Thursday, December 31, 2020

कमरेड तपाईं कुन पक्ष?

 अक्सर साथीहरु अचेल मलाई साेध्ने गर्नुहुन्छ, 

'सुनील कमरेड ! तपाईं कुन पक्ष , 'दा-ने' पक्ष कि ओली पक्ष ?' । 

 निर्धक्क भएर म सबै कमरेडहरुलाई जवाफमा भन्ने गर्छु :


- म नेपालकाे कम्युनिष्ट आन्दाेलनकाे मुल प्रवाहकाे पक्ष; 

- म जननेता कमरेड मदनद्वारा प्रतिपादित जनताकाे बहुदलीय जनवादकाे सिद्धान्त जुन पक्षले बाेकेकाे छ उसैकाे पक्ष;

- म जाेसँग 'समृद्ध नेपाल सुखी नेपाली'काे आदर्श उद्देश्य (र व्यवहार पनि) छ उसैकाे पक्ष;

- म कार्यकर्ताले खुसीसाथ मत दिएर छनाैट र निर्वाचित गरेकाे पार्टी अध्यक्ष अनि जनताले आफ्नाे सार्वभौम मत दिएर निर्वाचित गरेकाे प्रधानमन्त्रीकाे पक्ष; 

 

    मैले यसाे भनिरहँदा कसैका नजरमा म अन्धभक्त ओली पक्षधर देखिन सक्छु । तर याे देख्नेहरुको दृष्टिदाेष ठहरिनेछ । किनकि म कसैकाे बहकाउमा यसाे भनिरहेकाे छैन ।

   राष्ट्रिय हित र स्वार्थका कसीमा ओलीका  नीतिगत, स्वभावगत र व्यवहारगत कमजोरीहरु प्रशस्तै छन् । मैले समयक्रममा सरकार र सरकार प्रमुखका गलत प्रवृत्तिविरुद्ध कडा आलाेचना बारम्बार गर्ने गरेकाे छु र गरिरहने पनि छु । तर अझैपनि दावीका साथ म के भन्न सक्छु भने नेपालका सबै खराब नेताहरु मध्ये तुलनात्मक रुपमा सबैभन्दा कम खराब नेता प्रधानमन्त्री केपी ओली नै देखिन्छन् । 

   म राजनीतिशास्त्रकाे एक विद्यार्थी हुनुका नाताले एउटा के कुरामा ढुक्क छु भने नि,  आवारणमा वर्तमान संसद विघटनकाे कदम पश्चगामी देखिएला । देख्नेहरुले यसलाई केही सिमित दृष्टिकोणबाट असंवैधानिक पनि देखेहाेलान् । प्रतिपक्षी साेचाइ र चिन्तनमा त्याे स्वभाविक र सम्मानजनक पनि छ । 

   तर  यसका कारण र परिणामलाई राम्ररी दृष्टिगत गर्ने हाे भने पदलाेलुप र पुर्वाग्रहयुक्त वैचारिक जाल झेलद्वारा देशलाई अनिर्णय, अकर्मण्यता , अव्यवस्था र प्रणालीगत असफलताकाे भासमा धकेल्न चाहने तमाम प्रतिगामी र प्रतिक्रियावादी तत्वलाई गतिलाे झापड दिन ताजा जनादेशमा जाने याे निर्णय मेरा विचारमा संवैधानिक, अग्रगामी र स्वागतयोग्य छ । 

   जनताले आफ्नाे अमुल्य मत मार्फत राज्यसञ्चालनकाे जिम्मा दिएकाे समयावधि  परिचालित पुर्वाग्रहपूर्ण व्यवधानका कारण   बेकारमा खेर जाने निश्चित भएपछि प्रधानमन्त्रीले नयाँ जनादेशका लागि पहल कदमी गर्नु किमार्थ गलत हाेइन । देशकाे कार्यकारी प्रमुखले अन्तिममा गुहार माग्ने भनेकाे जनादेशका लागि जनतासँगै हाे । यसमा अन्यथा साेचिनु न्यायाेचित हाेइन ।

