उहिलेका सच्चा कम्युनिष्ट, अहिलेका भ्रष्ट 'कमाऊ-निष्ट':
वर्तमान सरकारका मन्त्री कमरेडहरु कमरेड मनमाेहनकाे हवला दिँदै भन्नुहुन्छ, 'विभाजित दलकाे नेता हुनुभन्दा एकीकृत दलकाे कार्यकर्ता हुनु ठिक' ।
म जस्ताे चानचुने मान्छे (जसले कमरेड मनमाेहनसँग जम्मा एक चाेटी पिताका साथमा कार्यकर्ता पंक्तिमा उभिएर हात मिलाउनु बाहेक प्रत्यक्ष संगत गरेकाे छैन) भन्दा पनि तपाईं मन्त्री कमरेडहरुले मनमाेहन बुझ्नुभएन छ।
खासमा उहिले र अहिलेकाे समाज , राजनीति , दल , व्यवस्था र परपस्थिति फरक छ ।
उहिलेका कम्युनिष्ट सच्चा कम्युनिष्ट थिए। सादा जीवन उच्च विचार उहिलेका कम्युनिष्टकाे आचरण थियाे । ती नाङ्गै भाेकै अन्याय र अत्याचारका विरुद्ध गर्जन्थे र न्यायपूर्ण सामाजिक व्यवस्थाका खातिरदारी गर्थे। पहिलेका कम्युनिष्ट सच्चा आदर्शवादी र प्रगतिशील चिन्तक थिए, जे बाेल्थे त्यही अनुरुप व्यवहारमा उतार्थे ।
तपाईंहरु छातीमा हात राखेर आत्ममूल्याङ्कन गर्नुस् उहीलेका कम्युनिष्ट र अहिलेका कम्युनिष्ट भनाउँदा 'कमाऊ-निष्ट' हरुमा कति अन्तर छ । तपाईंहरु आफैं पनि कम्युनिष्ट निष्टामा कति च्युत भैसक्नु भएकाे छ ? याद गर्नुहाेस् ।
हरदम देश र जनताका हित चिताउने उहिलेका कम्युनिष्टहरु आफू नेता भैसक्दा पनि आफैंलाई कार्यकर्ता बनाउने दाैडमा हुनुहुन्थ्याे । अहिले तपाईंहरु नेता त कहलिनुहुन्छ तर नेतृत्व गुण तपाईंहरुसँग छैन।
तपाईंहरु आफैंले बुझ्न नसकेकाे कुरा के हाे भने नि तपाईँहरु अहिले आफुलाई नेता ठान्नुहुन्छ र पार्टीका विभिन्न तह र तप्कामा विविध जिम्मेवारीमा हुनुहाेला तर देश र जनताप्रति जिम्मेवार हुनुहुन्न। पार्टीमा अहिले तपाईंको हैसियत कुनै गुट र नेताप्रति बफादार हुनुहाेल तर जनताप्रति बफादारिता तपाईंमा रत्तिभर देखिँदैन ।
तपाईं नेता भनाउँदाहरुकाे अहिलेकाे हैसियत उहिलेकाे एउटा साधारण सदस्यता लिएकाे कार्यकर्ताकाे जत्ति पनि छैन।
उहिलेकाे कम्युनिष्ट दलका संगठित कार्यकर्ता भन्दा अहिलेकाे सरकारका मन्त्रीकाे इज्जत धेरै न्यून छ ।
पहिलेका कम्युनिष्ट कार्यकर्ता जनमनमा बेरिन्थे , अहिलेका नेता कार्यकर्ता जनताले मारिहाल्लान् कि भनेर प्रहरी सुरक्षामा घेरिन्छन् ।
यदि कमरेड मनमाेहन अहिले हुनुहुन्थ्याे भने अहिलेका 'कमाऊ - निष्ट'हरुकाे एकताकाे सबैभन्दा घाेर विराेधी कमरेड मनमाेहन नै हुनुहुनेथ्याे ।
तपाईं साशक कमरेडहरु र म साशितले चिन्ने कमरेड मनमाेहनमा यत्ति फरक छ।
- सुनील पाैडेल
No comments:
Post a Comment