Wednesday, June 1, 2022

खबर , सम्पादकीय र सम्पादक - प्रकाशक फाेनवार्ताकाे कथा :

 नबुझे वा अल्छी लागे नपढ्न पाउने तपाईंको अधिकार तपाईंसँग‌ सुरक्षित छ। याे एउटा काल्पनिक कथा हाे । कथा भने रमाइलो छ।

  

खबर , सम्पादकीय र सम्पादक - प्रकाशक फाेनवार्ताकाे कथा : 


  (समाचार संस्थामा अक्सर कस्ताे हुन्छ भने नि , न्युजरुममा कुनै विषयमा सुचनाजन्य कुनै सामाग्री आइपुग्छ । 

    सम्पादकले समाचारीय महत्वका आधारमा छनाैट गरेर त्यसकाे सत्यतथ्य जाँच, काँटछाँट, प्रमाणीकरण, पुनर्लेखन, प्रुफरिडिङ, साजसज्जा आदि प्रकृया पुरा गरेर उक्त समाचारलाई प्रकाशन या प्रसारण गरिदिन्छन्।

    तर प्रकाशन या प्रसारण गर्दा उक्त खबरलाई कुन रुपमा प्रस्तुत गर्ने भन्ने निर्णय सम्पादकले लिन्छन् । कडा या नरम समाचार नै बनाउने कि, सम्पादकीयमा समावेश गर्ने कि, फिचर लेखाउने कि , व्यङ्ग्यचित्र, स्तम्भ , विचार, प्रतिक्रिया या अरु कुनै स्वरुपमा त्यस सामाग्रीकाे प्रकाशन गर्ने या नगर्ने ? हात सम्पादककाे हुन्छ ।

   सिद्धान्तत: जेसुकै भनिएता पनि सुचनाकाे 'गेट किपर' सम्पादक नै हाे । सत्यतथ्य ताेडमाेड नै नगरेपनि त्यसमा 'एङ्गलिङ'काे निर्णायक पनि सम्पादक नै हुन्छन् । तथ्यलाई सम्पादकले आफुले चाहेअनुसारकाे अर्थयुक्त बनाउन सक्छन्।)

     

अहिले सम्म भुमिका थियाे । अब खास कथा सुरु गराैं ।

       एउटा 'खासै फलाेअर्स नभएकाे अनलाइन पत्रिका'मा विद्यमान राजनीतिक खिचातानीबारे 'सम्पादकीय खबर' सम्प्रेषण भयाे । सम्प्रेषित उक्त सामाग्रीले प्रकाशक (पत्रिकाकाे मालिक)सँग राम्रै सम्बन्ध भएका कुनै एक राजनीतिक नेतालाई असर पुर्‍यायाे । नेताले प्रकाशित सामाग्रीका कारण आफ्नाे छविमा आँच आउनसक्ने ठाने । नेताले भनेजस्ताे नभएकाे झाेकमा सामान्य ठानेर गरेका व्यवहारले ठुलै विवाद उत्पन्न हुन पुगेकाे खबर थियाे । उक्त खबर  सार्वजनिक भएपछि आफ्नाे राजनीतिक छवि धमिलिने कुराले नेता झस्किए । त्यस्ता सामाग्री प्रकाशन हुनबाट राेक्नुपर्छ भन्ने ठाने र त्यसकाे काेशिशमा लागे ।

    नेताले आफ्ना सहयाेगी लगाएर सतही तथ्य फर्माए र सम्पादकलाई घुमाउराे शैलीमा वास्तविक सत्य सतही सत्यद्वारा छाेपिनुपर्छ भन्ने आशयकाे सन्देश पठाउन लगाए ।

    खबर राेकिएन । बरु 'इन डेफ्त इन्फर्मेसन' सहित थप 'एनालिटिकल अपडेट' छापिए । 

    नेताले आफ्नाे हितैसी प्रकाशकलाई फाेन गरेर आफ्ना हित प्रतिकुल हुने त्यस्ता सामाग्री छाप्नबाट राेक्न आग्रह गरे ।

       बेलुकी अबेर सम्पादकले प्रकाशककाे ''मलाई फाेन गर्नु'' भन्ने अलि कडा सन्देश पायाे । आदेश बमोजिम सम्पादकले भाेलिपल्ट बिहान प्रकाशकलाई फाेन गर्याे।

    प्रकाशक र सम्पादककाे फाेन सम्बाद यसप्रकार छ ; 

( प्रकाशन घरायसी हुन्छ । प्रकाशक र सम्पादक पिता - पुत्र हुन्छन् ।)


प्रकाशक : ओइ सम्पादक ! तँलाई किन जान्ने हुनुपर्ने ? ती मेरा पुरानाे सम्बन्ध भएका नेताकाे बारेमा कुरै नबुझी किन सम्पादकीय लेखेकाे ? मसँग तेराे बारेमा निकै गुनासाे गर्दै थिए । सम्झाइदिनु भन्दै थिए । के लेख्या ?


सम्पादक : न्युजरुममा त समाचारकै रुपमा आएकाे थियाे हजुर । 'फ्याक्ट भेरिफिकेशन' पनि गरेकाे । तर हजुरका हितैसी पर्नुभाे । मैले पनि मानेकै मान्छे ।

   फेरि 'नट फर एट्रिव्युसन' 'काेट्स' र 'फ्याक्ट्स' मात्रै धेरै भएकाेले 'न्युज पेग' नपुग्ने देखियाे । 'इस्यु' 'म्याटर' र 'सब्जेक्ट' त 'न्युजओर्दी' नै थिए । त्यसैले 'फिडब्याक' का लागि 'न्युज सब्जेक्टस् आइडेन्टीफाई' नगरीकन 'एडिटाेरियल' लेखेकाे ।


प्रकाशक : तेराे याे बाह्रसिगें बटारिएका कुरा मलाई नसुना । तुरुन्तै सम्पादकीय हटाइदे । अबदेखि मेरा मान्छेलाई अफ्ट्यारो पर्ने गरि नलेख्नु । 


सम्पादक : मैले 'न्युज' लेखेकाे छैन हजुर । हाम्राे अनलाइनकाे न्युजरुमकाे 'भ्युज' लेखेकाे त हाे नि । मेराे के बिराम भाे र ? 


