Thursday, December 31, 2020

कमरेड तपाईं कुन पक्ष?

 अक्सर साथीहरु अचेल मलाई साेध्ने गर्नुहुन्छ, 

'सुनील कमरेड ! तपाईं कुन पक्ष , 'दा-ने' पक्ष कि ओली पक्ष ?' । 

 निर्धक्क भएर म सबै कमरेडहरुलाई जवाफमा भन्ने गर्छु :


- म नेपालकाे कम्युनिष्ट आन्दाेलनकाे मुल प्रवाहकाे पक्ष; 

- म जननेता कमरेड मदनद्वारा प्रतिपादित जनताकाे बहुदलीय जनवादकाे सिद्धान्त जुन पक्षले बाेकेकाे छ उसैकाे पक्ष;

- म जाेसँग 'समृद्ध नेपाल सुखी नेपाली'काे आदर्श उद्देश्य (र व्यवहार पनि) छ उसैकाे पक्ष;

- म कार्यकर्ताले खुसीसाथ मत दिएर छनाैट र निर्वाचित गरेकाे पार्टी अध्यक्ष अनि जनताले आफ्नाे सार्वभौम मत दिएर निर्वाचित गरेकाे प्रधानमन्त्रीकाे पक्ष; 

 

    मैले यसाे भनिरहँदा कसैका नजरमा म अन्धभक्त ओली पक्षधर देखिन सक्छु । तर याे देख्नेहरुको दृष्टिदाेष ठहरिनेछ । किनकि म कसैकाे बहकाउमा यसाे भनिरहेकाे छैन ।

   राष्ट्रिय हित र स्वार्थका कसीमा ओलीका  नीतिगत, स्वभावगत र व्यवहारगत कमजोरीहरु प्रशस्तै छन् । मैले समयक्रममा सरकार र सरकार प्रमुखका गलत प्रवृत्तिविरुद्ध कडा आलाेचना बारम्बार गर्ने गरेकाे छु र गरिरहने पनि छु । तर अझैपनि दावीका साथ म के भन्न सक्छु भने नेपालका सबै खराब नेताहरु मध्ये तुलनात्मक रुपमा सबैभन्दा कम खराब नेता प्रधानमन्त्री केपी ओली नै देखिन्छन् । 

   म राजनीतिशास्त्रकाे एक विद्यार्थी हुनुका नाताले एउटा के कुरामा ढुक्क छु भने नि,  आवारणमा वर्तमान संसद विघटनकाे कदम पश्चगामी देखिएला । देख्नेहरुले यसलाई केही सिमित दृष्टिकोणबाट असंवैधानिक पनि देखेहाेलान् । प्रतिपक्षी साेचाइ र चिन्तनमा त्याे स्वभाविक र सम्मानजनक पनि छ । 

   तर  यसका कारण र परिणामलाई राम्ररी दृष्टिगत गर्ने हाे भने पदलाेलुप र पुर्वाग्रहयुक्त वैचारिक जाल झेलद्वारा देशलाई अनिर्णय, अकर्मण्यता , अव्यवस्था र प्रणालीगत असफलताकाे भासमा धकेल्न चाहने तमाम प्रतिगामी र प्रतिक्रियावादी तत्वलाई गतिलाे झापड दिन ताजा जनादेशमा जाने याे निर्णय मेरा विचारमा संवैधानिक, अग्रगामी र स्वागतयोग्य छ । 

   जनताले आफ्नाे अमुल्य मत मार्फत राज्यसञ्चालनकाे जिम्मा दिएकाे समयावधि  परिचालित पुर्वाग्रहपूर्ण व्यवधानका कारण   बेकारमा खेर जाने निश्चित भएपछि प्रधानमन्त्रीले नयाँ जनादेशका लागि पहल कदमी गर्नु किमार्थ गलत हाेइन । देशकाे कार्यकारी प्रमुखले अन्तिममा गुहार माग्ने भनेकाे जनादेशका लागि जनतासँगै हाे । यसमा अन्यथा साेचिनु न्यायाेचित हाेइन ।

                       - सुनील पाैडेल

Sunday, December 27, 2020

''नेकपा फुट दु:खद हाेइन सुखद छ" - सुनील पाैडेल

 कथित एकता एउटा नाटक थियाे । आमजनता भ्रममा थिए । अधिकांश कार्यकर्ता पनि भ्रममा थिए । समग्रमा सबै भ्रममैं थियाैं । 

    नेपाली राजनीति र राजनीतिज्ञका विगत र पछिल्ला राजनीतिक विकासक्रम राम्ररी अवलाेकन र मुल्यांकन गरेका केही सिमित बाहेक सबैलाई  एकताबारे गहिराे भ्रम थियाे । ठुला नेताहरु र अवसरवादी कार्यकर्ताहरु उक्त भ्रमलाई आफ्नाे खेती बनाउन सक्रिय थिए, सफलै थिए । 

    एकता वास्तवमै एकता थिएन; स्वार्थी नेताहरुकाे स्वार्थ मिलान थियाे । नेताका स्वार्थहरु देश र जनताकाे हितका लागि फिटिक्कै थिएनन् ; वस् , नेताका  स्वगत र दलगत स्वार्थ सिद्ध गर्ने एउटा ठुलो प्रपञ्च थियाे । 

