सदियाैंदेखि दबिएका र थिचोमिचोमा परेका तमाम उत्पिडित थारुवान समुदायले पहिचान र सामर्थ्यकाे माग गर्नु जायज हाे। यसमा राष्ट्रिय भाइचाराकाे नाताले मेरो सदासयता पनि छ। तर, स्वार्थी र नितान्त व्यक्तिगत स्वहितका लागि राजनीति गर्नेहरुकाे उक्साहट र विस्तारवादी अराष्ट्रिय अराजक तत्वकाे घुसपैठबाट अभिप्रेरित भइ जुन राज्यसँग न्याय मागिएको हाे त्यही राज्य मातहतका राष्ट्रसेवकहरुकाे ज्यानै हर्ने गरि भएकाे कथित अान्दोलन सङ्ंगाे नेपाल र हामी सम्पूर्ण नेपालीहरुकालागि प्रत्युदपादक हुने निश्चित छ। अाज कैलालीमा भएकाे घटनाप्रति गहिरो खेद प्रकट गर्छु। यसर्थ जातीय राजनीति गर्नेहरुलाई लाेप्पा खुवाउन र अाफ्नाे समुदाय र सिङ्गो देशकाे हितका खातिर जातीय र क्षत्रीय सङ्कीर्णता त्यागेर सम्यमित भइ दीर्घकालीन न्यायप्रणाली स्थापना हुने खालकाे संविधान निर्माणमा जाेड दिन म समस्त समुदायमा हार्दिक अपिल गर्दछु। -- Sent from Fast notepad
No comments:
Post a Comment