Sunday, December 27, 2020

''नेकपा फुट दु:खद हाेइन सुखद छ" - सुनील पाैडेल

 कथित एकता एउटा नाटक थियाे । आमजनता भ्रममा थिए । अधिकांश कार्यकर्ता पनि भ्रममा थिए । समग्रमा सबै भ्रममैं थियाैं । 

    नेपाली राजनीति र राजनीतिज्ञका विगत र पछिल्ला राजनीतिक विकासक्रम राम्ररी अवलाेकन र मुल्यांकन गरेका केही सिमित बाहेक सबैलाई  एकताबारे गहिराे भ्रम थियाे । ठुला नेताहरु र अवसरवादी कार्यकर्ताहरु उक्त भ्रमलाई आफ्नाे खेती बनाउन सक्रिय थिए, सफलै थिए । 

    एकता वास्तवमै एकता थिएन; स्वार्थी नेताहरुकाे स्वार्थ मिलान थियाे । नेताका स्वार्थहरु देश र जनताकाे हितका लागि फिटिक्कै थिएनन् ; वस् , नेताका  स्वगत र दलगत स्वार्थ सिद्ध गर्ने एउटा ठुलो प्रपञ्च थियाे । 

   आ-आफ्नाे राजनीतिक दाउपेच र अभिष्ट सिद्ध गर्ने तर आम कार्यकर्ता र जनतामा  भावनात्मक अलमल उत्पन्न गराएर आफुहरु शक्तिमा रहने अनि सकल राज्यलाई आफु अनुकुल प्रयाेग गर्ने 'ग्राण्ड डिजाइन'  थियाे नेकपा एकता । एकताका नाममा स्वार्थसिद्धिकाे भाेक पूर्ण गर्ने अभिलाषाकाे एउटा नाटक मञ्चन हुँदै थियाे र हामी त्यसको अमुक अज्ञान दर्शक बनिरहेका थियाैं । 

   नेताहरुकाे व्यक्तिगत स्वार्थ टकराव र कुण्ठाका कारण अहिले भ्रमकाे पर्दा हटेकाे छ । एकताकाे रङ्गीन पर्दा च्यातिएर वास्तविकता उजागर भएकाे छ । एकता एउटा हानिकारक अभिष्ट थियाे भन्ने सत्य हाम्रा सामु छर्लङ्ग भएकाे छ । याे एक न एक दिन हुनु नै थियाे । अहिले भयाे । 

     निराशावादी नबन्नुहाेस् । जे भएकाे छ, धेरै राम्राे भएकाे छ ।  

                - सुनील पाैडेल

No comments:

Post a Comment