संसद विघटन र एमसीसी
खुलेयाम कि लुकिछिपी ?
हुन त याे काेणबाट आफ्नाे कदमकाे बचाउ र प्रष्ट्याईँ गर्न स्वयं केपी ओली नै पनि चाहिरहेका र सकिरहेका छैनन् । संसद विघटनकाे ओेेेेैचित्य पुष्टि गर्न ओली सफल भइनरहेका भएपनि मलाई चाहिँ के लाग्छ भने ;
राष्ट्रियताका मुद्दामा नेपाल सरकार जुनबेला पनि एकरुप छ भन्ने सन्देश विश्वव्यापी हुनु नेपालका लागि दुरगामी रुपमा हितकर हाे, कि हाेइन ?
यही आसयमा पूर्ववर्ति सरकारकाे कार्यकालमै भएकाे भएपनि राष्ट्रिय महत्वका अन्तर्राष्ट्रिय सम्झाैताहरु लागू गराउँदा अन्तर्राष्ट्रिय जगतमा नेपाल र नपाली राष्ट्रियताकाे एकरुपताकाे परिचय विश्वसामु स्थापित हुन्छ भन्ने केपी ओलीले ठानेका थिए ।
त्यसैले संसदबाटै एमसीसी पास गराउनुपर्ने दबाबमा ओली सरकार पनि थियाे । तदनुरुप ओलीले वातावरण बनाउन खाेजेका पनि हुन् ।
तर एमसीसीका कारण दुरगामी रुपमा नेपालकाे अहित हुने केही बुँदा सम्झाैतामा उल्लेख भएकाे पाइएकाले जनस्तरबाट व्यापक विराेध भएपछि ओलीले एमसीसीलाई संसदबाट पारित गराउन चाहेनन् । राष्ट्रियता र जनभावनाकै जगमा एमाले अध्यक्ष र प्रधानमन्त्री बनेका ओली दलीय नेताका विचार भन्दा पनि जनभावना बुझेर निर्णय लिने स्वभाव र विचारमा प्रतिबद्ध थिए ।
ओलीद्वारा दुई- दूई पटक प्रतिनिधि सभा बिघटन गरिनुकाे एउटा कारण एमसीसी सम्झाैतालाई संसदबाटै अनुमाेदित गराउनुपर्ने अमेरिकाकाे बाध्यात्मक शर्त पनि एक थियाे । किनकि आन्तरिक राजनीति 'स्मुथ रन' मा रहेका बेला एमसीसी अनुमाेदन गराउन ओलीमाथि अमेरिकाकाे पनि व्यापक दवाव थियाे । अनुमाेदनकाे प्रयास समेत नगर्दा ओलीमाथि अमरिकी घेराबन्दी सुरु हुने निश्चित नै थियाे ।
यसैबीच अमेरिकाकाे सट्टा देशकाे आन्तरिक राजनीतिले नै ओली सरकारमाथि घराबन्दी सुरु गरिहाल्याे । ओलीमाथि अविश्वासको प्रस्ताव पेश हुने लगभग निश्चित नै थियाे । त्यसैलाई कारण देखाएर ओलीले प्रतिनिधि सभा बिघटन गरिदिए ।
दुई पटक प्रतिनिधि सभा विघटन गराएकाेमा ओली कदमकाे व्यापक विराेध गर्दै ओलीलाई गाली गर्ने ( र ओलीकाे उक्त कदमलाई असंवैधानिक ठहर्याउँदै पुनःस्थापनाकाे आदेश र परमादेश जारी गरेका) हरुले एकपटक पनि ओली कदमकाे दुरगामी सकारात्मक परिणामबारे साेचे ?
हाे , म त्यही भएर भन्छु कि कारण, कथन तथा करणबारे वस्तुनिष्ठ विश्लेषण र परिणामकाे यथार्थपरक पुर्वानुमान नगरी गरिएकाे कुनै पनि फैसला कालान्तरमा सही सावित हुने छैन ।
यसबारे कसैलाई केही भन्नु छ ? यदि छ भने रातभरि साेचेर भाेलि दिनभरमा भन्दा पनि हुन्छ । अहिलेलाई शुभरात्री । हवस् त । अभिवादन । नेपाल र नेपालीकाे जय हाेस् ।
- सुनील पाैडेल
No comments:
Post a Comment