Thursday, September 17, 2015

संविधान विराेधी अान्दोलनकारीमा अनुराेध।

'देश छाेडि शरणार्थी बनेर बिहारमा बस्नुपर्ने भाे' भनेर मनगडण्ते कुरा गर्नेहरुलाई मेराे भन्नू: मनन गराैं संविधान प्रदत्त देशनिकाला विरुद्धको हक प्रयोग गर्नुपर्याे नि। घरमा अाफुले चाहेजति स्वादकाे खानेकुरा पाइएन भनेर भाेकै बस्ने? घरै छाेडेर हिँड्ने? परिवारसँग नाता सम्बन्ध ताेड्ने? अर्काकाे भान्सा चहार्दै हिँड्ने? कुनै पनि घरमा यस्ता सदस्यलाई सकभर फकाएर, तर्साएर जाे पाकेकाे खुवाउने नत्र बेवास्ता गर्नु बाहेक अरु उपाय हुँदैन। जाने मान्छे कि मगन्ते बन्छ, कि भाेकले मर्छ या जे छ खान्छु भनेर अाफ्नाे घर फर्कन्छ। चुलाेमा सुतेर घरकाे भान्सा राेक्न कसैले सक्छ? घरभरिका मान्छेलाई भाेकै राख्न कति दिन सकिन्छ? अगेनामा, हिटरमा, स्टाेभमा,बारीको पाटामा चम्का लाएर जसरी पनि जाे भाकाे पकाएर ख्वाउन परेन? पकाउनै नपाए पनि रुखासुखा, रेडिमेड भएनि खुवाएर पेट त भराउन पर्याे नि। एकादुईकाे घुर्कीले सारालाई भाेकाे राख्न मिल्छ? रिस खा अाफु बुद्धि खा अरु भन्ने कुरा नबुझे अाफैं सकिन्छन् रिसाउनेहरु। -- Sent from Fast notepad

No comments:

Post a Comment