Tuesday, July 28, 2020

लाल क्रान्तिकारी भर्सस दलाल पुुँजीपति


लाल क्रान्तिकारी दलाल बनेछन् 

सेल्टर लिएका गरीबका झुप्रा, छाप्रा घरलाई
अहिले तिमी गाेठ भन्न अफ्ट्यारो मान्दैनाै
आफू बाँच्न ढाल बनाएर अघि सारेका मनुवाहरु
अहिले तिमीलाई पशुजस्ता पाे लाग्न थालेछन् 
अहाे ! कमरेड तिमी त अति धेरै बदलिएछाै
तिमीलाई सत्तामा पुर्‍याउन मरेकाहरुलाई
पहिले तिमीहरु अमर सहिद भयाै भन्थ्याै
अहिले त तिमी तिनीहरुलाई के पाे गन्थ्याै
भड्किएका हजाराैं मृतकका आत्माहरु
मुक्तिकाे खाेजीमा अझै छट्पटाएर बसेका छन् 
तर तिमीलाई ती अात्माहरुकाे रत्तिभर पीर छैन 

पहिले बुलन्द लाग्ने जनताका अावाजहरु 
अहिले तिमीलाई कर्कश ध्वनि लाग्न थालेछ
तिम्राे मन यति सम्म निष्ठुरी रहेछ नि कमरेड
प्राय: सारा नेपाली जनले तिमीलाई साथ दिए
तिमीलाई मर्नबाट बचाउन अामाहरुले गाथ दिए
तिमीले बाँडेका झुटा सपनालाई सच्चा ठानी
पूरा हाेलान् भन्ने अभिलाषा बाेकेकाले साथ दिए
साेझा सिधा जन मनहरुले तिमीलाई नाथ ठाने 
तिमीलाई ती काेटी काेटी जनले फूलले पूजा गरे
तर तिमीले सारा नेपालप्रति विश्वास घात गर्याै
वीर भनेर उचाली नेपालीलाई छातीमा लात भर्याै

तिमीले देश र देशबासीलाई यति घात गर्याै नि 
बलि वेदीमा साेझा सिधा जनतालाई हाेम्याै 
अाफू शक्तिशाली बन्याै र उही शक्तिका अाडमा
तिमीले अाफू , छाेराछाेरी र इष्टमित्र मात्रै छान्याै 
पद, सुविधा लियाै, दिलायाै र हेर्दाहेर्दै बदलियाै
हामीले देख्दा देख्दै तिमी सर्वहाराबाट उक्लियाै  
बन्याै सर्वशक्तिमान अनि बन्याै सर्वसत्तावादी 
ललाइफकाइ , भुलाइथर्काइ , रहर या बाध्यताले
जन साथ लियाै, जनतालाई दिनुसम्म दुख दियाै
मार्याै, मरायाै, अङ्गभङ्ग घाइते र बेपत्ता बनायाै
सहाराविहिन अपाङ्ग , टुहुरा , विधवा कति कति
जनतालाई भर्याङ बनाइ शासनसत्तामा उक्लियाै
र बिर्सियाै सारा जनतालाई अनि सम्झियाै केबल
अाफू, अाफ्ना छाेराछाेरी, अाफन्त इष्टमित्र मात्रै
जनता त तिम्रा काेही न काेही युज एण्ड थ्राे बने
दलित तिम्रा काे पाे हुन् र डिस्पाेजेबल जाे परे
जनजाति तिम्रा लागि लडे, मरे, वेस्टपेपर ठहरिए
गरीब र गरीबी तिम्रा निम्ति घृणित घृणा कहलिए
किनकि तिमी सर्वहारा थियाै , संभ्रान्त पाे बन्याै
लाल क्रान्तिकारी थियाै , दलाल पुँजीवादी बन्याै 

कुट्याै जनता ,लुट्याै अरुकाे , जुटायाै अाफूलाई
अर्वाै अर्व लुकायाै सम्पत्ति सन्तान दरसन्तानलाई
भाेका भाेकै रहे, नाङ्गा नाङ्गै रहे, धन हुनेले गुमाए 
तिमी बरु दिन दुगुना रात चाैगुना भने झैं माैलायाै
पहिले गरीबसँग अाश्रय लिएर सिस्नु खाेले खायाै
अब त धनाड्य तिम्रा साथी तिमी अाफैं धनाड्य
माफियाका घरमा मार्सी चामलका भात खान्छाै
अालिसान महलमा बस्छाै, चिल्ला गाडी चड्छाै
कराेडाैंकाे खाटमा नसुति तिमीलाई निद्रा लाग्दैन
लाखाैं मुल्यका बाेतल नलडाइ तिमी रम्न छाेड्याै