                       - सुनील पाैडेल

Sunday, December 27, 2020

''नेकपा फुट दु:खद हाेइन सुखद छ" - सुनील पाैडेल

 कथित एकता एउटा नाटक थियाे । आमजनता भ्रममा थिए । अधिकांश कार्यकर्ता पनि भ्रममा थिए । समग्रमा सबै भ्रममैं थियाैं । 

    नेपाली राजनीति र राजनीतिज्ञका विगत र पछिल्ला राजनीतिक विकासक्रम राम्ररी अवलाेकन र मुल्यांकन गरेका केही सिमित बाहेक सबैलाई  एकताबारे गहिराे भ्रम थियाे । ठुला नेताहरु र अवसरवादी कार्यकर्ताहरु उक्त भ्रमलाई आफ्नाे खेती बनाउन सक्रिय थिए, सफलै थिए । 

    एकता वास्तवमै एकता थिएन; स्वार्थी नेताहरुकाे स्वार्थ मिलान थियाे । नेताका स्वार्थहरु देश र जनताकाे हितका लागि फिटिक्कै थिएनन् ; वस् , नेताका  स्वगत र दलगत स्वार्थ सिद्ध गर्ने एउटा ठुलो प्रपञ्च थियाे । 

   आ-आफ्नाे राजनीतिक दाउपेच र अभिष्ट सिद्ध गर्ने तर आम कार्यकर्ता र जनतामा  भावनात्मक अलमल उत्पन्न गराएर आफुहरु शक्तिमा रहने अनि सकल राज्यलाई आफु अनुकुल प्रयाेग गर्ने 'ग्राण्ड डिजाइन'  थियाे नेकपा एकता । एकताका नाममा स्वार्थसिद्धिकाे भाेक पूर्ण गर्ने अभिलाषाकाे एउटा नाटक मञ्चन हुँदै थियाे र हामी त्यसको अमुक अज्ञान दर्शक बनिरहेका थियाैं । 

   नेताहरुकाे व्यक्तिगत स्वार्थ टकराव र कुण्ठाका कारण अहिले भ्रमकाे पर्दा हटेकाे छ । एकताकाे रङ्गीन पर्दा च्यातिएर वास्तविकता उजागर भएकाे छ । एकता एउटा हानिकारक अभिष्ट थियाे भन्ने सत्य हाम्रा सामु छर्लङ्ग भएकाे छ । याे एक न एक दिन हुनु नै थियाे । अहिले भयाे । 

     निराशावादी नबन्नुहाेस् । जे भएकाे छ, धेरै राम्राे भएकाे छ ।  

                - सुनील पाैडेल

Tuesday, December 22, 2020

समग्रमा पत्रकारिता (सञ्चार गृह, पत्रकार, पत्रकार संघ-संस्था/संगठन र पत्रकारिता नियामक निकायहरु) बारे :

 समग्रमा पत्रकारिता (सञ्चार गृह, पत्रकार, पत्रकार संघ-संस्था/संगठन र पत्रकारिता नियामक निकायहरु) बारे : 


    नेपालमा पत्रकारिता, पत्रकार, पत्रकार संगठन र नेपाल पत्रकार महासंघकाे आवश्यक्ता, महत्त्व र क्रियाशीलता हेर्दा गुणात्मक विकास र सुधारात्मक परिवर्तन गरि व्यावसायिकताकाे पक्षलाई सुधृढ बनाउँदै लानुपर्ने देखिन्छ। खासगरी पत्रकारले स्वयंलाई, मिडियाले आफुसँग कार्यरत पत्रकारलाई, पत्रकार संघ/संगठनले आफ्ना सदस्यहरुलाई सुधृढ व्यावसायिक पत्रकारितातर्फ  उन्मुख गराउन अवश्यक छ। पत्रकार संघ/संघठनले त सदस्य छानबिन र काँटछाँटमा पनि ध्यान पुर्‍याउनै पर्ने छ।

