Tuesday, September 5, 2023

आज श्री कृष्ण जन्माष्ठमी:

 

श्रीकृष्ण जन्माष्ठमी हिन्दू धर्मको विशेष महत्त्वपूर्ण पर्व हो । यस पर्वमा भगवान श्री कृष्णको जन्म तिथिको अवसरमा मनाइने गरिन्छ । कृष्ण हिन्दू धर्मका एक आदर्श  आराध्य देवता हुन् जसकाे भगवद गीता र महाभारत पुराणमा अनेक महत्त्वपूर्ण किर्तिमानी चर्चा हुने गर्छ । उनका महान कार्य र उनले दिएका ज्ञानका उपदेशलाई हिन्दु धर्मावलम्बीले आदर्शका रुपमा मान्ने  गर्दछन् ।


आजकाे दिनमा भगवान श्री कृष्णको बाल लीला (बचपनका अनेक अनाैठा कार्यहरू) , रसलीला (किशाेर र युवा उमेरमा राधा र अन्य १६ सय गोपिनीहरुसँगका प्रेम र अन्य रमाइला प्रसङ्ग) का कथाहरुकाे सम्झना गरिन्छ ।


श्री कृष्ण जन्माष्ठमीमा खासगरी भगवान श्रीकृष्ण लगायत अन्य हिन्दु देवी- देवताकाे पूजा आराधना, आरती, भजन, व्रत, ध्यान, आदि अनेक धार्मिक क्रियाकलाप गर्ने गरिन्छ। हिन्दु धर्मावलम्बीले यस पर्वको अवसरमा भगवान श्रीकृष्णकाे आशिर्वाद प्राप्त गर्नका लागि अनेक पूजा, भक्ति, तपस्या, र मन्त्र जप गर्ने  गर्दछन् ।


हरेक साल भाद्र कृष्ण सप्तमीका दिनदेखि एक छाक मात्रै खाइ व्रत आरम्भ गरिन्छ । भाेलिपल्ट अष्ठमी तिथि को मध्य राति भगवान श्री कृष्णको जन्म भएको मानिन्छ र त्यस दिन बिहानदेखि दिनभर व्रत बसेर पूजाआजा गरिन्छ ।


श्री कृष्ण जन्माष्ठमी पर्वले भगवान कृष्णको जन्मको महत्त्वपूर्ण घटनाकाे सम्झना गराउँछ र भक्तहरूलाई धार्मिक आस्थाप्रति आकर्षित गराउँछ।


भगवान श्री कृष्ण हिन्दू धर्मका एक महत्त्वपूर्ण आराध्य देव हुन् जसले बहुमूल्य धार्मिक शिक्षाहरू प्रदान गरेका छन् । शास्त्रहरुमा चर्चा गरिए अनुसार भगवान श्री कृष्ण बारेका केही प्रमुख र महत्त्वपूर्ण प्रसङ्गहरु  निम्नलिखित छन् ।


भगवान श्री कृष्णको जन्म गुप्त गोकुल नामक स्थानमा अवस्थित माथुराको द्वारिका नगरमा भएको थियो । उनको जन्म भाद्र कृष्णअष्ठमी तिथिका दिन मध्यरातमा भएको थियो, जसलाई श्री कृष्ण जन्माष्ठमी पर्वका रुपमा मनाइने गरिएको छ । 


कृष्णकी माता देवकी र वासुदेव भगवान कृष्णको पिता थिए । कृष्णकाे मातापितालाई कंशले जेलमा राखेका थिए । उनकाे जन्म द्वारकाकाे जेलमा नै भएकाे थियाे ।  तर उनकाे पालनपोषण भाे गोकुलमा गोप्य रूपमा भएको कारण माता यशोदा र नंद जी द्वारा पालना-पोषण गरिएका थिए । नन्दजी र यशाेदालाई नै भगवान श्री कृष्ण आफ्ना प्रिय पिता माता मान्दथे ।


भगवत गीता र महाभारतमा उल्लेख गरिए अनुसार  भगवान श्री कृष्णले उनको जीवनकालमा अनेक महत्त्वपूर्ण लीलाहरू गरेका थिए । बाल्यकालमा मक्खन चाेरी र अनेक बिगाे उपद्राे,  पुतना राक्षसी र  कालिया नागकाे बध, राधा र अरु गाेपिनीहरुसँगका प्रेम र रसलीला, द्राैपदीकाे इज्जतकाे रक्षा, गीता उपदेश मार्फत अर्जुनको मोह भङ्ग ,  आदि अनेकाैं अनेक किर्ति गरेका छन् । तिन‌ै किर्तिहरु मार्फत उनको आदर्श र दिव्य ज्ञान र उपदेशले मानव जीवनका लागि आदर्श शिक्षा प्रदान गरेका छन् ।


महाभारतमा, कृष्णले अर्जुनलाई  गीता उपदेश दिएका थिए, जस माफर्त उनले जीवन, जगत, धर्म, कर्म, भक्ति, र ज्ञानको अद्वितीय शिक्षा प्रदान गरेका थिए ।

No comments:

Post a Comment