Saturday, September 30, 2023

नेकपा एमाले बागमती प्रदेश अधिवेशनकाे सन्देश

 एमाले सिन्धुपाल्चोककाे एउटा सानाे तह र तप्काकाे कार्यकर्ता , एमालेकाे मतदाता र शुभचिन्तक हुनुका नाताले मैले अवलाेकन,  अनुभव, विचार र मुल्यांकन गरेकाे कुरा :


१. पार्टीकाे आन्तरिक प्रजातन्त्र निक्कै मजबुत रहेछ । वैचारिक र अभिव्यक्ति स्वतन्त्रताकाे भरपुर उपयाेग गर्न पाइँदाे रहेछ । हाम्रा केही थान नेता भनाउँदा र तिनका अन्धभक्त कार्यकर्ता, जाे सही अर्थमा एमालेका सच्चा नेता- कार्यकर्ता कहलाउन लायक हुन तिनीहरु निक्कै सुध्रनुपर्ने देखिन्छ , तिनले वैचारिक र अभिव्यक्ति स्वतन्त्रताको सदुपयाेग हाेइन दुरुपयोग गरेर मात्रै  समस्या  भएकाे हाे । जब तिनले पार्टीको आन्तरिक प्रजातान्त्रिक अभ्यासकाे सदुपयाेग बुझ्दछन् र जान्दछन् ,समस्याकाे आफैं निराकरण हुनेछ ।


२. हाम्राे पार्टीमा हार र जितकाे सशक्त ल्याकत र सामर्थ्य राख्ने 'एक से बढकर एक' नेता कार्यकर्ता रहेछन् । हराउने र जिताउनेमा तिनकाे ल्याकत र शक्ति उधुम रहेछ । बस्, तिनको त्याे न्वारन देखिकाे शक्ति र सामर्थ्य देश र जनता , नेकपा एमाले र यसका नेता कार्यकर्ताकाे हार हाेइन जितका निम्ति प्रयाेग भए समस्या आफैं समाधान हुनेछ । 


३. नेकपा एमालेका हरेक कार्यकर्तामा नेतृत्वको तीव्र इच्छा, आकांक्षा, रहर र अभिलाषा रहेछ । आफ्ना कमरेडहरुलाई उछिनेर नेतृत्वमा पुग्न खाेज्नेमा हाम्रा हरेक कमरेड काेही भन्दा काेही कम रहेनछन् । नत्र भएजति सबै प्रतिनिधिले पदाधिकारी र प्रदेश सदस्यमा उम्मेदवारी कसरी दिन्थे ?  सिर्फ , उनीहरुकाे त्याे उत्कट रहर र जाँगर  देश, समाज र पार्टीकाे हितमा धिरता र धैर्यता पूर्वक सहयाेद्धा कमरेडहरुसँगकाे आपसी स्विकार, सहयाेग र सहकार्यमा आधारित भईदिए समस्या सजिलै सुल्झने रहेछ ।


४. जे हाेस् सारमा भन्नुपर्दा सिन्धुपाल्चोकको एमाले पङ्क्ति आँट, साहस, हिम्मत र गर्व या घमण्ड र शक्तिकाे पर्याय नै ठान्दा पनि फरक नपर्ने रहेछ । चाहे आम निर्वाचनका बेला हाेस् या पार्टीका साना-ठूला अधिवेशनहरुकाे आन्तरिक निर्वाचनमा, एमालेजनमा प्रचुर मात्रामा निकै तिक्ष्ण र विलक्षण प्रतिभा प्रस्फुटन गर्न सक्ने ताकत देखियाे । तर त्याे उर्जाकाे गलत र नकारात्मक उपयाेग अर्थात् दुरुपयाेग हुनेगरेकाे छ । यदि हाम्रा कमरेडहरुकाे त्याे विलक्षण ताकतिलाे उर्जाशील आँट, साहस, हिम्मत, घमण्ड वा गर्व सकारात्मक बनिदियाे मात्रै भने पार्टी, समाज र देशकै आम समस्याकाे स्वत: हल हुने रहेछ । निषेध, शत्रुता, मपाइँत्व, बदलाभाव, नातावाद, कृपावाद, गुटबन्दी, रिस, द्वेष , ईर्ष्या , पेलान्, धाेका र अन्तरघात आदिजस्ता नकारात्मकतालाई सामुहिकता, एकता, सहिष्णुता, समर्थन, सहयाेग, स्वीकार्यता, समष्टिका लागिकाे त्याग, तपस्या र बलिदान, धिरता र धैर्यताकाे सकारात्मकताले विस्थापित गर्न सकियाे भने नेकपा एमालेकाे शुद्धीकरण र सुदृढीकरणले सहजताका साथ सार्थकता पाउने रहेछ । 


