Saturday, September 30, 2023

नेकपा एमाले बागमती प्रदेश अधिवेशनकाे सन्देश

 एमाले सिन्धुपाल्चोककाे एउटा सानाे तह र तप्काकाे कार्यकर्ता , एमालेकाे मतदाता र शुभचिन्तक हुनुका नाताले मैले अवलाेकन,  अनुभव, विचार र मुल्यांकन गरेकाे कुरा :


१. पार्टीकाे आन्तरिक प्रजातन्त्र निक्कै मजबुत रहेछ । वैचारिक र अभिव्यक्ति स्वतन्त्रताकाे भरपुर उपयाेग गर्न पाइँदाे रहेछ । हाम्रा केही थान नेता भनाउँदा र तिनका अन्धभक्त कार्यकर्ता, जाे सही अर्थमा एमालेका सच्चा नेता- कार्यकर्ता कहलाउन लायक हुन तिनीहरु निक्कै सुध्रनुपर्ने देखिन्छ , तिनले वैचारिक र अभिव्यक्ति स्वतन्त्रताको सदुपयाेग हाेइन दुरुपयोग गरेर मात्रै  समस्या  भएकाे हाे । जब तिनले पार्टीको आन्तरिक प्रजातान्त्रिक अभ्यासकाे सदुपयाेग बुझ्दछन् र जान्दछन् ,समस्याकाे आफैं निराकरण हुनेछ ।


२. हाम्राे पार्टीमा हार र जितकाे सशक्त ल्याकत र सामर्थ्य राख्ने 'एक से बढकर एक' नेता कार्यकर्ता रहेछन् । हराउने र जिताउनेमा तिनकाे ल्याकत र शक्ति उधुम रहेछ । बस्, तिनको त्याे न्वारन देखिकाे शक्ति र सामर्थ्य देश र जनता , नेकपा एमाले र यसका नेता कार्यकर्ताकाे हार हाेइन जितका निम्ति प्रयाेग भए समस्या आफैं समाधान हुनेछ । 


३. नेकपा एमालेका हरेक कार्यकर्तामा नेतृत्वको तीव्र इच्छा, आकांक्षा, रहर र अभिलाषा रहेछ । आफ्ना कमरेडहरुलाई उछिनेर नेतृत्वमा पुग्न खाेज्नेमा हाम्रा हरेक कमरेड काेही भन्दा काेही कम रहेनछन् । नत्र भएजति सबै प्रतिनिधिले पदाधिकारी र प्रदेश सदस्यमा उम्मेदवारी कसरी दिन्थे ?  सिर्फ , उनीहरुकाे त्याे उत्कट रहर र जाँगर  देश, समाज र पार्टीकाे हितमा धिरता र धैर्यता पूर्वक सहयाेद्धा कमरेडहरुसँगकाे आपसी स्विकार, सहयाेग र सहकार्यमा आधारित भईदिए समस्या सजिलै सुल्झने रहेछ ।


४. जे हाेस् सारमा भन्नुपर्दा सिन्धुपाल्चोकको एमाले पङ्क्ति आँट, साहस, हिम्मत र गर्व या घमण्ड र शक्तिकाे पर्याय नै ठान्दा पनि फरक नपर्ने रहेछ । चाहे आम निर्वाचनका बेला हाेस् या पार्टीका साना-ठूला अधिवेशनहरुकाे आन्तरिक निर्वाचनमा, एमालेजनमा प्रचुर मात्रामा निकै तिक्ष्ण र विलक्षण प्रतिभा प्रस्फुटन गर्न सक्ने ताकत देखियाे । तर त्याे उर्जाकाे गलत र नकारात्मक उपयाेग अर्थात् दुरुपयाेग हुनेगरेकाे छ । यदि हाम्रा कमरेडहरुकाे त्याे विलक्षण ताकतिलाे उर्जाशील आँट, साहस, हिम्मत, घमण्ड वा गर्व सकारात्मक बनिदियाे मात्रै भने पार्टी, समाज र देशकै आम समस्याकाे स्वत: हल हुने रहेछ । निषेध, शत्रुता, मपाइँत्व, बदलाभाव, नातावाद, कृपावाद, गुटबन्दी, रिस, द्वेष , ईर्ष्या , पेलान्, धाेका र अन्तरघात आदिजस्ता नकारात्मकतालाई सामुहिकता, एकता, सहिष्णुता, समर्थन, सहयाेग, स्वीकार्यता, समष्टिका लागिकाे त्याग, तपस्या र बलिदान, धिरता र धैर्यताकाे सकारात्मकताले विस्थापित गर्न सकियाे भने नेकपा एमालेकाे शुद्धीकरण र सुदृढीकरणले सहजताका साथ सार्थकता पाउने रहेछ । 