   आ-आफ्नाे राजनीतिक दाउपेच र अभिष्ट सिद्ध गर्ने तर आम कार्यकर्ता र जनतामा  भावनात्मक अलमल उत्पन्न गराएर आफुहरु शक्तिमा रहने अनि सकल राज्यलाई आफु अनुकुल प्रयाेग गर्ने 'ग्राण्ड डिजाइन'  थियाे नेकपा एकता । एकताका नाममा स्वार्थसिद्धिकाे भाेक पूर्ण गर्ने अभिलाषाकाे एउटा नाटक मञ्चन हुँदै थियाे र हामी त्यसको अमुक अज्ञान दर्शक बनिरहेका थियाैं । 

   नेताहरुकाे व्यक्तिगत स्वार्थ टकराव र कुण्ठाका कारण अहिले भ्रमकाे पर्दा हटेकाे छ । एकताकाे रङ्गीन पर्दा च्यातिएर वास्तविकता उजागर भएकाे छ । एकता एउटा हानिकारक अभिष्ट थियाे भन्ने सत्य हाम्रा सामु छर्लङ्ग भएकाे छ । याे एक न एक दिन हुनु नै थियाे । अहिले भयाे । 

     निराशावादी नबन्नुहाेस् । जे भएकाे छ, धेरै राम्राे भएकाे छ ।  

                - सुनील पाैडेल

Tuesday, December 22, 2020

समग्रमा पत्रकारिता (सञ्चार गृह, पत्रकार, पत्रकार संघ-संस्था/संगठन र पत्रकारिता नियामक निकायहरु) बारे :

 समग्रमा पत्रकारिता (सञ्चार गृह, पत्रकार, पत्रकार संघ-संस्था/संगठन र पत्रकारिता नियामक निकायहरु) बारे : 


    नेपालमा पत्रकारिता, पत्रकार, पत्रकार संगठन र नेपाल पत्रकार महासंघकाे आवश्यक्ता, महत्त्व र क्रियाशीलता हेर्दा गुणात्मक विकास र सुधारात्मक परिवर्तन गरि व्यावसायिकताकाे पक्षलाई सुधृढ बनाउँदै लानुपर्ने देखिन्छ। खासगरी पत्रकारले स्वयंलाई, मिडियाले आफुसँग कार्यरत पत्रकारलाई, पत्रकार संघ/संगठनले आफ्ना सदस्यहरुलाई सुधृढ व्यावसायिक पत्रकारितातर्फ  उन्मुख गराउन अवश्यक छ। पत्रकार संघ/संघठनले त सदस्य छानबिन र काँटछाँटमा पनि ध्यान पुर्‍याउनै पर्ने छ।

    सबैभन्दा पहिले पत्रकार बन्ने याेग्यताकाे मापकमा सुधार हुन जरुरी छ ।विभिन्न पत्रकार संघ/ संगठन वा महासंघको सदस्य बन्नुपूर्व पत्रकार बन्नुपर्छ । असल पत्रकार। पत्रकारिताकाे सीप र यससम्बन्धी आवश्यक सम्पूर्ण कुराकाे ज्ञान पूर्णरूपमा भएकाे, पत्रकारिताकाे मर्म, सिद्धान्त, आचारसंहिता र प्रेसकानुन राम्ररी जानेबुझेकाे, पत्रकारिताकाे व्यावसायिक धर्म राम्ररी निभाउन सक्ने व्यक्तिमात्रै पत्रकार बन्नुपर्छ अनि तिनैलाई मात्र महासंघले सदस्य बनाउनुपर्छ। त्यसपछि अभिलेख, पुरस्कार र कारबाहीका कुरा आउँछन्।

  पत्रकारिता नबुझी पत्रकार बन्ने र एकपटक पत्रकार बनेपछि महासंघकाे सदस्य भइहाल्ने अनि भइरहने, राजनीतिक दलसम्बद्ध पत्रकार संगठनमा जाे काेही व्यक्ति रहने र तिनै संगठनबाट महासंघको सदस्य चुनिने परिपाटी रहुन्जेल सुधारकाे आशा राख्नु बेकार हुने निश्चित छ। 

   सबभन्दा पहिले पत्रकार बन्ने, बनाउने र सदस्यता दिने संगठनले मापदण्डमा सुधार गर्नुपर्छ ।

   फेरि पनि आफ्ना सदस्यलाई व्यावसायिकता उन्मुख बनाउन र महासंघ आफैं पनि व्यावसायिक बन्न माथि भनिएजस्तै अभिलेखिकरण , अभिमुखिकरण अनि प्राेत्साहन र नियमन पनि अत्यन्तै जरुरी कुरा हुन्। 

                    - सुनील पाैडेल

Monday, December 21, 2020

संवैधानिक 'कु'? जे भयाे ठीकै भयाे :

 - केपी ओलीकाे अहंकार, अहम्, लहड, सनक, मनाेमानी , स्वेच्छाचारीता, दादागिरी, शक्ति प्रदर्शन जे-जे देखियाे ,देखियाेस् ; 

 - संवैधानिक 'कु' काे गलत नजिर स्थापित भयाे भने भयाे भयाे; 

- राज्यलाई असमयमा निर्वाचनको व्ययभार पर्न गयाे, जाओस् ; 

- नेपालमा राजनीतिक अस्थिरता झन् बढ्ने जाेखिम बढ्ता भयाे, हाेस् ; 

    तर, यति हुँदा हुँदै पनि आफुलाई काे काे न हुँ भन्ठान्ने ताेर्पे टाउके नेताहरुकाे चुरीफुरी अनुसारकाे हैसियत जनताले छर्लङ्ग देखाइदिन पाउने भए , अत्यधिक खुसीकाे कुराे यही छ मलाई । 