५. सबै नेतागणले आफ्ना कार्यकर्ताकाे संरक्षणलाई अथाह मेहनत गर्नुहुँदाे रहेछ ।आफ्ना कार्यकर्तालाई काखी च्याप्न र अवसर प्रदान गरेर अघि बढाउन नेताहरुले देखाउनुभएकाे तत्परता लाेभलाग्दाे देखिने रहेछ । नेतागणकाे त्याे तत्परता यदि असन्तुलित, पक्षपाती, आग्रह र पूर्वाग्रहबाट प्रेरित, कसैलाई काखा र कसैलाई पाखा गर्ने किसिमकाे नभएर निष्पक्ष, तटस्थ र सन्तुलित मात्रै भइदिने हाे भने समस्याकाे तत्काल अन्त्य हुने रहेछ ।


तसर्थ सबै कमरेडहरुलाई मेराे हार्दिक आह्वान छ ,

"दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गराैं, जबजकाे मार्गदर्शनमा समाजवादकाे आधार निर्माण गराैं ", भन्ने हाम्राे नारालाई व्यवहारमा उताराैं । 


नेकपा एमाले बागमती प्रदेश कमिटीमा अटाउन सफल सबै कमरेडहरुलाई हार्दिक बधाई र जिम्मेवार, उत्तरदायी र सफल कार्यकालकाे शुभकामना । 

आकांक्षी भएर पनि अटाउन असफल हुनुभएकाप्रति सहानुभूति र हार्दिक समानुभूति ।

धन्यवाद । 

हार्दिक अभिवादन ।

✊🙏

               - सुनील पाैडेल

एमाले बागमती अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित - Views Nepal

एमाले बागमती अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित - Views Nepal: नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा नवराज सिलवाल निर्वाचित भएका छन् । शुक्रवार राती आएको मत परिणामअनुसार ढुङ्गेलले ६९६ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ४३९ मत पाएका छन् । उपाध्यक्षमा दावादोर्जे लामा ६१५ मत ल्याई विजयी भएका …

Thursday, September 14, 2023

पितु: महिमा अर्थात् पिताकाे महिमा (Father's glory means the glory of a Father) - Views Nepal

पितु: महिमा अर्थात् पिताकाे महिमा (Father's glory means the glory of a Father) - Views Nepal: पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥भावार्थ : पिता धर्म हुन् , पिता स्वर्ग हुन् र पिता ठूलाे तपस्या हुन् । पिता खुसी हुँदा सबै देवताहरू खुसी हुन्छन् ।(Meaning: Father is religion, father is heaven and father is penance. The father is happy and all the …

Monday, September 11, 2023

म्यानमारले नेपाललाई हरायाे - Views Nepal

म्यानमारले नेपाललाई हरायाे - Views Nepal: म्यानमारकाे घरेलु थुउन्ना रङ्गशालामा भएकाे आजकाे फुटबल खेलमा म्यानमारले नेपाललाई हराएकाे छ । दुई देशबिचकाे दाेस्राे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नपालले ०-१ गाेलकाे अन्तरले हार व्यहोर्नुपरेको हाे । खेलकाे दाेस्राे हाफकाे अन्त्यतिर, ८६ ओैं मिनेटमा, म्यानमारका लागि  विन नैइग तुनले गरेकाे गोल नै निर्णायक भएकाे राससले जनाएको छ ।  नेपाल र म्यानमारबिच …

जुरेमा फेरि पहिराे - Views Nepal

जुरेमा फेरि पहिराे - Views Nepal: २०७१ साउन १६ गते रातिकाे भयानक पहिराेकाे कारणले चर्चित बनेकाे सिन्धुपाल्चोककाे जुरेमा फेरि ठूलाे सुख्खा पहिराे गएकाे छ । साेमवार बिहान ९ बजदेखि इटिनी भिरबाट सुरु भएकाे सुख्खा पहिराे खस्ने क्रम अहिले पनि जारी छ । नयाँ पहिराेले हालसम्म कुनै मानवीय क्षति पुर्‍याएकाे भने छैन । जुरे निवासी कृष्णप्रसाद पाैडेलले …

