अवश्य हाे, ओली कमरेड अलि बढ्ता घमण्डी र जिद्दी हुनुहुन्छ । अरुकाे कुरा कम र आफ्नाे मनकाे कुरा बढी सुन्नुहुन्छ । आत्मरतिमा रम्नुहुन्छ । मनकाे लहडका भरमा सिरियस कुरामा पनि मजाक गर्नुहुन्छ। आफ्नाे सुरमा निर्णय लिनुहुन्छ । प्रधानमन्त्रीजस्ताे जिम्मेवार व्यक्तिमा याे खालकाे चरित्र सुहाउँदैन ।
याे पनि हाे, ओली कमरेड सिमित घेराबन्दीमा रहनुहुन्छ।
उहाँका आसेपासे केही खराब पनि छन् । तिनै सिमित संख्याकाे राय र सल्लाहमा चल्नुहुन्छ। अझ भनाैं उहाँ आफ्नाे मर्जीमा चल्न खाेज्नुहुन्छ । सामुहिक नेतृत्व प्रणालीमा यी र यस्ता प्रवृत्ति सजिलै पचाउन मुस्किल पर्छ ।
अझ याे पनि हाे, ओलीमा शक्तिकाे धेरथाेर दम्भ छ। उहाँका पालामा भारतसँग नेपालकाे ठुला साना विवाद भएकै छन् । तुलनात्मक रुपमा सानाे र कम शक्तिशाली देशकाे प्रमुख भएर पनि ठुला र बढी शक्तिशाली देशसँग वैचारिक मुकाबिला गर्ने 'दुस्साहस' गर्नुहुन्छ ।
हामीले याे पनि स्विकार्नु पर्छ कि ओली कमरेडले हामीलाई 'समृद्ध नेपाल सुखी नेपाली'काे सपना देखाउनु भाे तर त्याे पूरा हुने लक्षण देखिएन । उहाँले 'भ्रष्टाचारलाई शून्य सहनशीलता' भन्नु भाे तर त्यसाे भन्दाभन्दै उहाँका विश्वासपात्रहरु केहीले भ्रष्टाचार गर्न खाेजेकाे र गरेकाे समाचार बाहिर आए।
स्थानीय , प्रदेश र संघका सरकारहरुमा उहाँकै पार्टीका नेता कार्यकर्ताहरकाे वर्चस्व भएका बेला नहुनुपर्ने भष्टाचार बढी भएकाे र हुनुपर्ने विकास निर्माण चाहिँ कम भएकाे महशुस जनताले गरे।
तर, यति हुँदाहुँदै पनि पहिले नै भए गरेका ठुला ठुला भ्रष्टाचार र अनियमितताका घटनाहरु वर्तमान ओली कालमा सार्वजनिक भए र अनुसन्धान एवम् कारबाहीका प्रकृयाकाे थालनी भयाे । केही जाेगिए पनि हाेलान् तर तिनकाे पनि कुनै दिन हातमा हतकडी अवश्य लाग्ने छ।
भारतकाे मिचाहा प्रवृतिलाई 'जाेडका झड्का' लगाउने काम ओली कालमा भएकाे एउटा उपलब्धिपूर्ण काम हाे। हामीले भारतद्वारा मिचिएकाे भूभाग सजिलै फिर्ता ल्याउन पक्कै नसकुँला तर अरु जमिन मिच्न भारत पक्कै पनि हच्किने छ अब उपरान्त। अघिल्लो कार्यकालमा त झन् ओलीले भारतीय नाकाबन्दीकाे डटेर सामना गर्दै आफ्नाे राष्ट्रवादी छविले धेरैलाई कायल पारेकै हुन्।
निक्कै नै कमजाेर भएर पतनकाे बाटाेतर्फ माेडिइसकेकाे माओवादीलाई राम्राे हैसियतमा पुर्याउने काम कमरेड ओलीले गरेकै हुन् । भलै त्यसमा ओली स्वयंलाई केही व्यक्तिगत लाभ पनि भयाे । उनी झण्डै दुईतिहाइ बहुमतबाट शक्तिशाली प्रधानमन्त्री बने तर त्यसभन्दा बढ्ता फाइदा र हैसियत भन्दा बढ्ता शक्ति पुष्पकमल दाहाल र उनकाे दलले पायाे ।