   कम्तिमा नेतृत्वको असक्षमता, अहमता र बदमासी अनि बेकाइदाकाे खिचातानी र बेढङ्गकाे बद्ख्वाइयुक्त जनमतकाे अवहेलना विरुद्ध नयाँ जनमत र ताजा जनादेश त प्राप्त  हुने भाे । 

     आशानुरुप काम नगरेपछि सरकार त अलाेकप्रिय हुने नै भयाे, छँदै छ । प्रमुख प्रतिपक्षी दलले भन्दा बढ्ता सरकार विरुद्ध हात धाेएर लागि पर्ने प्रतिपक्षी भुमिकाका नेकपाका अन्य नेतालाई चाहिँ जनताका मनमा आफुप्रति अलाेकप्रियताकाे हद नाघिसकेको थाहा छैन ? खाली सरकार र दलकाे नेतृत्वका लागि मरिमेट्या छ, आफ्नै सरकारलाई खुइल्याकाे छ, एक्ल्याकाे छ, खुट्टा तानेकाे छ, दाउपेच गरेकाे छ, गरेकाे छ । 

    निर्वाचन र महाधिवेशनसम्म कुर्न सक्ने धैर्यता नभएका अधीरहरुलाई सजिलाे गरि सर्वाेच्च नेतृत्व चाहिने ? इइइइइस्स्स्स्स् ! 

    अहिले जङ्गली बाघ झैं गर्जन्छाै, गर्जिँदै गर, निर्वाचन पछि म्याउँ गर्दै पुच्छर टाङ्मुनि हालेर कुना पस्नु परेपछि अनि चेताैला । तेरिमा टाउके हाे । 

     एकता, एकता भनेर नेकपाका पक्षमा मरिमेट्ने, आवारणमा एकतावादी तर वास्तवमा अवसरवादी नेता कार्यकर्तालाई चेत खुलाेस् कि काेदाे र ताेरी मिसिएपछि न तेल निस्कन्छ न त पिठाे । 

     आखिर नेकपा एकता 'ए! कता?' हुने त निश्चित थियाे, हुने नै छ ।

    डेढ वर्षपछि हुने चुनाव खर्च अहिले हुने भाे, घाटा पर्ने ब्याज नै न हाे । 

                        - सुनील पाैडेल

Friday, December 18, 2020

शक्तिपुजक सम्माननीय, तपाईंलाई संवैधानिक गरिमाकाे हेक्का छ ?

 शक्तिपुजक सम्माननीय, तपाईंलाई संवैधानिक गरिमाकाे हेक्का छ ? 


   काेही काेही महाेदयले 'संविधानलाई प्रचण्ड भन्दा माथि नठानकाे' अभिव्यक्ति दिएकाे बजार हल्ला सुनियाे । 

   हल्ला हल्लै मात्रै हाे भने अनावश्यक तुच्छ बजार हल्ला चलाउनेलाई म थुक्क भन्न चाहन्छु । तर यदि हावा चलेरै पात हल्लिएकाे हाे भने चाहिँ महाेदयकाे संविधान विराेधी अभिव्यक्तिकाे बदलामा मैले धिक्कार हाेस् भन्न चाहेँ ।

   संविधान देशकाे मुल कानुन हाे ।  संविधानसँग बाझिएको हदसम्म कुनै पनि कानुन स्वतः खारेज हुन्छ । 

   संविधानसँगकाे तुलना कुनै एक गाैण नेता विशेषसँग गर्नु सरासर निरंकुशता र व्यक्तितन्त्रकाे पक्षपाेषण गर्नु हाे । त्यसमाथि राजा र राजसंस्था फालेर संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापनाका लागि लडेका हाैं, संविधान सभाका लागि लडेका हाैं र हाम्रै बुँतामा मात्रै याे उपलब्धि प्राप्त भएकाे हाे भनेर दम्भ गर्नेहरुले नै संविधानसभाले निर्माण गरेकाे संविधानभन्दा माथि काेही व्यक्तिलाई देख्नु लज्जास्पद र अझ बढ्ता निर्लज्जताकाे पराकाष्ठा हाे ।   

    लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा राज्य सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्ने जनप्रतिनिधिहरुकाे सभाकाे मियाेले यदि यस किसिमकाे संविधान विराेधी र निरंकुश व्यक्तिवादी वक्तव्यबाजि गरेकाे हाे नै भने त्यसकाे भर्त्सना जति गरेपनि कम हुन्छ ।

    संविधानकाे गरिमाम‌ै आँच आउने खालकाे अभिव्यक्ति दिनेलाई संवैधानिक व्यवस्था बमाेजिम सम्माननीय पदमा बहाल रहने कुनै अधिकार हुनुपर्छ जस्ताे मलाई लाग्दैन । 

   'मीतआमा'काे गुणगान र शक्तिपूजनका खातिर मातृभूमिप्रतिकाे अवमूल्यन कदापि सह्य हुन सक्तैन । सम्माननीय महाेदयकाे बेलैमा चेत खुलाेस् । 

                       -  सुनील पाैडेल

Wednesday, December 2, 2020

राजनीतिक वेश्यावृत्ति :

 राजनीतिक वेश्यावृत्ति :