Saturday, September 9, 2023

मुख्यमन्त्री कार्कीले लिए सपथ, तीन मन्त्री र एक राज्यमन्त्री पनि नियुक्त - Views Nepal

मुख्यमन्त्री कार्कीले लिए सपथ, तीन मन्त्री र एक राज्यमन्त्री पनि नियुक्त - Views Nepal: कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार बिराटनगरमा आफ्नाे पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । सर्वोच्च अदालतले संविधानको धारा १६८ काे उपधारा ३ बमाेजिम मुख्यमन्त्रीमा कार्कीलाई ४८ घण्टाभित्र काेशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त गर्न बिहिवार परमादेश दिएकाे थियाे । साेही बमाेजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले सपथ ग्रहण …

जी-२० सम्मेलन नयाँदिल्लीमा सुरु - Views Nepal

जी-२० सम्मेलन नयाँदिल्लीमा सुरु - Views Nepal: विश्वका शक्तिशाली मध्येका २० प्रमुख देशहरुकाे समुह( ग्रुप अफ ट्वन्टी (जी-२०) काे १८ओैं सम्मेलन  आज भारतकाे नयाँ दिल्लीमा सुरु भएको छ । नयाँ दिल्लीस्थित प्रगति मैदानमा रहेकाे भारत मण्डपम अन्तर्राष्ट्रिय प्रदर्शनी तथा सम्मेलन केन्द्र (आइ.ई.सि.सि) मा सुरु सम्मेलनमा  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले उपस्थित सबैलाई स्वागत गरेका छन् । आयाेजक सदस्य …

Thursday, September 7, 2023

काेशी प्रदेश मुख्य मन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वाेच्चकाे परमादेश - Views Nepal

काेशी प्रदेश मुख्य मन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई नियुक्त गर्न सर्वाेच्चकाे परमादेश - Views Nepal: सर्वोच्च अदालतले आज नेकपा एमालेका नेता एवम्  काेशी प्रदेशसभा सांसद हिक्मत कार्कीलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको खबर सार्वजनिक भएकाे छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल प्रधान,  कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ काे उपधारा ३ बमोजिम ४८ घण्टा भित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न काेशी प्रदेश …

हिक्मत कार्कीलाई मूख्यमन्त्री नियुक्त गर्न सर्वाेच्चकाे आदेश - Views Nepal

हिक्मत कार्कीलाई मूख्यमन्त्री नियुक्त गर्न सर्वाेच्चकाे आदेश - Views Nepal: सर्वाेेच्च अदालतले नेकपा एमालेका नेता एवम् सांसद हिक्मत कार्कीलाई २४ घण्टाभित्र काेशी प्रदेश सरकारकाे मुख्यमन्त्री पदमा नियुक्त गर्न आदेश दिएकाे खबर छ । काेशी प्रदेश संसदमा सबैभन्दा ठूलाे दलकाे संसदीय दलका नेताका हिसाबले कार्कीलाई नियुक्त गर्न सर्वाेच्चले आदेश गरेकाे हाे ।

Wednesday, September 6, 2023

Nepali Media: To Contrary Path of Irresponsibility - Views Nepal

Nepali Media: To Contrary Path of Irresponsibility - Views Nepal: Society with varieties of diversity is always prone to several social debate and conflicts. It is very difficult for a diverse country like Nepal to remain free from such ethnic and religious disputes that arise frequently. In case ethnic and religious or any other conflict with violent activities grows rapidly …

भावनामा नबहकिओैं , मर्यादामा चलाैं - Views Nepal

भावनामा नबहकिओैं , मर्यादामा चलाैं - Views Nepal: ईलामको माइजोगमाई गाउँपालिकाका कर्मचारीहरु, हाकिम भनिएका पुरुष र सोही कार्यालयकी लेखा अधिकृत भनिएकी महिलाबिच विभिन्न समयमा कार्यालयभित्रै हुने गरेका यौनजन्य क्रियाकलापकाे सिसिटिभि भिडियाे फुटेज जस्ताकाे तस्तै सामाजिक सञ्जालमा सार्वजनिक भइरहेकाे छ । सामाजिक सञ्जालका व्यक्तिगत एकाउन्टबाट मात्रै हाेइन विभिन्न अनलाइन न्युज पाेर्टल लगायत अन्य धेरै मिडियाबाट समेत भिडियाे जस्ताकाे तस्तै …

