Tuesday, October 13, 2015
अनियन्त्रित अनलाइन पत्रिका र भ्रमखेती
धेरै छन् पत्रकारितालाई बदनाम गराउनेहरु। पत्रकारिताकाे मर्म र सिद्धान्तबारे सुन्नसम्म नसुनेकाहरुकाे बाहुल्यता छ नेपाली पत्रकारिता जगतमा। 'लेखपढ गर्न जान्नु नै पत्रकारकाे याेग्यता हाे' भन्ठान्नेहरुलाई ठेगान नलाएसम्म जनताकाे सुसूचित हुने अधिकारकाे प्राप्ति र पत्रकारिताकाे सामाजिक उत्तरदायित्व पूरा हुन सक्दैन।
पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउनकाे लागि यस्ता अतिरञ्जित, कपाेलकल्पित, भ्रामक र अाधारहिन समाचार सम्प्रेषण गर्ने जुनसुकै संस्था र व्यक्ति समाजका निन्दनीय हुन् भन्नेकुरा अाम पाठक र सम्बद्घ सबैले बुझ्न र यस्तालाई अविलम्ब सामाजिक बहिष्कार तथा कानुनी कारबाही गर्न सबैमा हार्दिक अनुराेध छ।
सन्दर्भ : च्याउसरी उम्रिएका अनलाइन पत्रिका र तिनको भ्रम खेती ।
--
Sent from Fast notepad
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment