Wednesday, June 1, 2022

खबर , सम्पादकीय र सम्पादक - प्रकाशक फाेनवार्ताकाे कथा :

 नबुझे वा अल्छी लागे नपढ्न पाउने तपाईंको अधिकार तपाईंसँग‌ सुरक्षित छ। याे एउटा काल्पनिक कथा हाे । कथा भने रमाइलो छ।

  

खबर , सम्पादकीय र सम्पादक - प्रकाशक फाेनवार्ताकाे कथा : 


  (समाचार संस्थामा अक्सर कस्ताे हुन्छ भने नि , न्युजरुममा कुनै विषयमा सुचनाजन्य कुनै सामाग्री आइपुग्छ । 

    सम्पादकले समाचारीय महत्वका आधारमा छनाैट गरेर त्यसकाे सत्यतथ्य जाँच, काँटछाँट, प्रमाणीकरण, पुनर्लेखन, प्रुफरिडिङ, साजसज्जा आदि प्रकृया पुरा गरेर उक्त समाचारलाई प्रकाशन या प्रसारण गरिदिन्छन्।

    तर प्रकाशन या प्रसारण गर्दा उक्त खबरलाई कुन रुपमा प्रस्तुत गर्ने भन्ने निर्णय सम्पादकले लिन्छन् । कडा या नरम समाचार नै बनाउने कि, सम्पादकीयमा समावेश गर्ने कि, फिचर लेखाउने कि , व्यङ्ग्यचित्र, स्तम्भ , विचार, प्रतिक्रिया या अरु कुनै स्वरुपमा त्यस सामाग्रीकाे प्रकाशन गर्ने या नगर्ने ? हात सम्पादककाे हुन्छ ।

   सिद्धान्तत: जेसुकै भनिएता पनि सुचनाकाे 'गेट किपर' सम्पादक नै हाे । सत्यतथ्य ताेडमाेड नै नगरेपनि त्यसमा 'एङ्गलिङ'काे निर्णायक पनि सम्पादक नै हुन्छन् । तथ्यलाई सम्पादकले आफुले चाहेअनुसारकाे अर्थयुक्त बनाउन सक्छन्।)

     

अहिले सम्म भुमिका थियाे । अब खास कथा सुरु गराैं ।

       एउटा 'खासै फलाेअर्स नभएकाे अनलाइन पत्रिका'मा विद्यमान राजनीतिक खिचातानीबारे 'सम्पादकीय खबर' सम्प्रेषण भयाे । सम्प्रेषित उक्त सामाग्रीले प्रकाशक (पत्रिकाकाे मालिक)सँग राम्रै सम्बन्ध भएका कुनै एक राजनीतिक नेतालाई असर पुर्‍यायाे । नेताले प्रकाशित सामाग्रीका कारण आफ्नाे छविमा आँच आउनसक्ने ठाने । नेताले भनेजस्ताे नभएकाे झाेकमा सामान्य ठानेर गरेका व्यवहारले ठुलै विवाद उत्पन्न हुन पुगेकाे खबर थियाे । उक्त खबर  सार्वजनिक भएपछि आफ्नाे राजनीतिक छवि धमिलिने कुराले नेता झस्किए । त्यस्ता सामाग्री प्रकाशन हुनबाट राेक्नुपर्छ भन्ने ठाने र त्यसकाे काेशिशमा लागे ।

    नेताले आफ्ना सहयाेगी लगाएर सतही तथ्य फर्माए र सम्पादकलाई घुमाउराे शैलीमा वास्तविक सत्य सतही सत्यद्वारा छाेपिनुपर्छ भन्ने आशयकाे सन्देश पठाउन लगाए ।

    खबर राेकिएन । बरु 'इन डेफ्त इन्फर्मेसन' सहित थप 'एनालिटिकल अपडेट' छापिए । 

    नेताले आफ्नाे हितैसी प्रकाशकलाई फाेन गरेर आफ्ना हित प्रतिकुल हुने त्यस्ता सामाग्री छाप्नबाट राेक्न आग्रह गरे ।

       बेलुकी अबेर सम्पादकले प्रकाशककाे ''मलाई फाेन गर्नु'' भन्ने अलि कडा सन्देश पायाे । आदेश बमोजिम सम्पादकले भाेलिपल्ट बिहान प्रकाशकलाई फाेन गर्याे।

    प्रकाशक र सम्पादककाे फाेन सम्बाद यसप्रकार छ ; 

( प्रकाशन घरायसी हुन्छ । प्रकाशक र सम्पादक पिता - पुत्र हुन्छन् ।)


प्रकाशक : ओइ सम्पादक ! तँलाई किन जान्ने हुनुपर्ने ? ती मेरा पुरानाे सम्बन्ध भएका नेताकाे बारेमा कुरै नबुझी किन सम्पादकीय लेखेकाे ? मसँग तेराे बारेमा निकै गुनासाे गर्दै थिए । सम्झाइदिनु भन्दै थिए । के लेख्या ?


सम्पादक : न्युजरुममा त समाचारकै रुपमा आएकाे थियाे हजुर । 'फ्याक्ट भेरिफिकेशन' पनि गरेकाे । तर हजुरका हितैसी पर्नुभाे । मैले पनि मानेकै मान्छे ।

   फेरि 'नट फर एट्रिव्युसन' 'काेट्स' र 'फ्याक्ट्स' मात्रै धेरै भएकाेले 'न्युज पेग' नपुग्ने देखियाे । 'इस्यु' 'म्याटर' र 'सब्जेक्ट' त 'न्युजओर्दी' नै थिए । त्यसैले 'फिडब्याक' का लागि 'न्युज सब्जेक्टस् आइडेन्टीफाई' नगरीकन 'एडिटाेरियल' लेखेकाे ।


प्रकाशक : तेराे याे बाह्रसिगें बटारिएका कुरा मलाई नसुना । तुरुन्तै सम्पादकीय हटाइदे । अबदेखि मेरा मान्छेलाई अफ्ट्यारो पर्ने गरि नलेख्नु । 


सम्पादक : मैले 'न्युज' लेखेकाे छैन हजुर । हाम्राे अनलाइनकाे न्युजरुमकाे 'भ्युज' लेखेकाे त हाे नि । मेराे के बिराम भाे र ? 


प्रकाशक : अरु मलाई केही थाहा छैन । म तेराे धेरै कुरा सुन्दिन । ती मेरा मान्छे हुन् । हिजाे पनि हामी बिच राम्रै थियाे । भाेलि पनि राम्रै हुनुपर्छ । सम्बन्धले नजिकका मान्छे हुन् । पर्दा सहयाेग गर्छन् । अब फाेन राख् । 


 सम्पादक : हजुरका मान्छे मेरा पनि त मान्छे हुन् नि हजुर । त्यही भएर त सकेसम्म सन्तुलन मिलाउँदै छु त । अब हाम्राे 'काेड अफ कन्डक्ट' 'इथिक्स' पनि त भुल्न भएन ।   आफ्ना मान्छे भनेर अस्ति पनि 'जुसमा लेउ भेटिएकाे' 'न्युज किल' गर्दा हाम्राे  'क्रेडिबिलिटी' घटेर कति 'फलाेअर्स' गुमाउनु पर्याे । 'फलाेअर्स' घटेपछि 'पब्लिक ट्रस्ट' गुमाएकाे अनलाइन भनेर 'एड्भरटिज्मेन्ट' मा पनि कटाैती हुन आउँछ ।

   आफ्नाे 'एडिटाेरियल फ्रिडम'लाई त जाेगाइराख्नु पर्छ नि हजुर । आफ्ना मान्छे भन्दैमा हामीले आफ्नाे 'प्रिन्सिपल्स' पुरै भुल्न त भएन नि  । 'वाचडग' बन्न छाेडेर 'ल्यापडग' बन्न हुँदैन हजुर । आफ्नाे 'फाेर्थ ईस्टेट', 'भ्वाइस अफ द भ्वाइसलेस', 'मिरर अफ द साेसाइटी' जस्ता 'राेल' , 'रेस्पाेन्सिबिलिटी' र 'एकाउन्टिबिलिटी' चटक्कै बिर्सिन पनि हुँदैन नि । हाेइन र हजुर ? 'ट्रान्सपरेन्सी' का लागि 'एड्भाेकेसी' गर्ने त हाम्राे धर्म नै हाे नि । हाेइन र ? 


प्रकाशक : ती मेरा मान्छेसँग तँलाई पनि एक दिन भेटाएर बसेरै कुरा गराैंला । केही रिसयिवी छ र तेराे ? 


सम्पादक : बसेर गफ त गराैंला नि हजुर । के भाे र । मेराे त्यस्ताे नराम्राे त खास केही छैन हजुर । मेरा के बिगार्देका छन् र ? 

    उनले भरथेग गरिदिएका बेला आफुले पनि सकेसम्मकाे आदर सत्कार पुर्‍याउने काेशिश गरिएकै छ । अब हाम्रा विचार, सहयाेगकाे आशा र विकासकाे याचना सबथाेक बाइपास गरेर आस्थामा चाेट पुर्‍याउने नेतालाई पनि आफनाे 'राइट टु ओपिनियन',  'फ्रिडम अफ एक्स्प्रेसन', 'प्रेस फ्रिडम' र 'एडिटाेरियल फ्रिडम' सबै त्यागेर मेरा मान्छे भनिरहन याे मनले मानेन  क्या हजुर । रिसानी माफ गर्नुहाेला । 


प्रकाशक : जे भए पनि मान्छे सबै चाहिन्छ । म अरु केही भन्दिन । आफ्नाे विवेक भन्दा पनि मेराे आदेश मान्नु । नत्र जागिरबाटै हात धुनुपर्ला । 


सम्पादक : छापिएकाे 'एडिटरियल' 'डिलिट' चाहिँ गर्न सक्दिन हजुर । 'प्राेफेसनालिज्म' मा आघात पर्छ । 'प्रेस काउन्सिलले' 'टेन्सन' पनि दिन्छ । 

   अब हजुरलाई नै अफ्ट्यारो पर्छ भने 'अडियन्स', 'मार्केट कम्पिटीसन' 'इथिक्स' काे 'प्रेसर' धान्न सकुञ्जेल त्याे 'इस्यु'  अब 'इग्नाेर' र 'स्किप' गरिदिउँला हजुरका लागि ।

    अब नेता ज्यु 'माेरल लाइन'मा आउनुकाे सट्टा झन् 'एराेगेन्ट' भएर अघि बढ्न खाेज्नु  भाे भने त हामीले आफ्नाे 'प्राेफेसनल नर्म्स' सम्झिन बाध्य हुनैपर्छ । 


प्रकाशक : ल ल । अहिलेलाई याे मामिलामा 'पेन डाउन' कि के भन्छ त्यही गरिदिनु । पछिका कुरा भेटेर गराैंला । 


सम्पादक : हवस् हजुर । हजुरकाे जाे मर्जी । 


फाेन काटिन्छ । कथा सकिन्छ  । 

      

     याे काल्पनिक कथावस्तुसँग कसैकाे वास्तविक जीवनकाे मेल खाएकाे छ ? 

   काेही काेही काे त पक्कै छ हाेला । 

                - सुनील पाैडेल

वाम एकताका लागि तैयार हाेओैं ।

 अब चेताैं ! जनवादी वाम गठबन्धन बनाओैं । वाम एकताका लागि तैयार हाेओैं । 

      

        हाे ,नेपाल र नेपालीको सर्वाेपरी हितका लागि वाम गठबनधन र कम्युनिष्ट एकता आवश्यक छ । तर यसका लागि केपी ओली र उनका पक्षधरले घमण्ड त्याग्नुपर्छ , प्रचण्ड र उनका पक्षधरले दम्भ त्याग्नुपर्छ, माधव नेपाल र उनका पक्षधरले कुण्ठा त्याग्नुपर्छ । सबैले व्यक्तिगत र गुटगत स्वार्थ त्याग गर्नैपर्छ । 

       त्याग्न चाहिँ काेही नचाहने अनि सबैले प्राप्ति मात्रै खाेज्ने भएपछि सही अर्थकाे वाम गठबन्धन र एकता त कसरी हुन्छ र ?  कठिन छ । जनहित र राष्ट्रहित बेगर नेता विशेषकाे स्वहित स्वार्थकाे वाम गठबन्धन र कम्युनिष्ट एकता चाहिएकाे पनि छैन देशलाई  ।  

      पहिले त्याग्न तैयार हाेओैं अनि मात्रै वाम गठबन्धन  र एकताकाे बाटाे तय गराैं । नत्र टुक्रा - टुक्रामा छरिएर आपसमा जुधाैं अनि कम्युनिष्ट आन्दाेलन धुजा-धुजा पाराैं । घरमा आगाे लगाएर खरानी तापाैं र न्यानाे मानाैं ।

      केपी ओली , माधव नेपाल र प्रचण्डलाई खुस परेर टाउका जाेडे मिल्ने र उनीहरुबिच मनमुटाव भएर व्यक्तिवादी टकराव भए छुट्टिने  अघिल्लो नेकपाकाे जस्ताे कमजाेर गठबन्धन र एकता चाहिएन ।

      राष्ट्र र जनताकाे हितका खातिर दिर्घकालसम्मका लागि गरिने शक्तिशाली वाम गठबन्धन जिन्दावाद ! कम्युनिष्ट एकता जिन्दावाद !

      नेता विशेषकाे घमण्ड, दम्भ र कुण्ठा मुर्दावाद ! 

      

                                    - सुनील पाैडेल

Tuesday, April 19, 2022

सबैले सुनाैं , यस्तालाई चुनाैं !

 

सबैले सुनाैं , यस्तालाई चुनाैं ! 

खल्ती भरिएका हाेइन सक्षमताले दरिएका

आरक्षणले तानिएका नभई समाजद्वारा मानिएका

नेताका प्रचारक हाेइन बेला-विषयका सुविचारक

झाेले कार्यकर्ता नभई सुव्यवस्थाका अभियन्ता

जे भन्याे त्यही मान्ने हाेइन विषयवस्तु जान्ने

आदेशपालक नभई मर्यादापालक

व्यभिचारी हाेइन सदाचारी

ठुलाबडा हाेइन नीतिमा कडा

पढेका मात्रै नभई परेका 

शिक्षित मात्रै नभई ज्ञानले दिक्षित

धनवान हाेइन विद्वान 

घमण्डले तातेका हाेइन अनुभवले पाकेका

जानेसुनेका नभइ देखेबुझेका

कमाएर दिने हाेइन कमाउन सिकाउने

खुवाउने हाेइन खानसक्ने बनाउने

फकाउने हाेइन जगाउने

नालायक हाेइन नायक

दारी पाकेका हाेइन बुद्धि विवेक फापेका

डरले काँप्ने हाेइन यथार्थ नाप्ने

आफ्ना खुट्याउने नभई सही-गलत छुट्याउने

नुन खुवाएका वा खाएका हाेइन कानुन थाहा पाएका

आफ्नाे खल्ती, भुँडी भर्ने हाेइन सामाजकाे हित गर्ने

तल र माथि नभई सबैकाे साथी

जमिन्दार हाेइन ईमान्दार 

धनले धनी नभई मनका धनी

व्यक्तिवादी हाेइन समाजवादी

राष्ट्रघाती नभई राष्ट्रियतावादी

कुख्यात त झन् हुँदै हाेइन विख्यात 

+……हाे , यस्तै यस्तै उमेदवार हाे ; 

छान्नेले छान्नुपर्ने, राेज्नेले राेज्नुपर्ने ।

    #आसन्न_निर्वाचन - सुनील पाैडेल

Wednesday, January 26, 2022

सत्ताेन्मत्त वक्तव्य : एक नगरप्रमुखकाे मनाेदशा


सत्ताेन्मत्त वक्तव्य : एक नगर प्रमुखकाे मनाेदशा


      म एक नगरपालिकाकाे निर्वाचित प्रमुख वा मेयर।  मेराे विगत र वर्तमान जेसुकै - जस्ताेसुकै हाेस् , हाेस् । मेरा राजनीतिक जीवनमा मैैले गरेकाे याेगदान र मैले लिएका अवसरहरुबारे धेरै साेधी खाेजी नगर । अवसर पाएँ त पाएँ तिमीहरुलाई केकाे डाह ? 

        गत निर्वाचनमा पनि मैले टिकट जसरी हात पारेपनि , चुनाव जसरी जितेपनि जितें । तिमीहरुकाे सहयाेग थियाे भन्दैमा मैले तिमीहरुकै हित गर्नुपर्ने भन्ने के छ र ? 

      यस्ता नैतिकता र इमान्दारिताका कुरा मसँग नगर । अहिले म तिमीहरुकाे मेयर हुँ । मलाई मान । मेराे ज्यु हजुरी गर । नत्र तिमीहरुकाे भलाइ नहुन सक्छ।  

     बरु यहाँ मेराे एउटा कुरा सुन । कुरा बुझ र  सिक । 


      मेरा अतिनिकट एक विश्वासपात्र र कृपापात्र छन् जाे ठेकेदारी गर्छन् । २० लाखमा सजिलैसँग काम सम्पन्न हुनसक्ने सडक मर्मतकाे ठेक्का मेराे पालिकाले लगाउनुपर्ने भाे । प्रमुखका नातामा आफुले पनि त यसबाट फाइदा लिनै पर्याे , कमाउनै पर्याे ।

    मैले साेही कामका लागि ५०  लाख  बजेट विनियोजन गरें । मेरा ती विश्वासपात्र ठेकेदारलाई उपभाेक्ता समितिकाे अध्यक्ष बनाएर सेटिङमा काम दिएँ । उनले कम गुणस्तरमा १५ लाखमै काम सम्पन्न गरिदिए ।  सेटिङकाे सल्लाह बमाेजिम नै बिल चाहिँ ४५ लाखकाे बिल पेश भाे ।

     पूर्व शर्तानुसार मैले ४५ लाख नै भुक्तानी गराइदिएँ ।  ५० लाख बिनियाेजन गरेकाे काममा ४५ लाख मात्रै खर्च भुक्तानी भएपछि पाँच लाख नगरपालिकाकाे काेषमै रह्याे । खर्च हुने निश्चित भैसकेकाे रकम मध्ये पाँच लाख जाेगाएपछि भ्रष्टाचार गरेकाे शंका हुने कुरै भएन । कामकाे गुणस्तर जाँच्ने कसले ? ती प्राविधिक कर्मचारी मेराे आफ्नै छुठाे खाने जाे परे जसले लागत मुल्यांकन पनि मैले भने बमाेजिम नै गराएका थिए ।

      सडक मर्मतकाे काम भाे । सडक उपभोक्ता खुसी भए ।  यता हामीलाई ३० लाख फाइदा पनि । तीन लाख रुपैयाँ समितिका अन्य सदस्यलाई मनाउन खर्च भयाे । ती पनि खुसी भए ।  दुई लाख रुपैयाँ  बिल पास गराउने कर्मचारीले खुसी हुँदै  खाए ।

      अब नाफामा २५ लाख बच्याे । मेरा विश्वासपात्र ठेकेदार र मेराे २० लाख खुद बचाएर १० - १० लाख बाँड्ने शर्त थियाे । तर गुणस्तरहीन नै सही कम लागतमा काम सम्पन्न गरेकाले थप पाँच लाख हात पारियाे ।  मैले १५ लाख र उनले १० लाख रुपैयाँ भाग लगायाैं ।

      नगरमा एउटा अस्पताल बन्दै थियाे । समाज सेवाकाे ढाेंग रच्न ती मेरा विश्वासपात्र ठेकेदारले एक लाख रुपैयाँ उक्त अस्पताललाई चन्दा दिए ।

      मैले पाएकाे १५ लाख मध्ये मैले पनि मेरा बालाई दुई लाख दिएँ र साेही अस्पताललाई चन्दा हाल्न लगाएँ । बा समाजसेवीका रुपमा उक्त अस्पतालकाे निर्माण र व्यवस्थापनमा हर्ताकर्ता पनि बन्नुभाे ।

     आमालाई एक लाख दिएँ । आमाले साे रकम चन्दा दिएर स्थानीय विद्यालयकाे संरक्षण र व्यवस्थापनमा प्रभाव जमाउन सक्ने बन्नु भाे।

      एक लाख खर्चेर श्रीमतीका नाममा महिला उद्यमशील समूह खडा गराएँ । पछि नगरपालिकाकाे बजेट नारी उत्थानका नाममा खर्च गर्न सजिलाे हाेस् भनेर ।  

      मैले भाइ मार्फत स्थानीय एक सामाजिक  संस्थालाई पनि एक लाख चन्दा दिन लगाएँ । भाइ पनि उक्त संस्थामा हालिमुहाली गर्ने बनिगाे ।

      सडक मर्मतका नामकाे बजेटबाट मैले पाएकाे १५ लाख मध्ये जम्माजम्मी पाँच लाख मेराे समाजसेवाका नाममा खर्च भाे । मेराे परिवार स्थानीय समाजसेवीका रुपमा यसै दर्ज भइहाल्याे ।

     

     दश लाख रुपैयाँ चाहिँ मलाई खुद मुनाफा भाे ।


     यहाँ हेर्नाेस् त  मैले नगरपालिका प्रमुखका रुपमा सडक मर्मतका नाममा बिनियाेजन गरेकाे रकमले के के भाे ?


१) ५० लाख खर्चेर १५  लाखकै भएपनि सडक मर्मतकाे काम भाे । अर्थतन्त्र केही हदसम्म चलायमान भाे । धेरथाेरले राजगारी पाए । सडक उपभोक्ता र काम पाउनेहरु खुसी भए ।

२) मेरा कृपापात्र र विश्वासपात्रले ९ लाख रकम बचाए । एक लाख चन्दा दिए, उनी समाजसेवी पनि बने । अब मलाई चाहिँदा उनी पहिलेभन्दा थप उपयाेगी बन्न सकछन् ।

३) मेरा बा, आमा , श्रीमती , भाइ समेत हाम्राे परिवार नै समाजसेवीमा दरियाे । सित्तैमा पाएकाे पन्ध्र मध्ये पाँच लाख रुपैयाँ खर्चेर समाजसेवाकाे ढाेंगमा हाम्राे परिवार अस्पताल, विद्यालय, महिला समुहदेखिका सामाजिक संस्थाहरुमा मुख्य प्रभावशाली बन्न सफल छ ।

४) यही एउटा कामबाट मैले १० लाख रूपैयाँ सम्पत्तिमा थप गरेकाे छु । यस्ता काम त मैले अहिलेसम्म कति गरेकाे छु कति । कुराे गरिसाध्य छैन ।

   

    अब मलाई राजनीतिक दल, सिद्धान्त , आस्था , निष्ठा, नैतिकता , ईमानदारिता, नेता , कार्यकर्ता , मतदाता , जनता , देश , समाज , कसैकाे पर्वाह छैन ।

    बस् ! मसँग सत्ता छ, शक्ति छ, धनसम्पत्ति छ । मेराे रवाफ छ , प्रभाव  छ, मेरा मान्छे छन् । यही मेराे जवाफ छ ।

