सर्वदेवतामय: पिता ( पिता सर्वदेवतातूल्य छन् )
विद्यादाता, जन्मदाता, कन्यादाता तथैव च
अन्नदाता, भयत्राता पञ्चैते पितर स्मृता : ।
अत : सर्वगुणसम्पन्न पिता: ।
{विद्या दिने (गुरु), जन्मदिने (मातापिता), कन्या दिने (कर्मदाता पितामाता/ सासूससुरा), अन्नदिने ( अन्नदाता वा पालनपाेषण गर्ने ( पालनकर्ता) र भयबाट रक्षा गर्ने अर्थात् डर-त्रासबाट मुक्त राख्ने पाँच व्यक्ति नै पञ्चपिता हुन् ।} पञ्चपिताका यी सम्पूर्ण गुण पितामा हुन्छ । त्यसैले पिता सर्वगुणसम्पन्न हुन्छन् ।
पिता धर्म: पिता स्वर्ग: पिता हि परमं तप: ।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवता: ।।
पितराै यस्य तृप्यन्ति सेवया च गुणेन च ।
तस्य भागीरथीस्नान महन्यहनि वर्तते ।।
( पिता धर्म हुन्, पिता स्वर्ग हुन् र पिता नै सबैभन्दा ठूलाे तपस्या हुन् । पिता प्रसन्न भएमा सम्पूर्ण देवताहरु खुसी हुन्छन् । पितालाई आफ्नाे सद्गुण र सेवाले सधैं सन्तुष्ट राख्न सक्ने सन्तानलाई हरेकदिन गंगास्नान गरेकाे पुण्य मिल्छ । )
बैकुण्ठधामवासी हजुरबुबालाई श्रद्धाञ्जली र सम्झना । पिता र पितातुल्य काकाबाहरुलाई ढाेग प्रणाम र शुभकामना ।
पिता या बाहरुकाे 'चेन'मा आफूलाई बा (बाबा) भन्ने हाम्राे परिवारकाे पछिल्लाे पुस्ता भने कुशेओेैंशीकाे महत्त्व बुझ्नसक्ने भइसकेकाे छैन । उसलाई पनि शुभकामना ।
यसका साथै सबैलाई पितृश्रद्धाकाे पावन दिन कुशेओैंशीकाे उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
- सुनील पाैडेल
No comments:
Post a Comment