धन्य तिमी कमरेड गरीबका रगत पसिना बेचेर
तिमी त निक्कै धनी बन्याै शक्तिशाली बन्याै
अब तिमीले देश भन्न छाेड्याै जनता गन्न छाेड्याै
सत्तामा रहिरहन नपाए अात्तिन्छाै , बहुलाउँछाै
चिच्याउँछाै, रन्कन्छाै, फन्कन्छाै, हार गुहार गर्छाै
पहिले अाफैं विदेशी दलालले देश डुबाए भन्थ्याै
अहिले अाफैं ती दलालसँग अनुनय विनय गर्छाै 
सत्ता खाेसिदेऊ र त्याे मलाई सुम्पिदेऊ भन्छाै 
पहिले अरुलाई कठपुतली भन्थ्याै अहिले अाफैं 
विदेशीकाे इशारामा नाच्छाै अनि कम्मर भाँच्छाै

हाे, कमरेड त्याे लाल क्रान्तिकारी दलाल नै बन्याे    
      - सुनील पाैडेल

Friday, July 17, 2020

नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ

आज मलाई एउटा कुरा बिन्ती गर्न देऊ 
 कस्तुरीलाई हिमालकाे शीरमा चर्न देऊ 
डाँफेलाई पहाडकाे भीरमा सर्न देऊ
गैंडालाई तराईको तिरमा झर्न देऊ 
मैं भिडाैंला देशमाथिकाे संकट टर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

पूर्खाले जाेगाएकाे मान गाैरव टिक्नुपर्छ 
धावा बाेल्ने विरुद्ध सक्दाे आँट झिक्नुपर्छ 
नेपाली सब एक भइ डटी लड्नुपर्छ 
वैरीजत्था परास्त गर्दै अघि बढ्नुपर्छ 
शत्रुजनलाई गलाउनु छ लागिपर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

काँतर कहलिइ बाँच्नुभन्दा राेज्छु बरु मरण 
भाेकै नाङ्गै लडि मर्छु केलाई पर्थें शरण 
 नेपालकाे सिमा मिच्ने वैरी छानीछानी 
जमिनमुनि भसाउनु छ शीरमा लात हानि 
सकल वैरीका शिर ताकि लात भर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

 ताराे ताक्छ नेपाल आमाप्रति काेही भने 
उम्लन्छ रगत शरीरभरि कसरी सहने 
छाती चिरी वैरीजनका रगत पिउन देऊ 
वीर बनि देशवासीका मनमा जिउन देऊ 
निमिट्यान्न बनाइ शत्रु संहार गर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

 -सुनील पाैडेल रचना मिति: २०७७-१-३१

Saturday, July 11, 2020

अहिलेकाेे सरकारी कष्ट

सरकारकाे धुरन्धर विराेध र गालीगलाैज
भारतीय दुतावासकाे ईण्डिया हाउसमा रात्रीभाेज
डिस भरी चाैरासी व्यञ्जन, टन्न मेवा मिष्ठान्न, दारु र गुलियाे
'ठुला हुँ' भन्ने ठालु मिडियाका टाउके लाउकेहरुकाे मन भुलियाे

पार्टीका सहकर्मी र सहकार्यकर्ता
सरकारका सहयात्री र बिघ्नहर्ता
भारतीय निकायकासँग गाेप्य वार्ता
भित्रभित्रै सरकार विरुद्ध निन्दा र चियाेचर्चा

मीत ज्यु दुष्ट
न त तन दुरुस्त
खबर छैन पुष्ट 
अाफन्त रुष्ट
अनि पाे अाइपर्या कष्ट
    हुन त सरकारले जनअपेक्षा र अाशानुरुप काम गर्न सकिरहेकाे छैन, सत्य हाे । मिडियाले प्राय प्रतिपक्षी भुमिका निर्वाह गर्नेगर्छ, त्याे पनि सत्य हाे । 
   लाजिम्पाटकाे हण्डी हसुर्नेहरुमध्ये धेरैले उताकाे गुणगान डकार्न थालेकाे देखिएकाे छ। 
   बाेर्डरवारीकाे सरकारकाे धज्जी उडाएपछि बाेर्डरपारीकाे सरकार खुसी हुन्छ भनेर सरदारले पढाएकाे पाठ मिडिया टाउकेहरुले राम्राेसँग बुझेकाे देखिँदैछ।
  अान्तरिक राजनीति अस्थिर बन्ने खतरा ब्यापक छ, हाेस गराैं।
                    Sunil Paudel