Tuesday, September 5, 2023

आज श्री कृष्ण जन्माष्ठमी:

 

श्रीकृष्ण जन्माष्ठमी हिन्दू धर्मको विशेष महत्त्वपूर्ण पर्व हो । यस पर्वमा भगवान श्री कृष्णको जन्म तिथिको अवसरमा मनाइने गरिन्छ । कृष्ण हिन्दू धर्मका एक आदर्श  आराध्य देवता हुन् जसकाे भगवद गीता र महाभारत पुराणमा अनेक महत्त्वपूर्ण किर्तिमानी चर्चा हुने गर्छ । उनका महान कार्य र उनले दिएका ज्ञानका उपदेशलाई हिन्दु धर्मावलम्बीले आदर्शका रुपमा मान्ने  गर्दछन् ।


आजकाे दिनमा भगवान श्री कृष्णको बाल लीला (बचपनका अनेक अनाैठा कार्यहरू) , रसलीला (किशाेर र युवा उमेरमा राधा र अन्य १६ सय गोपिनीहरुसँगका प्रेम र अन्य रमाइला प्रसङ्ग) का कथाहरुकाे सम्झना गरिन्छ ।


श्री कृष्ण जन्माष्ठमीमा खासगरी भगवान श्रीकृष्ण लगायत अन्य हिन्दु देवी- देवताकाे पूजा आराधना, आरती, भजन, व्रत, ध्यान, आदि अनेक धार्मिक क्रियाकलाप गर्ने गरिन्छ। हिन्दु धर्मावलम्बीले यस पर्वको अवसरमा भगवान श्रीकृष्णकाे आशिर्वाद प्राप्त गर्नका लागि अनेक पूजा, भक्ति, तपस्या, र मन्त्र जप गर्ने  गर्दछन् ।


हरेक साल भाद्र कृष्ण सप्तमीका दिनदेखि एक छाक मात्रै खाइ व्रत आरम्भ गरिन्छ । भाेलिपल्ट अष्ठमी तिथि को मध्य राति भगवान श्री कृष्णको जन्म भएको मानिन्छ र त्यस दिन बिहानदेखि दिनभर व्रत बसेर पूजाआजा गरिन्छ ।


श्री कृष्ण जन्माष्ठमी पर्वले भगवान कृष्णको जन्मको महत्त्वपूर्ण घटनाकाे सम्झना गराउँछ र भक्तहरूलाई धार्मिक आस्थाप्रति आकर्षित गराउँछ।


भगवान श्री कृष्ण हिन्दू धर्मका एक महत्त्वपूर्ण आराध्य देव हुन् जसले बहुमूल्य धार्मिक शिक्षाहरू प्रदान गरेका छन् । शास्त्रहरुमा चर्चा गरिए अनुसार भगवान श्री कृष्ण बारेका केही प्रमुख र महत्त्वपूर्ण प्रसङ्गहरु  निम्नलिखित छन् ।


भगवान श्री कृष्णको जन्म गुप्त गोकुल नामक स्थानमा अवस्थित माथुराको द्वारिका नगरमा भएको थियो । उनको जन्म भाद्र कृष्णअष्ठमी तिथिका दिन मध्यरातमा भएको थियो, जसलाई श्री कृष्ण जन्माष्ठमी पर्वका रुपमा मनाइने गरिएको छ । 


कृष्णकी माता देवकी र वासुदेव भगवान कृष्णको पिता थिए । कृष्णकाे मातापितालाई कंशले जेलमा राखेका थिए । उनकाे जन्म द्वारकाकाे जेलमा नै भएकाे थियाे ।  तर उनकाे पालनपोषण भाे गोकुलमा गोप्य रूपमा भएको कारण माता यशोदा र नंद जी द्वारा पालना-पोषण गरिएका थिए । नन्दजी र यशाेदालाई नै भगवान श्री कृष्ण आफ्ना प्रिय पिता माता मान्दथे ।


