Monday, March 16, 2020

नेपालका वर्तमान कम्युनिष्टबारेकाे विचार

      केही बेर अघि मैले एउटा लामाे सपना देखें । मैले देखेकाे सपनामा स्वर्गीय मदन भण्डारी  र मनमाेहन अधिकारी कमरेहरु कम्युनिष्ट नेताकार्यकर्ताकाे विकृत मानसिकताबारे चिन्ता व्यक्त गर्दै हुनुहुन्थ्याे ।
     बिउँझिएपछि मलाई फेरि निद्रा लागेन । मैले भर्खरै देखेकाे सपनालाई वास्तविकताकाे धरातलमा तुलना गर्न थालें । मनले जे जे साेच्याे त्यसलाई यहाँ लेख्न थालें । 
     स्थानीय स्तरदेखि प्रदेश र केन्द्रका वर्तमान कम्युनिष्ट सरकारहरु माथि जनताकाे अत्यन्तै धेरै अाशा र भराेशा  थियाे र केही कम हदसम्म त्याे अाशा र भराेशा अहिले पनि कायम छ ।
     तर सरकारहरुबाट अाशानुरुप 'सर्भिस डेलिभरी' भने हुन सकिरहेकाे छैन । अहिलेकाे जस्ताे अनकुल समयमा पनि कम्युनिष्ट सरकारका प्राय सबै तहका नेताहरु सामाजिक सुरक्षा भत्तालाई नै अाफ्नाे काम गराइकाे प्रचार प्रसारकाे अाधार बनाइरहेका देखिन्छन् \ भेटिन्छन् ।
      सपनामा मदन र मनमाेहन कमरेडहरुले चिन्ता व्यक्त गरेजस्तै  कम्युनिष्ट नेता कार्यकर्ता धेरै हदसम्म साँच्चिकै विकृत बन्दै गइरहेका छन् ।
     संगठन विस्तारका नाममा अयाेग्य र विकृत मानसिकताका व्यक्तिहरु भित्रिने अनि माथिल्ला तहका नेताकाे चाकडी र चाप्लुसीका भरमा तिनै अयोग्यहरुले हालीमुहाली गर्ने परिपाटी हरेक तहमा स्थापित भएकाे छ।
      कम्युनिष्ट सिद्धान्तको 'क' नजानेका या जानेर पनि सिद्धान्त च्युत भएकाहरुले अनेक तिकडम गरि टिकट या पद हत्याउने र मनमानी गर्ने तर इमानदार नेता कार्यकर्ताले जिम्मेवारीबाट बञ्चित हुनुपर्दा कम्युनिष्ट सरकार र पार्टीप्रति  नै अाम जनताकाे भराेशा टुट्ने अवस्था बनेकाे छ । वडा, गाउँ , नगर , प्रदेश र संघ सबै स्तरमा याे समस्या देखिन्छ ।
     गुटबन्दी व्याप्त छ । व्यक्तिपिच्छेका गुट सबै तहमा प्रशस्तै देखिन्छ ।
     एकता भनेर भिड एकठ्ठा हुने तर जनहितमा भन्दा स्वहितमा रमाउने अनि अन्तरविरोधमा बदलाभावकाे मानसिकता , अापसमा  खट्टा तान्ने  प्रवृत्ति कम्युनिष्ट भित्रकाे राेग नै बनेकाे छ ।
       अाफु टिक्न अाफ्ना टिकाउने प्रवृत्तिले भ्रष्टाचार र अनियमितता माैलाएकाे छ । गुटतन्त्रसँगै लुटतन्त्र जाेडिएकाे छ।
    कम्युनिष्ट दललाई जडशुत्रवादी कट्टरपन्थीहरुकाे भिड बन्नबाट जाेगाउँदै समयानुकूल र परिस्थिति अनुकुल माटाे सुहाउँदो बनाउँदै अनुशासित र व्यवस्थित शक्तिका रुपमा विकास गर्दै सिङ्गो देशलाई नै कम्युनिष्टमय बनाउन कमरेड मदनले गर्नुभएकाे वैचारिक र व्यावहारिक याेगदान अहिलेका अवसरभाेगीहरु धेरैलाई थाहै छैन । थाहा हुनेहरुले पनि बिर्सिसके या सम्झनै चाहँदैनन् । उनीहरुका लागि पार्टी सिर्फ अवसर प्राप्तिकाे थलाे बनेकाे छ ।
    कम्युनिस्ट सरकारलाई लाेक कल्याणकारी सरकारका रुपमा प्रमाणित गर्न मनमाेहन कमरेड नेतृत्वकाे  अल्पमत सरकारले गरेका जस्ता प्रभावकारी र दुरदर्शी निर्णहरु वर्तमानका संघीय देखि प्रदेश र स्थानीय कुनैपनि सरकारले गर्न सकिरहेको देखिँदैन । अहिलेका नेताहरुमा त्यस किसिमकाे क्षमता र मन दुबै छैन भनेर ठाेकुवा नै गर्न सकिने अवस्था छ ।
      अहिलेकाे जस्ताे अनुकुल समय कम्युनिष्ट सरकारका लागि विरलै प्राप्त हुने अवसरहरु हन् । तसर्थ मनमाेहन र भरतमाेहन कमरेडहरुकाे जस्ताे र अझ ती भन्दा बढ्ता देश र जनतामा दुरगामी सकारात्मक प्रभावपर्ने खालका 'भिजनरी' व्यवस्थाका लाेककल्याणकारी निर्णहरु गर्न अग्रसर हुनुपर्छ अबका कम्युनिष्ट सरकारहरु ( अरु सबै पनि )।
     राजनीति भनेकाे लाेककल्याण र समाजसेवाकाे उद्यम हाे ।
 हामीले व्याजमा रमाउनभन्दा पनि लाेक कल्याणका नवीनतम उपायहरु अवलम्बन गर्न सक्नुपर्छ । सामाजिक सुरक्षा भत्तामा त समयानुकूल स्वभाविक रुपमा वृद्धि र सुलभता अाउँछ नै ।
        जनताप्रति उत्तरदायित्व र वफादारिता हुनपर्छ अबकाे राजनीतिमा पनि ।
      नारामा मात्रै हाेइन साँच्चिकै व्यावहारिक रुपमा अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम हुनपर्छ सबै तह र तप्काबाट ।
        भ्रष्टाचाररहित शासन र सुव्यवस्था  देश र समाजकाे हितका खातिर जिम्मेवारी , जनताप्रति उत्तरदायीत्त्व या जवाफदेहिताकाे भावनालाई मूल मन्त्र मानेर लाेक कल्याणकका खातिर अधिकतम लगाव प्रदर्शित गर्न सकेमा मात्रै कम्युनिष्ट सरकारहरु सार्थक बन्न सक्छन् र नेता- कार्यकर्ताहरुमाथिकाे विश्वास कायम रहन सक्छ ।
        अन्यथा कम्युनिष्टहरुमाथि लाग्ने गरेकाे 'कमाऊ-निष्ट'काे अाराेपबाट इमानदार कार्यकर्ताहरुले समेतले उन्मुक्ति पाउन सक्ने छैनन् ।  -  Sunil Paudel