    खासमा राजनीतिलाई नै मूल कर्म बनाएर हिँड्नेहरुकाे चरित्र (महिला विरुद्धको विभेदी वाच्य नबनाेस्) वेश्या तुल्य हुनेगर्छ। जाेसँग पनि जस्ताेसुकै परिस्थितिमा पनि लढ्नैपर्ने ।  

   एक वेश्या बाँच्नका लागि संघर्षकाे नाममा, जीवन गुजाराका नाममा  आय-आर्जनका लागि जहाँ जस्ताेसुकै मनाेभावनामा पनि कमाउनकै लागि लिडिदिन्छे । तर उसले वेश्या गमन गर्नेलाई क्षणिक याेनानन्द प्रदान गरेर सेवा पनि गरेकी हुन्छे । 

   एक पूर्णकालीन राजनीतिकर्मी पनि देश र जनताका नाममा, अधिकार प्राप्तिका लागि संघर्ष गर्ने नाममा हरेक परिस्थितिसँग जुझेर जीवनभर लडिरहन्छ/छे । इमानकाे राजनीति गर्ने हाे भने उसकाे हण्डर र संघर्ष एक वेश्याकाे भन्दा पनि कठिनाइपूर्ण हुन्छ ।

     तर, जब एक राजनीतिकर्मी आफ्नाे कर्मलाई सेवा भन्दा व्यापार र आम्दानीकाे स्राेत ठान्न थाल्छ तब ऊ एक वेश्या भन्दा पनि तुच्छ र नीचो बन्न पुग्छ ।

   परिवेश अनुसार दुनियाँका नजरमा वेश्या धेरै घृणित हुन सक्ली तर कतिपय ठाउँ र देशमा वेश्याकाे पनि याैनकर्मीका नाममा  कानुनी रितमै इज्जत, प्रतिष्ठा र उसकाे व्यावसायकाे संरक्षण छ। 

   तर कमाउ धन्दामा लागेकाे एक राजनीतिकर्मीकाे दुनियाँभर एक वेश्याकाे जति पनि इज्जत छैन । उसकाे कमाउ धन्दा कानुनी तवरमा एक अक्षम्य अपराध हाे । 

    याैन बजारमा वेश्या बिक्रेता पक्ष हाे , उसका ग्राहक नभइ याैन व्यावसाय चल्दैन । याैन बजारमा वेश्या र वेश्यागमनकारी बिचमा याैन दलालहरु रहन्छने गर्छन् जसले दुबै पक्षबिच खेलेर रकमी फाइदा असुलछन् । 

    बरु याैन दलालकाे पनि इज्जत छ तर राजनीतिक दलालकाे दुनियाँमा कहीँ कतै इज्जत छैन , मान छैन । 

   अहिले हाम्राे देशमा राजनीति कमाउ धन्दा बनेकाे छ । राजनीतिक दलालहरुले वेश्याले धन्दा चलाए भन्दा बढ्ता कमाउने ठाउँ भेटेका छन् । धन्दावालाका आसेपासेले वेश्यागमनकारीले भन्दा बढ्ता रमाउने ठाउँ भेटेका छन् ।  राजनीति वेश्यावृत्ति भन्दा बढ्ता घृणित बनेकाे छ ।

    राजनीति ढलमलमा छ । जनता रनभुल्लमा छन्। देश झन् अलमलमा छ । रनभुल्ल जनता भएका अलमल्ल देशमा राजनीतिक चलमल गर्ने नेता र कार्यकर्ता चाहिँ  सधैं मलमलकाे ओछ्यानमा ढलमल गर्दै मेवामिष्ठान्नमा मख्ख छन् । 

   यही परिस्थितिले सर्वदा निराश बनाउँछ । कठै हामी नेपाली जनता !   

               - सुनील पाैडेल

Wednesday, November 4, 2020

राजनीति कि लाजनीति ?

 व्यङ्ग्य कविता:

    

                 राजनीति -लाजनीति


पवित्र हृदय बाेकी सब त्याग गरि राजनीतिमा बडेका,

भाेका- नाङ्गा जनता सम्झेर भाेकै नाङ्गै लडेका, 

कति नेता- कार्यकर्ता सब लखेटिए, लाखापाखा लगाइए ।

अवसरवादी छिरे दलमा, सच्चा दिलकाहरु सब भगाइए ,

जनताका अाँखामा छारो हालेर स्वार्थीहरुका दुनाे साेझ्याइए ।


बकम्फुसेहरु नेता छन् सब दलमा,

क्षमतावान् दमित छन् सब तलतलमा ।

सबदलका सबथलका नेता बकम्फुसे भए त के भाे ?

क्षमतावान् सबजनलाई बकम्फुसेले ठगे त के भाे ? 

