Thursday, September 10, 2015

सबैमा मेराे अपिल

'नेपाल' अामाकाे प्रसव पिडाबिच नवजात 'संविधान' काे जन्माेत्सव मनाउने छलफल चल्दै गर्दा सबैकाे ध्यान भाेजमा मात्र सिमित छ। कुनै छाेराछाेरी माछामासु र जाँडरक्सीको संसर्गै नगर्ने त कुनै नभइ नहुने। यहाँ अामाकाे खुसी र चाहना गाैण र छाेराछाेरीका 'अल्छी तिघ्रा र स्वादे जिब्रा' हावी भएका छन्। अामा भाेजभन्दा पनि दानधर्म र पुजापाठ अनि पराेपकार गरेर पुण्य बढाउन चाहन्छिन्।छाेराछाेरी अाफ्ना स्वादका खानेकुरा पाक्ला कि नपाक्ला भन्ने चिन्ताले ग्रसित।वल्ला,पल्ला र तल्लाघरे छिमेकी दानपुण्य गरे पनि सबै अाफैं थाप्ने र लाभ लिने र विभिन्न परिकार पाके सबै चाख्न र मन परेको पेटभरि खान पाउने दाउमा सबैलाई अा-अाफ्नाे 'लिँडे ढिपी' अडान नछाड्न उक्साउनमा तल्लिन छन्। अब भुमिका अाअाफ्नै। बरु हामी सामान्य खानपानमै चित्त बुझाउँला तर अामाकाे चाहना यसपालि त पूरा हुनैपर्छ। पहिचान र सामर्थ्य माग्ने हाेइन, बनाउने र बढाउने हाे। त्याे अवश्य गराैंला। तर अहिले अामालाई प्रसवपिडाबाट छुटकारा र नवजातलाई संसार देख्न पाउने अधिकार दिऊँ। पहिला अामा बचाऊँ अनि भाेज खाउँला।अा अाफ्नाे स्वादकाे जाेहाे अापसमा साटासाट र बाँडिचुँडि गराैंला। ढिला गरे पछुताउनु बाहेक केही उपाय रहनेछैन । - सुनील पाैडेल -- Sent from Fast notepad

No comments:

Post a Comment