    सबैभन्दा पहिले पत्रकार बन्ने याेग्यताकाे मापकमा सुधार हुन जरुरी छ ।विभिन्न पत्रकार संघ/ संगठन वा महासंघको सदस्य बन्नुपूर्व पत्रकार बन्नुपर्छ । असल पत्रकार। पत्रकारिताकाे सीप र यससम्बन्धी आवश्यक सम्पूर्ण कुराकाे ज्ञान पूर्णरूपमा भएकाे, पत्रकारिताकाे मर्म, सिद्धान्त, आचारसंहिता र प्रेसकानुन राम्ररी जानेबुझेकाे, पत्रकारिताकाे व्यावसायिक धर्म राम्ररी निभाउन सक्ने व्यक्तिमात्रै पत्रकार बन्नुपर्छ अनि तिनैलाई मात्र महासंघले सदस्य बनाउनुपर्छ। त्यसपछि अभिलेख, पुरस्कार र कारबाहीका कुरा आउँछन्।

  पत्रकारिता नबुझी पत्रकार बन्ने र एकपटक पत्रकार बनेपछि महासंघकाे सदस्य भइहाल्ने अनि भइरहने, राजनीतिक दलसम्बद्ध पत्रकार संगठनमा जाे काेही व्यक्ति रहने र तिनै संगठनबाट महासंघको सदस्य चुनिने परिपाटी रहुन्जेल सुधारकाे आशा राख्नु बेकार हुने निश्चित छ। 

   सबभन्दा पहिले पत्रकार बन्ने, बनाउने र सदस्यता दिने संगठनले मापदण्डमा सुधार गर्नुपर्छ ।

   फेरि पनि आफ्ना सदस्यलाई व्यावसायिकता उन्मुख बनाउन र महासंघ आफैं पनि व्यावसायिक बन्न माथि भनिएजस्तै अभिलेखिकरण , अभिमुखिकरण अनि प्राेत्साहन र नियमन पनि अत्यन्तै जरुरी कुरा हुन्। 

                    - सुनील पाैडेल

Monday, December 21, 2020

संवैधानिक 'कु'? जे भयाे ठीकै भयाे :

 - केपी ओलीकाे अहंकार, अहम्, लहड, सनक, मनाेमानी , स्वेच्छाचारीता, दादागिरी, शक्ति प्रदर्शन जे-जे देखियाे ,देखियाेस् ; 

 - संवैधानिक 'कु' काे गलत नजिर स्थापित भयाे भने भयाे भयाे; 

- राज्यलाई असमयमा निर्वाचनको व्ययभार पर्न गयाे, जाओस् ; 

- नेपालमा राजनीतिक अस्थिरता झन् बढ्ने जाेखिम बढ्ता भयाे, हाेस् ; 

    तर, यति हुँदा हुँदै पनि आफुलाई काे काे न हुँ भन्ठान्ने ताेर्पे टाउके नेताहरुकाे चुरीफुरी अनुसारकाे हैसियत जनताले छर्लङ्ग देखाइदिन पाउने भए , अत्यधिक खुसीकाे कुराे यही छ मलाई । 

   कम्तिमा नेतृत्वको असक्षमता, अहमता र बदमासी अनि बेकाइदाकाे खिचातानी र बेढङ्गकाे बद्ख्वाइयुक्त जनमतकाे अवहेलना विरुद्ध नयाँ जनमत र ताजा जनादेश त प्राप्त  हुने भाे । 

     आशानुरुप काम नगरेपछि सरकार त अलाेकप्रिय हुने नै भयाे, छँदै छ । प्रमुख प्रतिपक्षी दलले भन्दा बढ्ता सरकार विरुद्ध हात धाेएर लागि पर्ने प्रतिपक्षी भुमिकाका नेकपाका अन्य नेतालाई चाहिँ जनताका मनमा आफुप्रति अलाेकप्रियताकाे हद नाघिसकेको थाहा छैन ? खाली सरकार र दलकाे नेतृत्वका लागि मरिमेट्या छ, आफ्नै सरकारलाई खुइल्याकाे छ, एक्ल्याकाे छ, खुट्टा तानेकाे छ, दाउपेच गरेकाे छ, गरेकाे छ । 

    निर्वाचन र महाधिवेशनसम्म कुर्न सक्ने धैर्यता नभएका अधीरहरुलाई सजिलाे गरि सर्वाेच्च नेतृत्व चाहिने ? इइइइइस्स्स्स्स् ! 