पुकदा 'प्रचण्ड' र माओवादी साथ प्रकारान्तमा नेकपा बनेकाे एमालेकाे नेतृत्व लिएर ओली कमरेड सरकार प्रमुख बने पछि नेपालमा केही हदसम्म राजनीतिक स्थिरता कायम भयाे । आन्तरिक खिचातानी कायमै रहेपनि देशमा हुने बाह्य हस्तक्षेपहरु निकै न्यून रहे या ओलीले त्यस्ता बाह्य हस्तक्षेपहरुलाई निश्तेज पार्ने काेशिस गरिरहे।
ओली सर्वाेच्च नेतृत्वमा आउनुअघि मदन भण्डारी कमरेडकाे अवसान र २०५१ काे नाै महिने सरकार ढले पछिकाे स्थितिमा नेकपा एमालेकाे हालत कुन अवस्थाबाट गुज्रिएको हाे, हामी सबैलाई थाहा छ। एमालेलाई पुन: शक्तिशाली तुल्याउन ओलीकाे लगनशीलतालाई कमजाेर आँक्नु हाम्राे भुल हुनेछ । माओवादी एमालेमा नमिसिँदा पनि एमालेलाई गत आम निर्वाचनमा सबैभन्दा ठुलो दल बन्नबाट कसैले राेक्नसक्ने स्थिति थिएन। त्यस्तै परे बहुमतसम्म प्राप्त हुन सक्थ्याे एमालेलाई । यसमा मुख्य याेगदान ओलीकै हाे भन्न कसैले संकाेच मान्नुपर्दैन।
अहिले स्थायी समितिकाे बैठकमा ओली विरुद्ध खनिनु अघि नेकपाका नेताहरुले विगत र वर्तमानकाे मुल्यांकन पटक्कै गर्न सकेनछन् । उनीहरुले आफूहरु कुन हैसियतमा थियाैं र छाैं भन्ने मनन समेत गर्न चाहेनन् ।
ओलीलाई कमजाेर बनाए पश्चात् मात्रै आफु शक्तिशाली बन्न सकिन्छ भन्ने एकाेहाेराे दाउपेचमा स्थायी कमिटीका कमरेडहरुकाे ध्यान गयाे । एमालेका नेताहरुले प्रचण्डकाे दाउपेचलाई नजरअन्दाज गरे वा आफ्नाे स्वार्थसिद्ध गराउन सघाए आफ्नै ठाउँमा छ, तर जे गरे बेठिक गरे ।
अहिलेकाे परिस्थितिमा नेपालकाे राजनीतिक खिचातानीबाट बेहद खुसी काेही छ भने त्याे भारत हाे। भारत या त ओलीलाई आफू अनुकुल हिँडाेस् भन्ने चाहन्छ या त ओलीलाई जसरी पनि सत्ताबाट झार्ने भरमग्दुर प्रयासमा छ । याे अवस्थामा ओलीकाे राजिनामा माग्नु सरासर भारतीय अभिष्ट पुरा गराउनु हाे भन्ने हेक्का किन राख्तैनन् कमरेडहरु ?
ओली हटाएर अध्यक्ष र प्रधानमन्त्री बन्ने दाउमा जाे जाे लागिपरेका छन् ती सबै परिक्षण भैसकेका र ओलीभन्दा अझ निकम्मा छन् भन्न रत्तिभर अफ्ट्यारो मानिरहनु पर्दैन।
अब कि त दल र सरकारकाे नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गराैं। हाेइन भने ओली कमरेडलाई दवावमुलक राय सल्लाह मार्फत सुधार गराैं र याे कार्यकाल पूरा गर्न दिओैं। यसका लागि कमरेड ओलीले आफैंमा र आफ्नाे कार्यशैली एवम् विचार अभिव्यक्तिमा व्यापक सुधार भने गर्नैपर्छ। अर्काे पटक त हेरफेरकाे निर्णय पक्कै पनि हुने नै छ।
हाेइन भने दल विभाजन राेजाैं। आफ्नाे नेतृत्व आफैं खाेजाैं।
-सुनील पाैडेल

No comments:
Post a Comment