५. सबै नेतागणले आफ्ना कार्यकर्ताकाे संरक्षणलाई अथाह मेहनत गर्नुहुँदाे रहेछ ।आफ्ना कार्यकर्तालाई काखी च्याप्न र अवसर प्रदान गरेर अघि बढाउन नेताहरुले देखाउनुभएकाे तत्परता लाेभलाग्दाे देखिने रहेछ । नेतागणकाे त्याे तत्परता यदि असन्तुलित, पक्षपाती, आग्रह र पूर्वाग्रहबाट प्रेरित, कसैलाई काखा र कसैलाई पाखा गर्ने किसिमकाे नभएर निष्पक्ष, तटस्थ र सन्तुलित मात्रै भइदिने हाे भने समस्याकाे तत्काल अन्त्य हुने रहेछ ।


तसर्थ सबै कमरेडहरुलाई मेराे हार्दिक आह्वान छ ,

"दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गराैं, जबजकाे मार्गदर्शनमा समाजवादकाे आधार निर्माण गराैं ", भन्ने हाम्राे नारालाई व्यवहारमा उताराैं । 


नेकपा एमाले बागमती प्रदेश कमिटीमा अटाउन सफल सबै कमरेडहरुलाई हार्दिक बधाई र जिम्मेवार, उत्तरदायी र सफल कार्यकालकाे शुभकामना । 

आकांक्षी भएर पनि अटाउन असफल हुनुभएकाप्रति सहानुभूति र हार्दिक समानुभूति ।

धन्यवाद । 

हार्दिक अभिवादन ।

✊🙏

               - सुनील पाैडेल

एमाले बागमती अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित - Views Nepal

एमाले बागमती अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित - Views Nepal: नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा नवराज सिलवाल निर्वाचित भएका छन् । शुक्रवार राती आएको मत परिणामअनुसार ढुङ्गेलले ६९६ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ४३९ मत पाएका छन् । उपाध्यक्षमा दावादोर्जे लामा ६१५ मत ल्याई विजयी भएका …

Thursday, September 14, 2023

पितु: महिमा अर्थात् पिताकाे महिमा (Father's glory means the glory of a Father) - Views Nepal

पितु: महिमा अर्थात् पिताकाे महिमा (Father's glory means the glory of a Father) - Views Nepal: पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥भावार्थ : पिता धर्म हुन् , पिता स्वर्ग हुन् र पिता ठूलाे तपस्या हुन् । पिता खुसी हुँदा सबै देवताहरू खुसी हुन्छन् ।(Meaning: Father is religion, father is heaven and father is penance. The father is happy and all the …

Monday, September 11, 2023

म्यानमारले नेपाललाई हरायाे - Views Nepal

म्यानमारले नेपाललाई हरायाे - Views Nepal: म्यानमारकाे घरेलु थुउन्ना रङ्गशालामा भएकाे आजकाे फुटबल खेलमा म्यानमारले नेपाललाई हराएकाे छ । दुई देशबिचकाे दाेस्राे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नपालले ०-१ गाेलकाे अन्तरले हार व्यहोर्नुपरेको हाे । खेलकाे दाेस्राे हाफकाे अन्त्यतिर, ८६ ओैं मिनेटमा, म्यानमारका लागि  विन नैइग तुनले गरेकाे गोल नै निर्णायक भएकाे राससले जनाएको छ ।  नेपाल र म्यानमारबिच …

जुरेमा फेरि पहिराे - Views Nepal

जुरेमा फेरि पहिराे - Views Nepal: २०७१ साउन १६ गते रातिकाे भयानक पहिराेकाे कारणले चर्चित बनेकाे सिन्धुपाल्चोककाे जुरेमा फेरि ठूलाे सुख्खा पहिराे गएकाे छ । साेमवार बिहान ९ बजदेखि इटिनी भिरबाट सुरु भएकाे सुख्खा पहिराे खस्ने क्रम अहिले पनि जारी छ । नयाँ पहिराेले हालसम्म कुनै मानवीय क्षति पुर्‍याएकाे भने छैन । जुरे निवासी कृष्णप्रसाद पाैडेलले …

Saturday, September 9, 2023

मुख्यमन्त्री कार्कीले लिए सपथ, तीन मन्त्री र एक राज्यमन्त्री पनि नियुक्त - Views Nepal

मुख्यमन्त्री कार्कीले लिए सपथ, तीन मन्त्री र एक राज्यमन्त्री पनि नियुक्त - Views Nepal: कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार बिराटनगरमा आफ्नाे पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । सर्वोच्च अदालतले संविधानको धारा १६८ काे उपधारा ३ बमाेजिम मुख्यमन्त्रीमा कार्कीलाई ४८ घण्टाभित्र काेशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त गर्न बिहिवार परमादेश दिएकाे थियाे । साेही बमाेजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले सपथ ग्रहण …