    अहिले जङ्गली बाघ झैं गर्जन्छाै, गर्जिँदै गर, निर्वाचन पछि म्याउँ गर्दै पुच्छर टाङ्मुनि हालेर कुना पस्नु परेपछि अनि चेताैला । तेरिमा टाउके हाे । 

     एकता, एकता भनेर नेकपाका पक्षमा मरिमेट्ने, आवारणमा एकतावादी तर वास्तवमा अवसरवादी नेता कार्यकर्तालाई चेत खुलाेस् कि काेदाे र ताेरी मिसिएपछि न तेल निस्कन्छ न त पिठाे । 

     आखिर नेकपा एकता 'ए! कता?' हुने त निश्चित थियाे, हुने नै छ ।

    डेढ वर्षपछि हुने चुनाव खर्च अहिले हुने भाे, घाटा पर्ने ब्याज नै न हाे । 

                        - सुनील पाैडेल

Friday, December 18, 2020

शक्तिपुजक सम्माननीय, तपाईंलाई संवैधानिक गरिमाकाे हेक्का छ ?

 शक्तिपुजक सम्माननीय, तपाईंलाई संवैधानिक गरिमाकाे हेक्का छ ? 


   काेही काेही महाेदयले 'संविधानलाई प्रचण्ड भन्दा माथि नठानकाे' अभिव्यक्ति दिएकाे बजार हल्ला सुनियाे । 

   हल्ला हल्लै मात्रै हाे भने अनावश्यक तुच्छ बजार हल्ला चलाउनेलाई म थुक्क भन्न चाहन्छु । तर यदि हावा चलेरै पात हल्लिएकाे हाे भने चाहिँ महाेदयकाे संविधान विराेधी अभिव्यक्तिकाे बदलामा मैले धिक्कार हाेस् भन्न चाहेँ ।

   संविधान देशकाे मुल कानुन हाे ।  संविधानसँग बाझिएको हदसम्म कुनै पनि कानुन स्वतः खारेज हुन्छ । 

   संविधानसँगकाे तुलना कुनै एक गाैण नेता विशेषसँग गर्नु सरासर निरंकुशता र व्यक्तितन्त्रकाे पक्षपाेषण गर्नु हाे । त्यसमाथि राजा र राजसंस्था फालेर संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापनाका लागि लडेका हाैं, संविधान सभाका लागि लडेका हाैं र हाम्रै बुँतामा मात्रै याे उपलब्धि प्राप्त भएकाे हाे भनेर दम्भ गर्नेहरुले नै संविधानसभाले निर्माण गरेकाे संविधानभन्दा माथि काेही व्यक्तिलाई देख्नु लज्जास्पद र अझ बढ्ता निर्लज्जताकाे पराकाष्ठा हाे ।   

    लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा राज्य सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्ने जनप्रतिनिधिहरुकाे सभाकाे मियाेले यदि यस किसिमकाे संविधान विराेधी र निरंकुश व्यक्तिवादी वक्तव्यबाजि गरेकाे हाे नै भने त्यसकाे भर्त्सना जति गरेपनि कम हुन्छ ।

    संविधानकाे गरिमाम‌ै आँच आउने खालकाे अभिव्यक्ति दिनेलाई संवैधानिक व्यवस्था बमाेजिम सम्माननीय पदमा बहाल रहने कुनै अधिकार हुनुपर्छ जस्ताे मलाई लाग्दैन । 

   'मीतआमा'काे गुणगान र शक्तिपूजनका खातिर मातृभूमिप्रतिकाे अवमूल्यन कदापि सह्य हुन सक्तैन । सम्माननीय महाेदयकाे बेलैमा चेत खुलाेस् । 