अाखिर सब सहन गर्न बाध्य छन्, कार्यकर्ता हरदलमा ।


क्षमताहिन बकम्फुसे हर काेहीलाई ताली ठाेक्न,

सकी-नसकी असक्षमताका बाबजुद भारी बाेक्न,

अाफ्ना कमिकमजोरीकाे सजाय अाफैं ताेक्न,

अाफ्नाजत्तिले भाेगे 'ठिकै हाे', 'उचित छ' भनी खाेक्न,

अरु दलकाहरुले खाए राेईकराई गरेर दिलाेज्यानले राेक्न ।


सत्ता हात परे जन सब बिर्सेर अाफु र अाफ्ना बन्ने-बनाउने,

सत्ता गुमे  'लाै सब बितिगाे' 'जनता जाग' भन्ने- भनाउने,

अान्दाेलन, त्याग र बलिदानी गर्न जनतालाई मनाउने,

मनमाैजी शासनकाे बागडोरमा नेता र अासेपासे रमाउने ।


यस्तै छ हामीले देखे-भाेगेकाे राजनीतिकाे चरित्र,

फेरिएन जुन तन्त्र ल्याए पनि याे लाजनीति विचित्र ।

फेरिएन जस्तै तन्त्र ल्याइए पनि याे लाजनीति विचित्र।।

                                       -सुनील पाैडेल

Tuesday, November 3, 2020

सिधा रुखलाई हुर्काउने र बाङ्गा रुखलाई ठुण्क्याउने बारे :

 सिधा रुखलाई हुर्काउने र बाङ्गा रुखलाई ठुण्क्याउने बारे : 

   नातावाद र कृपापादमा दिलचस्पी राख्ने अहमतावादीहरु नेता र अन्धभक्त तर सही- गलतकाे भेद खुट्याउन नसक्ने अवसरवादी पिछलग्गु भराैटेहरु  कार्यकर्ता अनि अनेक बिठ्याँइ, तिकडम र हाबीजाबी गरि खिचातानी र चलखेल गर्न जान्ने कुराैटेहरुकाे गुट र उपगुट रहुञ्जेल दलभित्र निकै चहलपहल देखिन्छ, झ्याउ र ऐँजेरु पलाएकाे बुढाे रुखजस्तै झाङ्गिएर हराभरा र ठूलो, बुझिनसक्नुकाे के-के हाे के- केजस्ताे 

    तर दलभने भित्र भित्रै कमजाेर बन्दै गइरहेकाे हुन्छ, धमिराले जरा र काण्डजति खाईसकेर चुराेमा धाेत्राे र माटाे बनेकाे खाेक्राे बुढाे रुखजस्तै ।

    त्यस्ताे रुख एकदिन यति नराम्रोसँग गर्ल्यामगुर्लुम्म ढल्छ नि, ईन्द्रेकाे बाउ चन्द्रेले पनि थेगिरहन सक्तैन । 

   जसरी एउटा रुखलाई जमिनमा दर्बिलाे पक्कड लिएका जराहरुले ठड्याउँछन् , बचाउँछन्, त्यसैगरी दललाई दर्शन र सिद्धान्त बुझेका र साेही अनुसार व्यबहार गर्ने निष्ठावान् कार्यकर्ताले जाेगाइरहने हाे । 

     हाँगाबिँगाहरुले झ्याउ र ऐँजेरुहरुसँग मात्रै दाेस्ती गरिरहे तर पात र जराहरुलाई बिर्से भने पातहरु झर्छन् र जराहरु मर्छन् ;  तब हाँगाबिँगा, झ्याउ र ऐँजेरुहरुसँगै ठूलाे भनाउँदाे धमिराले खाइसकेकाे कुहिएकाे रुख एकदिन बेकामे तवरमा गर्ल्याम गुर्लुम्मै ढल्छ । 

   हामीले दलरुपी रुखलाई ठुलाे र झाङ्गिएकाे मात्रै बनाएर पुग्दैन। त्यसलाई उचित काँटछाँट, छासछुस्  पनि गर्नसक्नुपर्छ । छाडाे महिनामा ओग परेकाे छ भने नङ्याउनुपर्छ , ओग हटाउनुपर्छ । गर्मी याममा शीतलता लिन झङ्याउन जान्नुपर्छ। रुख शीतलता र फलफुलले हराभरा छ छैन, काठ दाउरालाई काम लाग्ने उपयाेगी हाे हैन, बेला बेला विचार गरिरहनुपर्छ । माैका र अवस्थानुसार ढाल्नुपर्ने पनि हुन सक्छ। 

    बिना उपयाेगकाे रुखप्रतिकाे माया र माेहमा अडिएर रुखलाई अनुपयाेगी बनाएर  कुहिएर गर्लम्म ढलेकाे हेरिरहनु बेकार छ । 

   सबैले हेक्का राखाैं । - सुनील पाैडेल

     ( एक वर्ष अघिकाे आफ्नै पाेष्टबाट)

उहिलेका सच्चा कम्युनिष्ट, अहिलेका भ्रष्ट 'कमाऊ-निष्ट

 उहिलेका सच्चा कम्युनिष्ट, अहिलेका भ्रष्ट 'कमाऊ-निष्ट': 

    वर्तमान सरकारका मन्त्री कमरेडहरु कमरेड मनमाेहनकाे हवला दिँदै भन्नुहुन्छ, 'विभाजित दलकाे नेता हुनुभन्दा एकीकृत दलकाे कार्यकर्ता हुनु ठिक' ।  

    म जस्ताे  चानचुने मान्छे (जसले कमरेड मनमाेहनसँग जम्मा एक चाेटी पिताका साथमा कार्यकर्ता पंक्तिमा उभिएर हात मिलाउनु बाहेक प्रत्यक्ष संगत गरेकाे छैन) भन्दा पनि तपाईं मन्त्री कमरेडहरुले  मनमाेहन बुझ्नुभएन छ। 