भगवत गीता र महाभारतमा उल्लेख गरिए अनुसार  भगवान श्री कृष्णले उनको जीवनकालमा अनेक महत्त्वपूर्ण लीलाहरू गरेका थिए । बाल्यकालमा मक्खन चाेरी र अनेक बिगाे उपद्राे,  पुतना राक्षसी र  कालिया नागकाे बध, राधा र अरु गाेपिनीहरुसँगका प्रेम र रसलीला, द्राैपदीकाे इज्जतकाे रक्षा, गीता उपदेश मार्फत अर्जुनको मोह भङ्ग ,  आदि अनेकाैं अनेक किर्ति गरेका छन् । तिन‌ै किर्तिहरु मार्फत उनको आदर्श र दिव्य ज्ञान र उपदेशले मानव जीवनका लागि आदर्श शिक्षा प्रदान गरेका छन् ।


महाभारतमा, कृष्णले अर्जुनलाई  गीता उपदेश दिएका थिए, जस माफर्त उनले जीवन, जगत, धर्म, कर्म, भक्ति, र ज्ञानको अद्वितीय शिक्षा प्रदान गरेका थिए ।

Wednesday, August 30, 2023

गैरजिम्मेवारीकाे उल्टाे बाटाेमा नेपाली मिडिया

 सामाजिक विविधताका अनेकाैं आयामहरुका बिच कुनै पनि देशमा जुनसुकै बेला जातीय , धार्मिक वा अन्य कुनै किसिमको द्वन्द्व वा हिंसात्मक गतिविधि तीव्र गतिमा बढ्न सक्छ । त्यसाे भएमा  शिष्टाचार, अखण्डता , शान्ति र सद्भाव कायम राख्न सरकारका साथसाथै त्याे मुलुककाे राज्य व्यवस्था र संयन्त्रसँगै सञ्चारमाध्यम पनि गम्भीर रुपमा जवाफदेही  निकाय हो । 


अहिले नेपालमा उग्र जातीय पहिचान र धार्मिक असहिष्णुताको मुद्दा कोशी प्रदेशको नामकरण र धरानको मन्दिर परिसरमा चर्च निर्माण जस्ता विषयमा जटिल बनेको छ । याे अवस्थामा  प्रदेशमा मात्रै होइन वैचारिक विभेद व्याप्त भएको हाेइन देशभर नै प्रखर धार्मिक र जातीय सामाजिक द्वन्द्वसँगै हिंसाको खतराका संकेतहरू सतहमा  देखापरेका छन् । यस्ता अफ्ट्यारा परिस्थितिमा सैद्धान्तिक र व्यवहारिक रूपमा मिडिया सामान्य अवस्थामा भन्दा बढी जिम्मेवार हुनुपर्छ । 


राज्यकाे चौथो अङ्ग , समाजको पहरेदार, पर्यवेक्षक र अनुगमनकर्ता, संयोजक र सहजकर्ताका रूपमा मिडियाको भूमिका राज्य व्यवस्था र संयन्त्रका सबै निकायहरूबीच सहज समन्वयका लागि सधैं महत्त्वपूर्ण हुन्छ । तर केही थोरै अपवादबाहेक हाम्रो देशका सञ्चारमाध्यमहरू आफ्नो जिम्मेवारीबाट पन्छिने मात्रै होइन, उल्टो जातीय र धार्मिक द्वन्द्व र चर्को विवादलाई उक्साउने र उत्प्रेरित गर्ने गैरजिम्मेवार बाटोमा हिँडेका छन् । 


व्यक्तिगत माइक्रो ब्लगिङ र ब्लगिङ साइटहरू, यूट्यूब र साना स्तरका अनलाइन पोर्टलहरूको बारेमा त कुरा गरी साध्यै छैन, के  छलफल गर्ने ? यी बाहेक पनि मुलधाराका मिडिया र पत्रकारहरू, जसमा प्रतिष्ठित,  लोकप्रिय र प्रख्यात भनिएकाहरू धेरै छन्, जसले  जातीय र धार्मिक सहिष्णुता बढाउने खालका सामग्री प्रकाशन\प्रसारण गरी समाजमा शान्ति, सुव्यवस्था, सामाजिक एकता र सद्भाव कायम गर्नमा महत्त्वपूर्ण याेगदान गर्नुपर्ने हाे । तिनीहरूमा जातीय र धार्मिक सद्भाव र सहिष्णुताकाे संरक्षण गर्ने जिम्मेवारी र जवाफदेहीता त सदा हुन्छ नै । अझ सामाजिक समस्याहरु बल्झिएका बेला त्यसलाई सुल्झाउन त ती लब्धप्रतिष्ठित मिडिया र पत्रकारहरुकाे अझ बढी जिम्मेवार र जवाफदेही भूमिकाकाे अपेक्षा हुन्छ ।