                       -  सुनील पाैडेल

Wednesday, December 2, 2020

राजनीतिक वेश्यावृत्ति :

 राजनीतिक वेश्यावृत्ति :


    खासमा राजनीतिलाई नै मूल कर्म बनाएर हिँड्नेहरुकाे चरित्र (महिला विरुद्धको विभेदी वाच्य नबनाेस्) वेश्या तुल्य हुनेगर्छ। जाेसँग पनि जस्ताेसुकै परिस्थितिमा पनि लढ्नैपर्ने ।  

   एक वेश्या बाँच्नका लागि संघर्षकाे नाममा, जीवन गुजाराका नाममा  आय-आर्जनका लागि जहाँ जस्ताेसुकै मनाेभावनामा पनि कमाउनकै लागि लिडिदिन्छे । तर उसले वेश्या गमन गर्नेलाई क्षणिक याेनानन्द प्रदान गरेर सेवा पनि गरेकी हुन्छे । 

   एक पूर्णकालीन राजनीतिकर्मी पनि देश र जनताका नाममा, अधिकार प्राप्तिका लागि संघर्ष गर्ने नाममा हरेक परिस्थितिसँग जुझेर जीवनभर लडिरहन्छ/छे । इमानकाे राजनीति गर्ने हाे भने उसकाे हण्डर र संघर्ष एक वेश्याकाे भन्दा पनि कठिनाइपूर्ण हुन्छ ।

     तर, जब एक राजनीतिकर्मी आफ्नाे कर्मलाई सेवा भन्दा व्यापार र आम्दानीकाे स्राेत ठान्न थाल्छ तब ऊ एक वेश्या भन्दा पनि तुच्छ र नीचो बन्न पुग्छ ।

   परिवेश अनुसार दुनियाँका नजरमा वेश्या धेरै घृणित हुन सक्ली तर कतिपय ठाउँ र देशमा वेश्याकाे पनि याैनकर्मीका नाममा  कानुनी रितमै इज्जत, प्रतिष्ठा र उसकाे व्यावसायकाे संरक्षण छ। 

   तर कमाउ धन्दामा लागेकाे एक राजनीतिकर्मीकाे दुनियाँभर एक वेश्याकाे जति पनि इज्जत छैन । उसकाे कमाउ धन्दा कानुनी तवरमा एक अक्षम्य अपराध हाे । 

    याैन बजारमा वेश्या बिक्रेता पक्ष हाे , उसका ग्राहक नभइ याैन व्यावसाय चल्दैन । याैन बजारमा वेश्या र वेश्यागमनकारी बिचमा याैन दलालहरु रहन्छने गर्छन् जसले दुबै पक्षबिच खेलेर रकमी फाइदा असुलछन् । 

    बरु याैन दलालकाे पनि इज्जत छ तर राजनीतिक दलालकाे दुनियाँमा कहीँ कतै इज्जत छैन , मान छैन । 

   अहिले हाम्राे देशमा राजनीति कमाउ धन्दा बनेकाे छ । राजनीतिक दलालहरुले वेश्याले धन्दा चलाए भन्दा बढ्ता कमाउने ठाउँ भेटेका छन् । धन्दावालाका आसेपासेले वेश्यागमनकारीले भन्दा बढ्ता रमाउने ठाउँ भेटेका छन् ।  राजनीति वेश्यावृत्ति भन्दा बढ्ता घृणित बनेकाे छ ।

    राजनीति ढलमलमा छ । जनता रनभुल्लमा छन्। देश झन् अलमलमा छ । रनभुल्ल जनता भएका अलमल्ल देशमा राजनीतिक चलमल गर्ने नेता र कार्यकर्ता चाहिँ  सधैं मलमलकाे ओछ्यानमा ढलमल गर्दै मेवामिष्ठान्नमा मख्ख छन् । 

   यही परिस्थितिले सर्वदा निराश बनाउँछ । कठै हामी नेपाली जनता !   

               - सुनील पाैडेल