'डेमोक्रेटिक कम्युनिजम' वा 'कम्युनिष्ट डेमोक्रेसी' सिद्धान्तका विश्व प्रणेता जननेता कमरेड मदन भण्डारी:
तिनताका दुनियाँभर कमजाेर बन्दै गइरहेकाे कम्युनिष्ट विचारधारालाई जननेता कमरेड मदन भण्डारीले नेपालकाे माटाे र बेला सुहाउँदो लाेकतान्त्रिक विचारधाराका रुपमा परिणत गरिदिएका हुन्।
प्रजातान्त्रिक विचारधारका जनवादी नेता विपीले प्रजातान्त्रिक समाजवादकाे नेपालमा वकालत गरेका थिए । तर दुनियाँमा 'डेमोक्रेटिक साेसलिजम' पहिल्यैदेखि अभ्यासमा थियाे ।
प्रजातन्त्र र साम्यवाद भने विश्वमा दुई विपरित ध्रुवीकरणका राजनीतिक विचार थिए । 'डेमोक्रेसी' र 'कम्युनिजम' सँगसँगै अस्तित्वमा रहन सक्छ भन्नेमा दुनियाँलाई गहिराे शंका थियाे । मदन भण्डारीले जनताकाे बहुदलीय जनवादकाे सिद्धान्त प्रतिपादन गरेका थिएनन् भने सायद दुनियाँमा साम्यवादी लाेकतन्त्रकाे अभ्यास नै हुँदैनथ्याे कि ?
अहिले हामी नेपालमा साम्यवादी लाेकतन्त्र र लाेकतान्त्रिक साम्यवाद दुबै अभ्यास गरिरहेका छाैं । याे व्यवस्थाकाे सम्भावनाका खाका काेर्ने कमरेड मदन नै हुन् । त्यस यता याे राजनीतिक परिपाटीकाे सिकाे दुनियाँका अरु धेरै देशले पनि गरेका छन् ।
यस मानेमा कमरेड मदनलाई 'पिपल्स मल्टीपार्टी डेमोक्रेसी' सँगसँगै 'डेमोक्रेटिक कम्युनिजम' वा 'कम्युनिष्ट डेमोक्रेसी' का प्रणेता पनि मान्नुपर्ने हुन्छ ।
न्युज विकले त्यसै लेख्छ ''इन नेपाल कार्ल मार्क्स लिभ्स '' ?
- सुनील पाैडेल
No comments:
Post a Comment