अकस्मात् अाज बाटामा तिम्लाई देखेथेँ पियारी,
बद्लेकी छाै कि उस्तेै छाै भनी हेरेथेँ नियाली ।
फरक तिमी भइछाै धेरै चिन्नलाई गार्हो भाे,
यादहरु बल्झे अतीत सबै वेदना सार्हो भाे।।
हँसिलाे मुहार,ठाडाे थ्याे शिर खुसी थ्याै पहिले त,
के भयाे कठै असाध्यै दुःखी देखिई छाै अहिले त।
मलिन चेहरा याे तिम्रो देख्दा पीर ज्यादै पर्याे हे,
रसाए अाँखा बलिन्द्रधारा तपतपी झर्यो हे।।
सुनील पाैडेल
No comments:
Post a Comment