   खासमा उहिले र अहिलेकाे समाज , राजनीति , दल , व्यवस्था र परपस्थिति फरक छ ।

   उहिलेका कम्युनिष्ट सच्चा कम्युनिष्ट थिए। सादा जीवन उच्च विचार उहिलेका कम्युनिष्टकाे आचरण थियाे । ती नाङ्गै भाेकै अन्याय र अत्याचारका विरुद्ध गर्जन्थे र न्यायपूर्ण सामाजिक व्यवस्थाका खातिरदारी गर्थे। पहिलेका कम्युनिष्ट सच्चा आदर्शवादी र प्रगतिशील चिन्तक थिए, जे बाेल्थे त्यही अनुरुप व्यवहारमा उतार्थे । 

    तपाईंहरु छातीमा हात राखेर आत्ममूल्याङ्कन गर्नुस् उहीलेका कम्युनिष्ट र अहिलेका कम्युनिष्ट भनाउँदा 'कमाऊ-निष्ट' हरुमा कति अन्तर छ ।  तपाईंहरु आफैं पनि कम्युनिष्ट निष्टामा कति च्युत भैसक्नु भएकाे छ ?  याद गर्नुहाेस् ।

    हरदम देश र जनताका हित चिताउने उहिलेका कम्युनिष्टहरु आफू नेता भैसक्दा पनि आफैंलाई कार्यकर्ता बनाउने दाैडमा हुनुहुन्थ्याे । अहिले तपाईंहरु नेता त कहलिनुहुन्छ तर नेतृत्व गुण तपाईंहरुसँग छैन।  

    तपाईंहरु आफैंले बुझ्न नसकेकाे कुरा के हाे भने नि तपाईँहरु अहिले आफुलाई नेता ठान्नुहुन्छ र पार्टीका विभिन्न तह र तप्कामा विविध जिम्मेवारीमा हुनुहाेला तर देश र जनताप्रति जिम्मेवार हुनुहुन्न। पार्टीमा अहिले तपाईंको हैसियत कुनै गुट र नेताप्रति बफादार हुनुहाेल तर जनताप्रति बफादारिता तपाईंमा रत्तिभर देखिँदैन । 

    तपाईं नेता भनाउँदाहरुकाे अहिलेकाे हैसियत उहिलेकाे एउटा साधारण सदस्यता लिएकाे कार्यकर्ताकाे जत्ति पनि छैन। 

     उहिलेकाे कम्युनिष्ट दलका संगठित कार्यकर्ता भन्दा अहिलेकाे  सरकारका मन्त्रीकाे इज्जत धेर‌ै न्यून छ । 

   पहिलेका कम्युनिष्ट कार्यकर्ता जनमनमा बेरिन्थे , अहिलेका नेता कार्यकर्ता जनताले मारिहाल्लान् कि भनेर प्रहरी सुरक्षामा घेरिन्छन्  । 

    यदि कमरेड मनमाेहन अहिले हुनुहुन्थ्याे भने अहिलेका 'कमाऊ - निष्ट'हरुकाे एकताकाे सबैभन्दा घाेर विराेधी कमरेड मनमाेहन नै हुनुहुनेथ्याे । 

   तपाईं साशक कमरेडहरु र म साशितले चिन्ने कमरेड मनमाेहनमा यत्ति फरक छ। 

                           - सुनील पाैडेल

Monday, November 2, 2020

आफ्नाे विचार आफैं गराैं, देश बचाउन लागि पराैं:

 आफ्नाे विचार आफैं गराैं

देश बचाउन लागि पराैं: 

 

माकुने जेएन बामे-सारेर

शिक्षा मन्त्री घसारेर

दिनभर र रातैभरि

केपीलाई विवश पारि


पाठ्यपुस्तकमा नक्शा राेके

भारतीय स्वार्थ बाेके

माेदीलाई  बिन्ती बिसाइ

गुप्तचरका प्रमुख झिकाइ


केपी सरकार ढाल्नै पर्ने 

आफू प्रम बन्नै पर्ने 

छल छविकाे बडाे थियाे

केपी अडानले कडाे दियाे


कडाे झड्काकाे झाेकले 

सत्ता प्राप्तिकाे भाेकले 

दुई छाेरीलाई दिल्ली पठाइ

चाँजाे पाँजाे बुझ्न लगाइ


ओली ढाल्न भारतलाई 

गाह्राे हुने पारित गराइ

दल फुटाउने दाउ गरि

माेदी सन्देश शिरमा धरि


दाेष लगाउने ओलीलाई 

छविलालकाे बाेलीलाई 

छल नभने के पाे ठान्ने

यिनलाई अब कसले मान्ने


पहिले महानायक ठानिएका

अहिले खलपात्र जानिएका

साेझा सिधा नेपालीलाई 

मधेसी, पहाडी, हिमालीलाई


ढाली सबलाई लडाएर

जातभात आपसमा भिडाएर

शक्तिशाली बनेकै हुन् 

सर्वसत्ता भनेकै हुन् 


जनताले के पाए खै

भाेकाहरुले के खाए खै 

नाङ्गाले पाे के लाए खै

राेगी उपचारलाई कहाँ धाए खै


कहिल्यै न यिनलाई चासाे भाे 

सम्पत्ति र सत्ताशक्ति नै खाँचाे भाे

यस्तालाई नेता मानिरहनु भन्दा

केही गर्लान् कि भन्ने ठानिरहनु भन्दा


अब आशा मार्दा हुन्छ

अब यिनले हार्दा हुन्छ 

कुकुरलाई घ्यु पच्दैन

मुर्खलाई सल्लाह रुच्दैन


राम चिनेर हनुमान बनाैं

हरामीलाई जयजय नभनाैं

आफ्नाे विचार आफैं गराैं

देश बचाउन लागि पराैं ।।

   