 

तर राज्यमा संकट उत्पन्न हने परिस्थिति देखिएका बेला थप जिम्मेवार र उत्तरदायी बन्ने अपेक्षा गरिएका सञ्चारमाध्यम र पत्रकारहरू जातीय र धार्मिक द्वन्द्व र हिंसालाई झन् बढाउँदै लैजाने ठीक उल्टो बाटोमा हिँडेको देख्दा सारा नेपालीकाे मन निकै दुःखेको छ । 


नेपालका थोरै अपवाद बाहेकका सञ्चारमाध्यम एवम् पत्रकारहरु आजका दिनमा  उत्तरदायित्व विहिनताकाे पूर्णतया गलत र विपरीत बाटोमा लागेका देखिन्छन् । यो नेपाली मिडियाको चरम गैरजिम्मेवारीपन र अत्यन्त असक्षम छविको सीमाभन्दा बाहिरको लाजमर्दो अवस्था हो । 


सामाजिक उत्तरदायित्व, जवाफदेहीता, सामाजिक अनुगमनको भूमिका र राज्यकाे चौथो अङ्गको भूमिका, समाजकाे पहरेदारी र निगरानी कार्य नेपाली पत्रकार र सञ्चारमाध्यमको दृष्टिमा  निकै टाढाको विषय बनेको देखिनु अत्यन्तै दुर्भाग्यपूर्ण छ । आजकल लगभग सबै नेपाली मिडिया र मिडियाकर्मी विश्वासघात र नालायकीपनकाे कुख्यात बलिया उदाहरण बनेका छन् ।

      - सुनील पाैडल

Nepali Media: To Contrary Path of Irresponsibility

In case of ethnic or religious or any other kind of conflict or violent activity grows rapidly in any country, the media also is a hugely accountable body that is seriously responsible along with the government as well as the state system and mechanism for maintaining courtesy, integrity , peace and harmony.

Now in Nepal, when the issue of ethnic identity and religious tolerance has become complicated in matters such as the naming of Koshi province and the construction of a church in the temple complex in Dharan, not only the ideological differences became widespread not only in that province but also in the entire country, signs of the threat of violence have already appeared along with the prone religious and ethnic social conflict in the surface.

In such cases, theoretically and practically, the media should be more responsible. The role of the media, as the fourth estate of the nation, the watchdog and monitor of the society, coordinator and facilitator, is always more important for ease of coordination between and among all the agencies of the state system and mechanism.

But the media in our country, with some very few exceptions, are not only averse from its responsibility, but on the contrary, it seems that they are on the irresponsible path of fueling and encouraging violent conflicts and heated disputes in the name of caste and religion.

What to discuss about personal micro-blogging and  blogging sites, YouTube and small scale online portals, apart from these,  mainstream media and journalists, including those who are said to be popular and prominent, have more responsibility and are more accountable to maintain, protect and build peace and order, social unity and harmony in the society by publishing contents that increases racial and religious tolerance. It is very sad to see and say that those media and journalists who are supposed to be  and expected as more responsible and accountable are seen going on the exact opposite path to incite ethnic and religious conflicts and incite violence much more. Media in Nepal in exception to some very few are these days paving their way to a completely wrong and contrary irrespective path of unaccountability and irresponsibility.

This is a shameful situation beyond the limit of extreme irresponsibility, unaccountability and extremely incompetent image of the Nepali media. Social responsibility, accountability, social monitoring role and the role of fourth estate, watchdog and surveillance function of media has been a matter of a far cry in terms of Nepali Media. Almost all Nepali media these days have become exemplary of perfidious betrayal.
                                  

- Sunil Paudel