Friday, July 3, 2020

नेकपा शिर्षस्थ नेताहरूलाई मेराे भन्नुु:

ओली कमरेडले स्वेच्छाचारी प्रवृत्ति त्यागेर आफ्ना सहयाेद्धा, सहयात्री र शुभेच्छुकहरुकाे कुरा सुन्नुपर्छ। किचेन क्याबिनेट तुरुन्तै भङ्ग गर्नुपर्छ। मैं हुँ भन्ने घमण्ड त्यागेर सहकर्मीका सल्लाहमा जनभावनाकाे उच्च कदर गर्दै अघि बढ्नुपर्छ।मरेर लानु केही छैन , सुखी नेपाल र समृद्ध नेपालीकाे नारालाई साँच्चिकै व्यवहारिक रुपमा चरितार्थ गराउन हरेक किसिमका त्याग गर्छु , आसेपासेकाे संकुचित घेराबाट माथि उठ्छु र समग्र नेपालकाे राजनेता बन्ने किसिमकाे काम गर्छु भन्ने बाटाेमा लम्कनुपर्छ।
   पुकदा 'प्रचण्ड' कमरेडले कपटपूर्ण दाउपेच छाेड्नुपर्छ । आफैं सदैब सत्ता शक्तिको केन्द्रमा रहनैपर्छ र राजनीतिक चलखेलमा  हावी हुनैपर्छ भन्ने दम्भ त्याग्नुपर्छ । भारतीय चासाे  सम्बाेधन गरेर शक्तिमा टिक्नमा भन्दा नेपालकाे राष्ट्रिय स्वार्थ पूरा गर्दा आफू शक्तिमा टिकिरहन सकिएनछ भने पनि नसकियाेस् भन्ने भावना राख्नुपर्छ । सत्ता शक्तिमा रहिएनछ नै भने पनि राष्ट्रिय हितका खातिर व्यक्तिगत, पारिवारिक र दलीय गुटगत स्वार्थ त्याग गर्दा जनमनमा उच्च आदरसाथ रहन सकिन्छ भन्ने सम्झनुपर्छ। सशस्त्र द्वन्द्वकाल र त्यसपश्चात देश र जनतालाई कस्ता सपना बाँडियाे तर कस्ताे किसिमले अघि बढियाे भन्ने हेक्का राखेर अब सुध्रिनुपर्छ ।
    माकुने र जेएन कमरेडहरुले शक्तिसंघर्षका नाउँमा ओली कमरेडमाथि बदलाभाव साँध्न छाेड्नुपर्छ। आफू शक्तिमा टिकिरहनका लागि ओली कमरेडकाे खुट्टा तान्नैपर्छ र यसका लागि प्रचण्डकाे कपटी दाउपेचलाई साथ दिनु परे पनि दिन्छु भन्ने खालकाे केटाकेटीपन चटक्कै छाेड्नुपर्छ । आफुहरु दल प्रमुख र सरकार प्रमुखका रुपमा परिक्षण भएर खासै उम्दा काम केही गर्न नसकेकाे कुरा स्वीकार गर्दै कम्तिमा प्रचण्ड स्वार्थबाट दल र देशलाई बचाउन अनि बाह्य हस्तक्षेप निरुत्साहित गर्न पनि वर्तमान सरकार टिक्नुपर्छ भन्ने बुझाइ राख्नुपर्छ र साेही अनुसार व्यवहार गर्नुपर्छ। 
   साँढेकाे फल झर्ला र खाउँला भनेर कुकुर बिराला पछि पछि लागेजस्ताे गरि सत्ता शक्तिकाे लाेभमा राल काडेर कहिले कसकाे कहिले कसकाे पछि लाग्ने सत्तालाेलुप अन्य नेता कमरेडहरुले पनि निजी स्वार्थ त्याग्नुपर्छ । देश र जनताकाे हितका खातिर लागिपरिरहे एक दिन हाम्राे पालाे आउँछ तर छिट्टै हतारिएर नेता विशेषका पछि लाग्दा राष्ट्रिय हितकाे स्वार्थ खतरामा पर्नसक्छ भन्ने हेक्का राखेर अघि बढ्नुपर्छ । 
     अहिलेलाई यत्ति। बाँकी आफैं बुझ्नु।   - सुनील पाैडेल