 अहिलेलाई पिछलग्गु अन्धभक्तहरुका लागि यत्ति सुझाव ।  

                               - सुनील पाैडेल

Sunday, November 1, 2020

कम्युनिष्ट एकताका विपक्षमा

 कम्युनिष्ट एकताकाे विपक्षमा: 


दुई ठूला कम्युनिष्ट पार्टी मिले, जनमन लाेभ्याउने घाेषणापत्र तयार पारे , चुनाव जिते । 

झण्डै दुई तिहाइ बहुमत ल्याए, सरकार बनाए । 

जनताका मनमा के के न नाप्लान् भन्ने थ्याे ।

अहिले तिनै जनता 'सिन्काे भाँचिएन' भन्न थालेका छन् ।

  वास्तवमा नेकपा एकता दरिलो पृष्ठभूमि बिना भएकाे हाे। शक्तिमान प्रधानमन्त्री बन्ने कमरेड ओलीकाे र पतनपथमा गएकाे दलीय छवि फर्काउने छविलालकाे अनि सत्ता प्राप्ति पछि डाडु- पन्यु समाउन पाइएला भन्ठान्नेहरुकाे स्वार्थपूर्तिका लागि झट्पट्मा एकता भएकाे हाे । जिउ अलग भएर टाउकाे जाेडिएका जुम्ल्याहाजस्ताे नेकपा वास्तविक रुपमा अहिले सम्म आफैं भित्र पक्ष- विपक्षमै छ ।

    जनताले 'आहा कम्युनिष्टहरु मिलेर यस्ताे राम्राे गरे' भन्ने अवस्था रहँदा पाे एकता जसरी पनि टिक्नुपर्थ्याे ; तर यहाँ अवस्था ठिक उल्टाे छ । 'एमाले र माओवादीले मिलेर खाए', 'राज्यकोष दुरुपयाेग गरे', राजनीतिक भागबन्डा मात्रै गरे', 'देशै खाेक्राे तुल्याए' भन्ने आम सन्देश जनमानसमा परिसकेकाे अवस्था छ । 

    साँच्चै जिब्राे नचपाइ भनाैं भने एकताले माओवादीलाई फाइदै भाे तर एमालेले धेरै घाटा बेहाेर्नुपरेकाे छ । 

   बिसाैं वर्षकाे संघर्षकाे विलय गरायाे भन्नेहरु माओवादीलाई पनि सराप्लान् , तर अनियमितता तर अन्तरसंघर्ष र फुटले माओेवादी धेरै कमजोर बनिसकेकाे अवस्था थियाे । एमाले भने दर्बिलै अवस्थामा थियाे पछिल्लो चुनाव ताका । माओेवादीसँग बराबरी कै हैसियतमा मिसिनुकाे कुनै तुक थिएन। कम्युनिष्ट एकताले कांग्रेस कमजाेर बनाइ नेकपाले राम्रै बहुमत पुर्‍याउन सक्याे र सत्ता प्राप्त त गर्याे । सिमित अवसरवादी दलीय नेता र  पिछलग्गु कार्यकर्तालाई त  फाइदै भाे तर देशले आशा गरे अनुरुप केही काम हुन सकेन । प्रमुख प्रतिपक्षी कमजाेर रहिदिँदा एकताले सत्तालाई  झन् आफुखुसी गर्न छुट दियाे तर त्याे छुटकाे गलत फाइदा उठाइयाे । 

    'छविलालकाे छलमा पर्दा अहिले दु:ख पायाँ' भनेर गीत नगाइ माकुने र जेएन बामे कमरेडहरु चेतलान् जस्ताे छैन । 

   केपी कमरेडमा स्व- अभिमान आवश्यकता भन्दा बढ्ता देखिन्छ । सबैजना टाउके र जिउका  नेताहरु साइजमा आउन वास्तवमा आ-आफ्ना क्षमता छुट्टाछुट्टै देखिनुपर्छ । 

    यसर्थ नेकपा फुट्नुमा कल्याण देख्छु म।

मह काट्न, हात चाट्न र मह खानेका थुकका छिटा चाख्न पाएका मलद्वारलाई हरिद्वार देख्ने अन्धभक्तहरुलाई मेराे कुरा नपच्ला तर ती बाहेक सबकाे साेच यही छ जस्ताे लाग्छ अहिले । 

