Tuesday, April 7, 2020

स्थानीय तहकाे अनियमितता बारे

स्थानीय तहकाे अनियमितता बारे:
    हामीले राम्रै मानेका जनप्रतिनिधि रुपका केही गाउँपालिका र नगरपालिकाका 'मालिक'(प्रमुख) हरुलाई सार्वजनिक खरिद ऐेन र नियमावली, स्थानीय तह सञ्चालन ऐेन, नियमावली , कार्यविधि र निर्देशिका अादिजस्ता कुरा 'कुन चराकाे नाम हाे' भन्ने समेत थाहा नभएकाे वा बुझ पचाएकाे देखियाे, सुनियाे र बुझियाे।
   टेन्डर हुने रकमकाे हदका अाधारमा स्थानीयस्तर, जिल्लास्तर र केन्द्रस्तरमा सुचना प्रकाशित गरेर बाेलपत्र अाह्वान गर्नुपर्छ भन्ने सामान्य चेत समेत नभएकाे वा 'मैले गरेपछि सबथाेक ठीक' भन्ने दिग्भ्रमित साेच पालेर काम गर्ने गरेकाे देखियाे ।
    (प्रसंग राष्ट्रिय दैनिकमा बाेलपत्रकाे सुचना प्रकाशित गरेर नदीजन्य निर्माण सामाग्री उत्खननकाे टेण्डर दिइनुपर्ने बाेलपत्र रकमकाे हदमा  जिल्लाबाट प्रकाशित हुने साप्ताहिकमा सुचना प्रकाशित गरिटाेपलेर अाफुखुसी टेण्डर दिइएकाे।)
     सुन्नुस् कथित र स्वघाेषित मालिक साहेबहरु, अनेक तिकडमबाजी गरेर तपाईंले पाएकाे जनमत सदा तपाईंकै पक्षमा रहिरहन्छ भन्ने साेच नपाल्नुस् ।
    अहिले तपाईंहरु अासिन पद र कुर्सी तपाईंहरुकाे बाउकाे बिर्ता वा ससुरालीकाे दाइजाे हाे भन्ने साेच फाल्नुस् ।
     अनि याद गर्नुस् , भाेलि तपाईंहरु पद , पहुँच र पैसाकाे 'पावर'मा नहुँदा र त्याे ठाउँमा  तपाईंहरुले अहिले नगनेका, नमानेका या काेही- केही हाे भन्ने नठानेका मानिसहरु बहाल रहँदा,
    तपाईंका अहिलेका कर्तुतहरु  एकपछि अर्काे गर्दै के उजागर नहाेलान् ?
    तपाईंले अहिले बेवास्ता गरेका र मिचेका नियम-कानुनहरु नै के तपाईंको गलपासाे र हतकडी नबन्लान् ?
    हेक्का राखेर काम कारबाही सञ्चालन गर्ने गर्नाेस् स्वघाेषित मालिकहरु ।
    नागरिक सर्वाेच्चता र कानुनी राजकाे सर्वाेपरी सिद्धान्तलाई स्वीकार गर्नाेस् ।
     अहिले शासक बनेका तपाईंहरु पनि भाेलिकाे शासित हाे, बुझ्नाेस् ।
    केही जान्नुहुन्न या बुझ्नुहुन्न भने जानेबुझेकाहरुसँग साेधेर सल्लाह लिएर काम गर्ने गर्नाेस् ।
    'याे काे हाे र ?' भनेर कसैलाई नजरअन्दाज गर्ने कुचेष्टा नगर्नुहोस् । बरु ,
   हर एक मतदाता र जनता तपाईंलाई अहिलेकाे अााेहदा र हैसियतमा उकाल्न भर्‍याङ बनेकाे हाे भन्ने कुराकाे सदैब हेक्का राख्नुस् ।
    भ्रष्टाचार र अनियमितता उपर छानबिन र कारबाही गर्न प्रशस्तै कानुन र नियामक अायाेग , अदालत र संस्थाहरु छन् भन्ने कुरा कहिल्यै नभुल्नाेस् ।
    निर्माण समिति र उपभाेक्ता समिति मार्फत हुने ससाना काममा हुने भ्रष्टाचारमा समितिका अध्यक्ष, सचिव , काेषाध्यक्ष लगायत समेत भ्रष्टाचार र अनियमिततामा फस्ने फसाइने व्यापक सम्भावना हामीले देखेका छाैं । किनभने हामी जनता हरेकसँग फरकफरक सुचना छन् र सबै सुचनालाई एकठ्ठा गर्दा जनतासँग सबै सुचना रहन्छ ।
     (स्थानीय तह देखि केन्द्रसम्म सबै तहमा यस किसिमका भ्रष्टाचार र अनियमितता विद्यमान छन् । सबैले अा-अाफ्नाे तवरबाट जन खबरदारी गर्न अत्यावश्यक छ।)
                                   - सुनील पाैडेल

No comments:

Post a Comment