     म फेरि पनि उठ्छु, जित्छु र हालिमुहाली गर्छु । मलाई गाउँ ठाउँ, साथीभाइ, आफन्त, इष्टमित्र, छरछिमेक, देश, जनता कसैकाे वास्ता र मतलब  छैन । मलाई केही नभन, केही नसाेध । मबाट कुनै जवाफदेहिता नखाेज।            

       तिमीलाई मबाट फाइदा लिनु छ त मलाई मान , मेरा पछि लाग, मैले भनेकाे गर । 

     मलाई प्रश्न गर्छाै, मेराे विराेध गर्छाै या मेरा विरुद्ध लाग्छाै भने तिमीलाई म अघि बढ्न दिने छैन । सकेकाे पेल्ने छु । तिम्राे अहितमा जे पनि गर्न पछि पर्ने छैन । मेराे रजगजमा तिमी बाधा बन्न आयाै भने तिमीमाथि जे पनि हुन सक्नेछ । यसकाे जिम्मेवार समाज, देश र जनता अनि सिद्धान्त , आस्था , ईमानदारिता, नैतिकता, जवाफदेहिता, विकास, अनुशासन र निस्वार्थ समाजसेवाकाे वकालत गर्ने तिमी आफैं हुनेछाै । 


        (याे एक नगरप्रमुखकाे मनाेदशा र मनाेवाद त एउटा बिम्बात्मक प्रतीक मात्रै हाे । हाम्राे देशै भरकाे राजनीतिकाे, स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकार, बजेट बाँडफाँड र विकास निर्माण अनि भ्रष्टाचार र अनियमितता यही र यस्तै पारा र ढङ्गले चलेका छन् । त्यसैले नेपालकाे राजनीति  सधैं नेपालीबाटै आलाेचित छ ।)

       

       - सुनील पाैडेल

Monday, January 24, 2022

व्यङ्ग्य मुक्तक : छ्या निर्लज्ज ठगबन्धन !

 व्यङ्ग्य मुक्तक : छ्या  निर्लज्ज ठगबन्धन ! 


गठबन्धनकाे गाँठाे फुस्किएपछि

त्याे 'ठगबन्धन'मा परिणत भएछ

त्यसैले त देश ठग्न , जनता ठग्न

ठगबन्धन मरिमेटेर लागि परिरहेछ ।


अरुलाई संविधान मिचिस् भन्थ्याे

ठगबन्धन आफैं पाे धेर कुल्चिन थाल्याे

एमाले फुटाउन विभाजन अध्यादेश ल्यायाे

भागबन्डामा मन्त्रालय संख्या झण्डै तेब्बर बनायाे ।


बाहिर बाहिर एक्सन देखाएर चर्चा बटुल्छन्

भित्र भित्रै सेटिङ मिलाएर अर्वाैं छ्याकन हसुर्छन्

ठगबन्धनका मन्त्रीहरु यतिसम्म अपराधी कि

मान्छे मार्छु र नरसंहार गर्छु भन्नेसम्मका मसुर छन् ।


सेटिङ सहित छ दलीय पाे छ याे ठगबन्धन

विदेशी दादागिरी र हस्तक्षेप विरुद्ध फिटिक्क  बाेल्दैन 

चाहे आफ्नाे सिमा मिचियाेस् वा नागरिक मारियाेस् 

ठगबन्धनले बरु भित्री कट्टु खाेल्न सक्छ तर मुख खाेल्दैन ।


ठगबन्धन संविधान मान्दै मान्दैन र त चुनाव सार्छु भन्छ

प्रजातन्त्र क्या हाे याे जान्दैन जसरी पनि एमाले हार्ने पार्छु भन्छ

एकका विरुद्ध सबै दल मिल्दा पनि नसकिने अवस्था आए

सत्तामा रजाइँ गरिरहन निर्वाचन मिति त महिना र वर्षाैं सार्छु भन्छ ।


छ्या ठगबन्धन !  याे त भयाे अति साह्रै  निर्लज्ज 

असक्षमता र निकम्मापनले भै गयाे याे त पुरै निर्वस्त्र

कसरी आशा मान्नु हामी निरिह नेपाली जनले यसकाे 

देश जनता मारेरै पनि याे ठगबन्धन खाेज्दैछ सत्तालिप्साकाे अस्त्र ।

Tuesday, January 4, 2022

आफ्नै मनकाे भँडास :

 आफ्नै मनकाे भँडास! 


