमा भाइहरु दाइसँग जाेरी खाेज्थे। भाइहरुलाई मनाउन दाइ अाफ्नाे बडप्पन देखाउँथे र भाइलाई गाली गर्थे।
विवाद यति बढ्याे कि घरकाे अाँगनमा भाइहरु सिमारेखा काेर्न थाले। अाफ्नाे भनेकाे अाँगनकाे भागमा पाइला नराख्न दाइलाई चेतावनी दिन्थे। पाइला राखे छिमेकी समेत गुहारेर भिड्न अघि सर्थे।
छिमेकी दाइलाई कमजाेर बनाउने र भाइहरुलाई उकासेर भिडाउने रणनीतिमा तल्लीन थियाे। दाइ ठेस लागेर लड्दा भाइले खुच्चिङ बजाउँथे। अझ लड्नुमाथि थिच्नुलाई अाफ्नाे बिजय ठान्न लागेका थिए।
भाइहरुकाे अल्पबुझाईले हैरान बनेकाे दाइ सजिलै हार स्वीकार्न तयार हुने कुरै थिएन। अाफ्नाे घरबार दाउमा जाे थियाे। भाइ त अाफ्नै थिए ;भाइसँग हार स्वीकार गरिदिँदा पनि जीत अाफ्नै थियाे। तर भाइका मायाले हार स्वीकारे छिमेकीले बाजि मार्ने।
अवस्था बडाे गम्भीर बनेकाे थियाे। छिमेकी ठुलाघरे भने यस्तै गम्भीर परिस्थितिमा फाइदा लुट्ने मनसुवा पालिरहेकै थिए। अवस्था अझै गम्भीर बनाउन कहिले भाइका टाउकामा ढुंगा हान्थे र दाेष दाइलाई लाउँथे; कहिले दाइलाई छिर्के लाएर लडाउँथे र भाइहरुलाई खुच्चिङ् बजाऊ भन्थे। दाजुभाइ भिडाउँदा अानन्द मान्थे। दाजुभाइकाे भिडन्तमा बढ्नुमा अाफ्नाे स्वार्थपुर्ति हुने क्षण नजिकिएकाे भन्दै मख्ख पर्दथे।
हाे, यहि परिस्थितिमा हाम्राे मुलुक छ।
हामी क्षेत्र , भुगाेल, धर्म, जात, अादिका नाममा विभाजित छाैं। सिङ्गो नेपाली बनेर राष्ट्र रक्षार्थ जुट्नुभन्दा साम्प्रदायिककामा अल्मलिएर बसेका छाैं। एक-अर्कालाई निषेध गरिरहेका छाैं।
छिमेकीले अधिकारका नाममा हाम्रा मधेसी दाजुभाइलाई अतिरञ्जित लडाइँ लड्न उक्साइरहेछ।स्थायी अस्थिरताकाे भुमरीमा हाम्रो देशलाई जाकेर कमजोर बनाइराख्ने न यसमाथि अाफ्नाे नियन्त्रण जमउने कुचेष्टामा छिमेकी छ। हामी उसकाे स्वार्थ देख्नुकाे साटाे अापसमा अराजक लडाइँ लडिरहेका छाैं। अराजकता बढ्दो छ। यस्तै हाम्रो अापसी लडाइँको फाइदा छिमेकी लुट्दाे छ। हाम्रा दाजुभाइ मरिरहेछन्। छिमेकी हामीमाथि गाेली बर्साइरहेकाे छ। हाम्राे साँध सिमा मिचेर हामीलाई नै गाेली दाग्दाे छ। हामी अाफ्नै अामा नेपालका छाेरा, हाम्रा अाफ्नै भाइ मर्दा खुच्चिङ बजाउँदै दाेषी/पापी छिमेकीको बचाउमा अाफ्ना दाजुभाइ उपर अाग्रह र पुर्वाग्रहपूर्ण दाेषाराेपण मै तल्लीन छाैं।
अब ब्युझिन ढिला भैसक्याे। विषेशगरी भारतीय दुष्प्रभाव र थिचोमिचोबाट नेपाललाई बचाउन तराई मधेस पुर्ण सचेत बनी , साम्प्रदायिकतामा नअल्झी नेपाली राष्ट्रिय एकता कायम गर्न गराउन अग्रसर हुनुपर्छ। शक्तिमा पुग्न र शक्तिमै रहन छिमेकीको गुलामी गर्ने तत्वहरु चिनेर परास्त गर्न समस्त नेपाली एकजुट हुनुपर्छ। सही र गलत, न्याय र अन्याय, सत्य र असत्य अनि विजय र पराजयकाे वास्तविक भेद बुझ्नुपर्छ ।