Wednesday, July 1, 2020

नेकपा स्थायी कमिटीमा ओलीकाेे राजिनामा मागिएकाे बारे।

अवश्य हाे, ओली कमरेड अलि बढ्ता घमण्डी र जिद्दी  हुनुहुन्छ । अरुकाे कुरा कम र आफ्नाे मनकाे कुरा बढी सुन्नुहुन्छ । आत्मरतिमा रम्नुहुन्छ । मनकाे लहडका भरमा सिरियस कुरामा पनि मजाक गर्नुहुन्छ। आफ्नाे सुरमा निर्णय लिनुहुन्छ । प्रधानमन्त्रीजस्ताे जिम्मेवार व्यक्तिमा याे खालकाे चरित्र सुहाउँदैन ।
     याे पनि हाे, ओली कमरेड सिमित घेराबन्दीमा रहनुहुन्छ।
 उहाँका आसेपासे केही खराब पनि छन् । तिनै सिमित संख्याकाे राय र सल्लाहमा चल्नुहुन्छ। अझ भनाैं उहाँ आफ्नाे मर्जीमा चल्न खाेज्नुहुन्छ । सामुहिक नेतृत्व प्रणालीमा यी र यस्ता प्रवृत्ति सजिलै पचाउन मुस्किल पर्छ ।
    अझ याे पनि हाे, ओलीमा शक्तिकाे धेरथाेर दम्भ छ। उहाँका पालामा भारतसँग नेपालकाे ठुला साना विवाद भएकै छन् । तुलनात्मक रुपमा सानाे र कम शक्तिशाली देशकाे प्रमुख भएर पनि ठुला र बढी शक्तिशाली देशसँग वैचारिक मुकाबिला गर्ने 'दुस्साहस' गर्नुहुन्छ ।
     हामीले याे पनि स्विकार्नु पर्छ कि ओली कमरेडले हामीलाई 'समृद्ध नेपाल सुखी नेपाली'काे सपना देखाउनु भाे तर त्याे पूरा हुने लक्षण देखिएन । उहाँले 'भ्रष्टाचारलाई शून्य सहनशीलता' भन्नु भाे तर त्यसाे भन्दाभन्दै  उहाँका विश्वासपात्रहरु केहीले भ्रष्टाचार गर्न खाेजेकाे र गरेकाे समाचार बाहिर आए।
      स्थानीय , प्रदेश र संघका सरकारहरुमा उहाँकै पार्टीका नेता कार्यकर्ताहरकाे वर्चस्व भएका बेला नहुनुपर्ने भष्टाचार बढी भएकाे र हुनुपर्ने विकास निर्माण चाहिँ कम भएकाे महशुस जनताले गरे।
    तर, यति हुँदाहुँदै पनि पहिले नै भए गरेका  ठुला ठुला भ्रष्टाचार र अनियमितताका घटनाहरु वर्तमान ओली कालमा सार्वजनिक भए र अनुसन्धान एवम् कारबाहीका प्रकृयाकाे थालनी भयाे । केही जाेगिए पनि हाेलान् तर तिनकाे पनि कुनै दिन हातमा हतकडी अवश्य लाग्ने छ।
    भारतकाे मिचाहा प्रवृतिलाई 'जाेडका झड्का' लगाउने काम ओली कालमा भएकाे एउटा उपलब्धिपूर्ण काम हाे। हामीले भारतद्वारा मिचिएकाे भूभाग सजिलै फिर्ता ल्याउन पक्कै नसकुँला तर अरु जमिन मिच्न भारत पक्कै पनि हच्किने छ अब उपरान्त। अघिल्लो कार्यकालमा त झन् ओलीले भारतीय नाकाबन्दीकाे डटेर सामना गर्दै आफ्नाे राष्ट्रवादी छविले धेरैलाई कायल पारेकै हुन्।
    निक्कै नै कमजाेर भएर पतनकाे बाटाेतर्फ माेडिइसकेकाे माओवादीलाई राम्राे हैसियतमा पुर्‍याउने काम कमरेड ओलीले गरेकै हुन् । भलै त्यसमा ओली स्वयंलाई केही व्यक्तिगत लाभ पनि भयाे । उनी झण्डै दुईतिहाइ बहुमतबाट शक्तिशाली प्रधानमन्त्री बने तर त्यसभन्दा बढ्ता फाइदा र हैसियत भन्दा बढ्ता शक्ति पुष्पकमल दाहाल र उनकाे दलले पायाे ।
