Sunday, July 19, 2015

प्याराे कवाडि

कति चाेटि कसि लाउनु पित्तललाई सुन हाे भनी
अकबरी सुन भए चाहिन्न कसि कहिले पनि
तामा पित्तल ठिकै बरु फलाम त अति सस्तो
जसले पनि ठाेक्या देख्छु, ठाेक्दै छन् यी अहिले पनि।

ठाेकी ठाेकी पातलाे त्यो फलामकाे पाता मेरो
ठाेक्नेलाई जिम्मेवारी दिन्छु भनी 'लैजा तेराे'
फलामका टुक्राहरु छाड्दिन म कहिले पनि
उछिट्टेका टुक्रा टुक्रा मेरा हालान् मेरै फेराे।

जाे सँग नि ठाेकिइ हिड्ने कस्तो- के हाे बजारु त्याे
ढुंगाले नि , मुङ्ग्राेले नि , घनले पनि ठाेकिइने त्यो
माया गरी सुम्सुम्याएँ जहिल्यै पनि मैले त्यसलाई
ज्यानै दिई धाेका पाएँ निठुर कति कवाडी त्यो । --

Sent from Fast notepad

No comments:

Post a Comment