सदियाैंदेखि दबिएका र थिचोमिचोमा परेका तमाम उत्पिडित थारुवान समुदायले पहिचान र सामर्थ्यकाे माग गर्नु जायज हाे। यसमा राष्ट्रिय भाइचाराकाे नाताले मेरो सदासयता पनि छ। तर, स्वार्थी र नितान्त व्यक्तिगत स्वहितका लागि राजनीति गर्नेहरुकाे उक्साहट र विस्तारवादी अराष्ट्रिय अराजक तत्वकाे घुसपैठबाट अभिप्रेरित भइ जुन राज्यसँग न्याय मागिएको हाे त्यही राज्य मातहतका राष्ट्रसेवकहरुकाे ज्यानै हर्ने गरि भएकाे कथित अान्दोलन सङ्ंगाे नेपाल र हामी सम्पूर्ण नेपालीहरुकालागि प्रत्युदपादक हुने निश्चित छ। अाज कैलालीमा भएकाे घटनाप्रति गहिरो खेद प्रकट गर्छु। यसर्थ जातीय राजनीति गर्नेहरुलाई लाेप्पा खुवाउन र अाफ्नाे समुदाय र सिङ्गो देशकाे हितका खातिर जातीय र क्षत्रीय सङ्कीर्णता त्यागेर सम्यमित भइ दीर्घकालीन न्यायप्रणाली स्थापना हुने खालकाे संविधान निर्माणमा जाेड दिन म समस्त समुदायमा हार्दिक अपिल गर्दछु। -- Sent from Fast notepad
Tuesday, August 25, 2015
कैलाली घटनाबारेमा मेराे धारणा
जहाँसम्म समाजशास्त्र ,मानवशास्त्र र अन्तरसांस्कृतिक सञ्चार विषयकाे अध्ययनबाट हालसम्म मैले सिकेको कुराले म यस कुरामा विश्वस्त छु कि थारुसमुदाय तुलनात्मक रुपमा साेझा, मायालु र एकाेहाेरा हुन्छन्। सामुदायिक मात्र नभइ राष्ट्रिय भावनासमेतले अाेतप्राेत तिनीहर यसरी हिंसामा उत्रनु असामान्य हाे। एकादुई व्यक्ति र स्वार्थ समुहको उक्साहट र अराजक घुसपैठकाे परिणाम कैलाली घटना हाे। जब याे कुरा सप्रमाण सतहमा अाउँछ, तब हाम्रा थारु समुदाय निद्राबाट बिउझनेछन् । राष्ट्रियता क्षत्रीयताकाे भेद र महत्त्व बुझ्नेछन र अराजकता र राष्ट्रिय अहितका विरुद्ध सचेत हुनेछन् । कैलाली घटना एउटा कालाे दनकाे रुपमा मात्र रहनेछ । -- Sent from Fast notepad
Sunday, August 23, 2015
Subscribe to:
Comments (Atom)