Tuesday, December 22, 2020

समग्रमा पत्रकारिता (सञ्चार गृह, पत्रकार, पत्रकार संघ-संस्था/संगठन र पत्रकारिता नियामक निकायहरु) बारे :

 समग्रमा पत्रकारिता (सञ्चार गृह, पत्रकार, पत्रकार संघ-संस्था/संगठन र पत्रकारिता नियामक निकायहरु) बारे : 


    नेपालमा पत्रकारिता, पत्रकार, पत्रकार संगठन र नेपाल पत्रकार महासंघकाे आवश्यक्ता, महत्त्व र क्रियाशीलता हेर्दा गुणात्मक विकास र सुधारात्मक परिवर्तन गरि व्यावसायिकताकाे पक्षलाई सुधृढ बनाउँदै लानुपर्ने देखिन्छ। खासगरी पत्रकारले स्वयंलाई, मिडियाले आफुसँग कार्यरत पत्रकारलाई, पत्रकार संघ/संगठनले आफ्ना सदस्यहरुलाई सुधृढ व्यावसायिक पत्रकारितातर्फ  उन्मुख गराउन अवश्यक छ। पत्रकार संघ/संघठनले त सदस्य छानबिन र काँटछाँटमा पनि ध्यान पुर्‍याउनै पर्ने छ।

    सबैभन्दा पहिले पत्रकार बन्ने याेग्यताकाे मापकमा सुधार हुन जरुरी छ ।विभिन्न पत्रकार संघ/ संगठन वा महासंघको सदस्य बन्नुपूर्व पत्रकार बन्नुपर्छ । असल पत्रकार। पत्रकारिताकाे सीप र यससम्बन्धी आवश्यक सम्पूर्ण कुराकाे ज्ञान पूर्णरूपमा भएकाे, पत्रकारिताकाे मर्म, सिद्धान्त, आचारसंहिता र प्रेसकानुन राम्ररी जानेबुझेकाे, पत्रकारिताकाे व्यावसायिक धर्म राम्ररी निभाउन सक्ने व्यक्तिमात्रै पत्रकार बन्नुपर्छ अनि तिनैलाई मात्र महासंघले सदस्य बनाउनुपर्छ। त्यसपछि अभिलेख, पुरस्कार र कारबाहीका कुरा आउँछन्।

  पत्रकारिता नबुझी पत्रकार बन्ने र एकपटक पत्रकार बनेपछि महासंघकाे सदस्य भइहाल्ने अनि भइरहने, राजनीतिक दलसम्बद्ध पत्रकार संगठनमा जाे काेही व्यक्ति रहने र तिनै संगठनबाट महासंघको सदस्य चुनिने परिपाटी रहुन्जेल सुधारकाे आशा राख्नु बेकार हुने निश्चित छ। 

   सबभन्दा पहिले पत्रकार बन्ने, बनाउने र सदस्यता दिने संगठनले मापदण्डमा सुधार गर्नुपर्छ ।

   फेरि पनि आफ्ना सदस्यलाई व्यावसायिकता उन्मुख बनाउन र महासंघ आफैं पनि व्यावसायिक बन्न माथि भनिएजस्तै अभिलेखिकरण , अभिमुखिकरण अनि प्राेत्साहन र नियमन पनि अत्यन्तै जरुरी कुरा हुन्। 

                    - सुनील पाैडेल

No comments:

Post a Comment