    पुकदा  'प्रचण्ड' र माओवादी साथ प्रकारान्तमा नेकपा बनेकाे एमालेकाे नेतृत्व लिएर ओली कमरेड सरकार प्रमुख बने पछि नेपालमा केही हदसम्म राजनीतिक स्थिरता कायम भयाे । आन्तरिक खिचातानी कायमै रहेपनि देशमा हुने बाह्य हस्तक्षेपहरु निकै न्यून रहे या ओलीले त्यस्ता बाह्य हस्तक्षेपहरुलाई निश्तेज पार्ने काेशिस गरिरहे।
    ओली सर्वाेच्च  नेतृत्वमा आउनुअघि मदन भण्डारी कमरेडकाे अवसान र २०५१ काे नाै महिने सरकार ढले पछिकाे स्थितिमा नेकपा एमालेकाे हालत कुन अवस्थाबाट गुज्रिएको हाे, हामी सबैलाई थाहा छ। एमालेलाई पुन: शक्तिशाली तुल्याउन ओलीकाे लगनशीलतालाई कमजाेर आँक्नु हाम्राे भुल हुनेछ । माओवादी एमालेमा नमिसिँदा पनि एमालेलाई गत आम निर्वाचनमा  सबैभन्दा ठुलो दल बन्नबाट कसैले राेक्नसक्ने स्थिति थिएन। त्यस्तै परे बहुमतसम्म प्राप्त हुन सक्थ्याे एमालेलाई । यसमा मुख्य याेगदान ओलीकै हाे भन्न कसैले संकाेच मान्नुपर्दैन।
     अहिले स्थायी समितिकाे बैठकमा ओली विरुद्ध खनिनु अघि नेकपाका नेताहरुले विगत र वर्तमानकाे मुल्यांकन पटक्कै गर्न सकेनछन् । उनीहरुले आफूहरु कुन हैसियतमा थियाैं र छाैं भन्ने मनन समेत गर्न चाहेनन् ।
     ओलीलाई कमजाेर बनाए पश्चात् मात्रै आफु शक्तिशाली बन्न सकिन्छ भन्ने एकाेहाेराे दाउपेचमा स्थायी कमिटीका कमरेडहरुकाे ध्यान गयाे । एमालेका नेताहरुले प्रचण्डकाे दाउपेचलाई नजरअन्दाज गरे वा आफ्नाे स्वार्थसिद्ध गराउन सघाए आफ्नै ठाउँमा छ, तर जे गरे बेठिक गरे ।
    अहिलेकाे परिस्थितिमा नेपालकाे राजनीतिक खिचातानीबाट बेहद खुसी काेही छ भने त्याे भारत हाे। भारत या त ओलीलाई आफू अनुकुल हिँडाेस् भन्ने चाहन्छ या त ओलीलाई जसरी पनि सत्ताबाट झार्ने भरमग्दुर प्रयासमा छ । याे अवस्थामा ओलीकाे राजिनामा माग्नु सरासर भारतीय अभिष्ट पुरा गराउनु हाे भन्ने हेक्का किन राख्तैनन् कमरेडहरु ?
    ओली हटाएर अध्यक्ष र प्रधानमन्त्री बन्ने दाउमा जाे जाे लागिपरेका छन् ती सबै परिक्षण भैसकेका र ओलीभन्दा अझ निकम्मा छन् भन्न रत्तिभर अफ्ट्यारो मानिरहनु पर्दैन।
      अब कि त दल र सरकारकाे नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गराैं। हाेइन भने ओली कमरेडलाई दवावमुलक राय सल्लाह मार्फत सुधार गराैं र याे कार्यकाल पूरा गर्न दिओैं। यसका लागि कमरेड ओलीले आफैंमा र आफ्नाे कार्यशैली एवम् विचार अभिव्यक्तिमा  व्यापक सुधार भने गर्नैपर्छ।  अर्काे पटक त हेरफेरकाे निर्णय पक्कै पनि हुने नै छ।
    हाेइन भने दल विभाजन राेजाैं। आफ्नाे नेतृत्व आफैं खाेजाैं।
                                                -सुनील पाैडेल