     वास्तवमा अहिलेसम्म मैले न चाकरी प्रथालाई उचित ठानें न त कसैकाे चाकरी गर्न जानें । 

   खाली सहयाेगीहरुकाे साथ र शुभ चिन्तकहरुकाे सल्लाहमा आफ्नाे बल र बुँतामा आफ्नै तवर तरिकाले जीवन चलाउन ठीक ठानें ।

   आफ्नै भर परें । मनले अह्राएकाे गरें । यही पारामा असिमित तिता-मीठा अनुभवै अनुभवले जीवन भरें ।  ''दुनियाँलाई टाढा छाेड , आफ्नै मनलाई साेध'' गीतमा जस्तै ।

     बुझ्ने नहुँदैदेखि ममा यस्तै बानी परेछ सायद । थाेरै बुझ्ने भएदेखि यसाे गर्दै छु । अहिले अलि बुझ्ने भएँ कि जस्ताे लाग्छ तर उही आनीबानी फेरिएकाे छैन ।

  श्रदेय गायक स्वर सम्राट नारायण गाेपालकाे '' देवता त हाेइन म पनि, धेरै कमजाेरी छ मेराे पनि '' भन्ने गीतकाे अर्थ सतहमा मात्रै बुझ्ने बेलाकाे त्याे बचपनमै मलाई उक्त गीत असाध्यै मन पर्थ्याे ; अहिले यसकाे अन्तर्य मलाई झन् बढी सान्दर्भिक लाग्न थालेकाे छ । हरेक मानिसमा स्वभाविक रुपमा कमि कमजाेरीहरु हुन्छन् , ममा पनि पक्कै छ । 

    म कुनै पनि विषयमा खास दखल राख्दिन । एक आम मान्छे झैं प्रायःजसो विषयमा म 'एभरेज' हुँ भन्ने ठान्छु । 

      हुन त त्यस्ताे खास उम्दा अनुभव हुनेगरी कसैले माया या हेलाँ गरेकाे महशुस मलाई अहिलेसम्म भएकाे छैन । मैले पनि सकेसम्म नकारात्मकताकाे अपवाद बाहेक अहिलेसम्म कसैप्रति दुराग्रह, दुरासय र  दुर्भावना अपनाएकाे छैन । त्यसैले मप्रति कसैकाे दुराचारकाे भावना पक्कै छैन भन्नेमा म करिबकरिब ढुक्क छु ।

   तर पनि , कहीँ कतै कसैले मेराबारे केही नमीठो साेचेका , साँचेका, मानेका या ठानेका छन् भन्ने त्याे तिनैकाे नितान्त निजी धारणा हाे । यसले मेराे जीवनमा तात्त्विक फरक पार्लाजस्ताे लाग्दैन ।

     यति भनिरहँदा मलाई साथ, सहयाेग र हाैसला दिने र मप्रति सद्भाव , शुभेच्छा र सहानुभूति राख्ने तमाम आदरणीय मनहरुप्रति मेराे अन्तर हृदयदेखिकाे आभार छ र यसकाे निरन्तरताका लागि हार्दिक आग्रह र अनुराेध पनि गर्दछु । 

      आगे मलाई चिन्ने बुझ्ने वा मबारे मतलब नराख्ने निर्णयकाे जिम्मा तपाईंहरु आ-आफ्नै । 

     सबैकाे जय हाेस् !  - सुनील पाैडेल