प्रकाशक : अरु मलाई केही थाहा छैन । म तेराे धेरै कुरा सुन्दिन । ती मेरा मान्छे हुन् । हिजाे पनि हामी बिच राम्रै थियाे । भाेलि पनि राम्रै हुनुपर्छ । सम्बन्धले नजिकका मान्छे हुन् । पर्दा सहयाेग गर्छन् । अब फाेन राख् । 


 सम्पादक : हजुरका मान्छे मेरा पनि त मान्छे हुन् नि हजुर । त्यही भएर त सकेसम्म सन्तुलन मिलाउँदै छु त । अब हाम्राे 'काेड अफ कन्डक्ट' 'इथिक्स' पनि त भुल्न भएन ।   आफ्ना मान्छे भनेर अस्ति पनि 'जुसमा लेउ भेटिएकाे' 'न्युज किल' गर्दा हाम्राे  'क्रेडिबिलिटी' घटेर कति 'फलाेअर्स' गुमाउनु पर्याे । 'फलाेअर्स' घटेपछि 'पब्लिक ट्रस्ट' गुमाएकाे अनलाइन भनेर 'एड्भरटिज्मेन्ट' मा पनि कटाैती हुन आउँछ ।

   आफ्नाे 'एडिटाेरियल फ्रिडम'लाई त जाेगाइराख्नु पर्छ नि हजुर । आफ्ना मान्छे भन्दैमा हामीले आफ्नाे 'प्रिन्सिपल्स' पुरै भुल्न त भएन नि  । 'वाचडग' बन्न छाेडेर 'ल्यापडग' बन्न हुँदैन हजुर । आफ्नाे 'फाेर्थ ईस्टेट', 'भ्वाइस अफ द भ्वाइसलेस', 'मिरर अफ द साेसाइटी' जस्ता 'राेल' , 'रेस्पाेन्सिबिलिटी' र 'एकाउन्टिबिलिटी' चटक्कै बिर्सिन पनि हुँदैन नि । हाेइन र हजुर ? 'ट्रान्सपरेन्सी' का लागि 'एड्भाेकेसी' गर्ने त हाम्राे धर्म नै हाे नि । हाेइन र ? 


प्रकाशक : ती मेरा मान्छेसँग तँलाई पनि एक दिन भेटाएर बसेरै कुरा गराैंला । केही रिसयिवी छ र तेराे ? 


सम्पादक : बसेर गफ त गराैंला नि हजुर । के भाे र । मेराे त्यस्ताे नराम्राे त खास केही छैन हजुर । मेरा के बिगार्देका छन् र ? 

    उनले भरथेग गरिदिएका बेला आफुले पनि सकेसम्मकाे आदर सत्कार पुर्‍याउने काेशिश गरिएकै छ । अब हाम्रा विचार, सहयाेगकाे आशा र विकासकाे याचना सबथाेक बाइपास गरेर आस्थामा चाेट पुर्‍याउने नेतालाई पनि आफनाे 'राइट टु ओपिनियन',  'फ्रिडम अफ एक्स्प्रेसन', 'प्रेस फ्रिडम' र 'एडिटाेरियल फ्रिडम' सबै त्यागेर मेरा मान्छे भनिरहन याे मनले मानेन  क्या हजुर । रिसानी माफ गर्नुहाेला । 


प्रकाशक : जे भए पनि मान्छे सबै चाहिन्छ । म अरु केही भन्दिन । आफ्नाे विवेक भन्दा पनि मेराे आदेश मान्नु । नत्र जागिरबाटै हात धुनुपर्ला । 


सम्पादक : छापिएकाे 'एडिटरियल' 'डिलिट' चाहिँ गर्न सक्दिन हजुर । 'प्राेफेसनालिज्म' मा आघात पर्छ । 'प्रेस काउन्सिलले' 'टेन्सन' पनि दिन्छ । 

   अब हजुरलाई नै अफ्ट्यारो पर्छ भने 'अडियन्स', 'मार्केट कम्पिटीसन' 'इथिक्स' काे 'प्रेसर' धान्न सकुञ्जेल त्याे 'इस्यु'  अब 'इग्नाेर' र 'स्किप' गरिदिउँला हजुरका लागि ।

    अब नेता ज्यु 'माेरल लाइन'मा आउनुकाे सट्टा झन् 'एराेगेन्ट' भएर अघि बढ्न खाेज्नु  भाे भने त हामीले आफ्नाे 'प्राेफेसनल नर्म्स' सम्झिन बाध्य हुनैपर्छ । 


प्रकाशक : ल ल । अहिलेलाई याे मामिलामा 'पेन डाउन' कि के भन्छ त्यही गरिदिनु । पछिका कुरा भेटेर गराैंला । 


सम्पादक : हवस् हजुर । हजुरकाे जाे मर्जी । 


फाेन काटिन्छ । कथा सकिन्छ  । 

      

     याे काल्पनिक कथावस्तुसँग कसैकाे वास्तविक जीवनकाे मेल खाएकाे छ ? 

   काेही काेही काे त पक्कै छ हाेला । 

                - सुनील पाैडेल

No comments:

Post a Comment