व्यङ्ग्य कविता:
राजनीति -लाजनीति
पवित्र हृदय बाेकी सब त्याग गरि राजनीतिमा बडेका,
भाेका- नाङ्गा जनता सम्झेर भाेकै नाङ्गै लडेका,
कति नेता- कार्यकर्ता सब लखेटिए, लाखापाखा लगाइए ।
अवसरवादी छिरे दलमा, सच्चा दिलकाहरु सब भगाइए ,
जनताका अाँखामा छारो हालेर स्वार्थीहरुका दुनाे साेझ्याइए ।
बकम्फुसेहरु नेता छन् सब दलमा,
क्षमतावान् दमित छन् सब तलतलमा ।
सबदलका सबथलका नेता बकम्फुसे भए त के भाे ?
क्षमतावान् सबजनलाई बकम्फुसेले ठगे त के भाे ?
अाखिर सब सहन गर्न बाध्य छन्, कार्यकर्ता हरदलमा ।
क्षमताहिन बकम्फुसे हर काेहीलाई ताली ठाेक्न,
सकी-नसकी असक्षमताका बाबजुद भारी बाेक्न,
अाफ्ना कमिकमजोरीकाे सजाय अाफैं ताेक्न,
अाफ्नाजत्तिले भाेगे 'ठिकै हाे', 'उचित छ' भनी खाेक्न,
अरु दलकाहरुले खाए राेईकराई गरेर दिलाेज्यानले राेक्न ।
सत्ता हात परे जन सब बिर्सेर अाफु र अाफ्ना बन्ने-बनाउने,
सत्ता गुमे 'लाै सब बितिगाे' 'जनता जाग' भन्ने- भनाउने,
अान्दाेलन, त्याग र बलिदानी गर्न जनतालाई मनाउने,
मनमाैजी शासनकाे बागडोरमा नेता र अासेपासे रमाउने ।
यस्तै छ हामीले देखे-भाेगेकाे राजनीतिकाे चरित्र,
फेरिएन जुन तन्त्र ल्याए पनि याे लाजनीति विचित्र ।
फेरिएन जस्तै तन्त्र ल्याइए पनि याे लाजनीति विचित्र।।
-सुनील पाैडेल
No comments:
Post a Comment