Sunday, November 1, 2020

कम्युनिष्ट एकताका विपक्षमा

 कम्युनिष्ट एकताकाे विपक्षमा: 


दुई ठूला कम्युनिष्ट पार्टी मिले, जनमन लाेभ्याउने घाेषणापत्र तयार पारे , चुनाव जिते । 

झण्डै दुई तिहाइ बहुमत ल्याए, सरकार बनाए । 

जनताका मनमा के के न नाप्लान् भन्ने थ्याे ।

अहिले तिनै जनता 'सिन्काे भाँचिएन' भन्न थालेका छन् ।

  वास्तवमा नेकपा एकता दरिलो पृष्ठभूमि बिना भएकाे हाे। शक्तिमान प्रधानमन्त्री बन्ने कमरेड ओलीकाे र पतनपथमा गएकाे दलीय छवि फर्काउने छविलालकाे अनि सत्ता प्राप्ति पछि डाडु- पन्यु समाउन पाइएला भन्ठान्नेहरुकाे स्वार्थपूर्तिका लागि झट्पट्मा एकता भएकाे हाे । जिउ अलग भएर टाउकाे जाेडिएका जुम्ल्याहाजस्ताे नेकपा वास्तविक रुपमा अहिले सम्म आफैं भित्र पक्ष- विपक्षमै छ ।

    जनताले 'आहा कम्युनिष्टहरु मिलेर यस्ताे राम्राे गरे' भन्ने अवस्था रहँदा पाे एकता जसरी पनि टिक्नुपर्थ्याे ; तर यहाँ अवस्था ठिक उल्टाे छ । 'एमाले र माओवादीले मिलेर खाए', 'राज्यकोष दुरुपयाेग गरे', राजनीतिक भागबन्डा मात्रै गरे', 'देशै खाेक्राे तुल्याए' भन्ने आम सन्देश जनमानसमा परिसकेकाे अवस्था छ । 

    साँच्चै जिब्राे नचपाइ भनाैं भने एकताले माओवादीलाई फाइदै भाे तर एमालेले धेरै घाटा बेहाेर्नुपरेकाे छ । 

   बिसाैं वर्षकाे संघर्षकाे विलय गरायाे भन्नेहरु माओवादीलाई पनि सराप्लान् , तर अनियमितता तर अन्तरसंघर्ष र फुटले माओेवादी धेरै कमजोर बनिसकेकाे अवस्था थियाे । एमाले भने दर्बिलै अवस्थामा थियाे पछिल्लो चुनाव ताका । माओेवादीसँग बराबरी कै हैसियतमा मिसिनुकाे कुनै तुक थिएन। कम्युनिष्ट एकताले कांग्रेस कमजाेर बनाइ नेकपाले राम्रै बहुमत पुर्‍याउन सक्याे र सत्ता प्राप्त त गर्याे । सिमित अवसरवादी दलीय नेता र  पिछलग्गु कार्यकर्तालाई त  फाइदै भाे तर देशले आशा गरे अनुरुप केही काम हुन सकेन । प्रमुख प्रतिपक्षी कमजाेर रहिदिँदा एकताले सत्तालाई  झन् आफुखुसी गर्न छुट दियाे तर त्याे छुटकाे गलत फाइदा उठाइयाे । 

    'छविलालकाे छलमा पर्दा अहिले दु:ख पायाँ' भनेर गीत नगाइ माकुने र जेएन बामे कमरेडहरु चेतलान् जस्ताे छैन । 

   केपी कमरेडमा स्व- अभिमान आवश्यकता भन्दा बढ्ता देखिन्छ । सबैजना टाउके र जिउका  नेताहरु साइजमा आउन वास्तवमा आ-आफ्ना क्षमता छुट्टाछुट्टै देखिनुपर्छ । 

    यसर्थ नेकपा फुट्नुमा कल्याण देख्छु म।

मह काट्न, हात चाट्न र मह खानेका थुकका छिटा चाख्न पाएका मलद्वारलाई हरिद्वार देख्ने अन्धभक्तहरुलाई मेराे कुरा नपच्ला तर ती बाहेक सबकाे साेच यही छ जस्ताे लाग्छ अहिले । 

     मनका बह पाेखें । अहिलेलाई नमस्ते । शुभरात्री । 

                                 - सुनील पाैडेल

No comments:

Post a Comment