देशकाे दाेस्राे ठुलो पार्टीमाथि गैरकानुनी निषेधकाे पुर्वाग्रहपूर्ण राजनीतिकाे भुमरीमा परी सप्तरीमा नेपाल प्रहरीको गाेली लागेर मर्ने नेपाली र बिस्तारवादी भारतीय सशस्त्र फाैज , सिमा सुरक्षा बलसँग सिमा अतिक्रमण विरुद्ध नेपालकाे सिमा रक्षार्थ लडाइँ लड्दै गर्दा सहादत प्राप्त गर्ने नेपालीलाई उस्तै ठान्नु किमार्थ न्यायाेचित हाेइन।
सप्तरी घटनामा देशकाे प्रमुख पार्टीका मुख्य नेता/कार्यकर्तामाथि हुन लागेकाे सांघातिक हमला र अाक्रमणबाट जाेगाउन नेपाल प्रहरीले भिड नियन्त्रणका क्रममा (यसमा प्रहरी प्रशासन चलाउने एमालेविराेधीकाे बदनियत थिएन भनेर निश्चय गर्न भने सकिन्न) गाेली चलाएकाे थियाे। त्यहाँ केही नेपाली क्षेत्रीय दल,नेता/कार्यकर्ताले एक प्रमुख नेपाली राष्ट्रिय दलकाे कार्यक्रम बिथाेल्ने अभिप्रायले हुलहुज्जत गर्दा नेपाली प्रहरीले गाेली चलाएर नेपाली मरे। उक्त घटनामा मान्छे मारिनु दुखद् र खेदपूर्ण हाे। हिमाल, पहाड लगायत सिङ्गो देशले घटनाप्रति खेद र दुख प्रकट गरेकाे छ।
कञ्चनपुर घटना सप्तरी घटनाभन्दा बिल्कुल फरक परिवेशमा भएकाे हाे, अाफ्नाे मातृभूमिकाे रक्षार्थ विदेशी अतिक्रमण विरुद्ध लड्ने क्रममा एक नेपालीको विदेशी फाैजकाे गाेलीबाट हत्या भएकाे हाे। भारतीय फाैजकाे गाेलीले नेपालकाे सिमा रक्षाका लागि संघर्षरत नेपालीकाे मृत्यु हुँदा सारा नेपालीलाई अत्यन्तै दुख लागेकाे छ र याे घाेर निन्दनीय घटनाप्रति सबै नेपालीले खेद प्रकट गरेका छन्।
तर केही मधेसवादी नेता, अगुवाले सामाजिक सञ्जालमा व्यक्त गरेकाे विचार पढ्दा अत्यन्तै दुख लाग्छ। तिनीहरु यस्ताे ठान्छन् कि सप्तरीमा नेपाल प्रहरीले मधेसी मारेकाे बदलामा कञ्चनपुरमा भारतीय फाैजले नेपाली मारेकाे हाे।
सप्तरी घटनामा नेपाल प्रहरी र एमालेलाई दाेषी देख्नेहरुले कञ्चनपुर घटनामा भारतकाे बचाउ गर्नु कस्ताे साेच, तर्क र नियत हाे, सम्झँदा पनि कन्सिरीका राैं ठाडा हुन्छन्।
कञ्चनपुर घटनामा भारतकाे बचाउ गर्ने, गाेविन्द गाैतमलाई सहिद घाेषणा गरि गरिएकाे सलामी अर्पणकाे विराेध गर्ने, सप्तरी घटनालाई प्रलय ठान्नु स्वभाविक तर कञ्चनपुर घटनामा चाहिँ खुच्चिङ बजाउनेकाे राष्ट्रियता माथि शंका गरिरहनै पर्दैन। तिनले नेपाली नागरिकता बाेकेका मात्रै हुन्। ती त कसैकाे निर्देशनमा नेपालमा स्थायी अस्थिरता कायम गराउन प्रयाेग भएका अादेशपालक र तिनका भराैटे हुन्।अधिकारकाे नाममा अराजकता फैलाउँछन्, साम्प्रदायिकता भड्काउँछन् , नेपाल भित्र सधैं बन्दुक पड्काउँछन् अनि नेपालकाे अहित चाहनेहरुबाट लाभ लिन्छन्।
जाे बिकाउ छैनन्, जसले नेपालका अहितकारीबाट लाभ लिएका छैनन्, तिनलाई सप्तरी घटनाले भन्दा बढी कञ्चनपुर घटनाले मर्माहत बनाएकाे छ। ती सप्तरी घटनाकाे निन्दा गर्छन् भने कञ्चनपुर घटनाकाे घाेर निन्दा गर्छन्।
सप्तरी घटनामा मधेसी, एमाले र नेपाल सरकार जति दाेषी छन् त्याे भन्दा लाखौं गुणा बढी दाेषी कञ्चनपुर घटनामा भारतीय सिमा सुरक्षा बल, भारत सरकारकाे बिस्तारवादी अतिक्रमणकारी साेच र नेपाल विराेधी भारतीय दम्भ छ। उक्त दाेषलाई दाेष नदेख्नु महाभुल बाहेक अरु केही हुन सक्तैन।