     मनका बह पाेखें । अहिलेलाई नमस्ते । शुभरात्री । 

                                 - सुनील पाैडेल

Tuesday, August 4, 2020

एक अयाेग्य लडाकुकाे गुनासाे

तिमीले
गोडा फाट् भन्यौ, मैले गोडा फाटेँ
सतर्क भन्यौ, म सतर्क बनेँ
अगाडि बढ् भन्यौ ,म अगाडि बढेँ
पछाडि हट् भन्यौ, म पछाडि हटेँ
सर्टिफिकेट फाल् भन्यौ मैले फालेँ
दस्ताबेज पढ् भन्यौ, मैले पढेँ
इतिहास पढ् भन्यौ, मैले पढेँ
समाज पढ् भन्यौ, मैले पढेँ
अरु कति कुराहरू तिमीले नभन्दा पनि पढेँ
......
तिमीले बन्दुक बोक् भन्यौ, मैले बोकेँ
कैयौं कुइन्टल भारी पनि बोकेँ
सहयोद्धाका अमर शरीर बोकेँ
घाइते शरीर बोकेँ
रक्तिम सन्देश बोकेँ
बोक्न त आजादहरुका प्यार पनि बोकेँ
जल्लादहरुका काला कर्तुत पनि बोकेँ
......
घर भनिएन
सम्पत्ति भनिएन
बाआमा भनिएन
प्रियसी भनिएन
पढाइ भनिएन
केवल भनियो त परिवर्तन
हिँडियो त मृत्युलाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको जिल्ला
बनाइयो आफ्नै लाल किल्ला
जलाइयो बुर्जुवा किताबका पाना-पाना
बनाइयो सामन्तीलाई निशाना
.......
तिमीसँग आदेश दिन सक्ने क्षमता थियो
मसँग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो
......
मैले आदेश पालना गरेकै हुँ
आफ्नो कर्तव्य निभाएकै हुँ
भोक भोकै लडेकै हुँ
.......
त्यति बेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमूल्य थियो
किनकी म भाँचिएको हात लिएर
बन्दुक चलाउन सक्थेँ
खुट्टामा गोलीका डल्ला बोकेर
अहोरात्र लड्न सक्थेँ
.......
तिमीले बन्दुक रोक् भन्ने बेलासम्म पनि
म तिम्रो लागि प्रिय नै थिएँ
किनकी म तिम्रा लागि सुरक्षा दिन सक्थेँ
तिमीलाई हरक्षण पहरा दिन सक्थेँ
......
तर जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौ
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो
.....
जब मूल्य तोकियो
म जस्तै हजारौंलाई हाट बजारमा राखियो
तिमीले पठाएका
कैयौं ग्राहकहरु आए
अङ्ग अङ्ग जाचे
........
खुट्टामा गोली बोकेको म
भाँच्चिएको हात बोकेको म
अयोग्य बनेँ
.....
कमरेड !
कुनै बेला त्यही भाँच्चिएको मेरो
हात तिम्रा लागि प्यारो थियो होइन ?
गोली लागेको मेरो खुट्टा
तिम्रा लागि तन्दुरुस्त थिए होइन ?
म अमुल्य थिएँ होइन ?
म योग्य नै थिएँ होइन ?
तर म आज कसरी अयोग्य भएँ ?
.......
तिमीले भनेको मोर्चा सम्हालेकै हुँ
दुश्मनको किल्ला तोडेकै हुँ
तिमीलाइ गुन्द्रीबाट रातो कार्पेटसम्म पुर्‍याएकै हुँ
के त्यहाँ पुर्‍याउनु मेरो गल्ती थियो ?
मेरो अयोग्यताको कारण तिमी त्यहाँ पुगेका हौ ?
........
तिमीले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ
तर मेरो चोटग्रस्त शरीर नापियो
मेरो शरीरको उचाइ नापियो
तौल नापियो
तर
खै त तिम्रो उचाइ नापिएको ?
खै त तिम्रो तौल नापिएको ?
खै त तिम्रो योग्यता नापिएको ?
........
केही पनि मापन गर्नै नपर्ने तिमी
योग्य
तिमीलाई नै योग्य बनाउन शरीरमा गोली बोक्ने
म कसरी अगोग्य भएँ ?

 केही वर्षअघि अज्ञात स्राेतबाट साभार, अहिले केही सामान्य सम्पादनसहित 'रिपाेष्ट' गरिएकाे हाे।   
              - सुनील पाैडेल

तुलनामा विवाहित आइमाई

तुलनामा विवाहित आइमाई

वदनभरि साेह्र श्रृङ्गार
हँसिलो अनुहार
तीज
उदास मलिन मुहार
श्वेत पहिरन
बिधवा

मस्त पहलमान मर्द
काेख-काखभर सन्तान
माया
लाेग्ने टाेकेकाे आराेप
बाँझै काेख
टाेकसाे

पाेषिला स्वादिष्ट भाेजन
धनवान् माइती
चाह
घरगाउँ छरछिमेककाे हेलाँ
निर्जन माइतीघर
भाेक
    क्रमशः
 - सुनील पाैडेल

जात र जनैबारे

 
   जातले ज्ञान प्राप्तिलाई छेक्दैन । अहिले कानुनतः बर्जित भएपनि समाजमा केही हदसम्म कायमै रहेकाे जातीय विभेदकाे व्यवस्थाले (शास्त्रीय) ज्ञान प्राप्तिकाे अवसरमा केही तलमाथि भने परेकाे छ।
   जातले ठूला काेही हुँदैनन् । अहिले ज्ञान हासिल गर्न जातले छेकेकाे छैन । जाे काेहीले ज्ञान आर्जन गरेर ज्ञानी बन्न पाउँछ।ज्ञानले ब्रम्हज्ञानकाे बाटाे देखाउँछ। यसर्थ अहिले सबैलाई ब्रम्हज्ञानी बन्ने छुट छ। 
  ब्रम्हज्ञान हुने सबेैले जनै लगाउँन पाउने व्यवस्था शास्त्रले गरेकाे छ । तर जनै धारण गर्ने ब्रम्हज्ञानीले लैंगिक र जातीय भेदभाव जस्ताे घृणित कर्म गर्दैनन् , सहँदैनन्; गर्नुहुँदैन, सहन पनि हुँदैन । 
   जनै धरेर जातीय र लैंगिक विभेद गर्नुहुँदैन भन्नेहरु ब्रम्हज्ञानी हुन् भने जनै धरेर पनि त्यस्ता भेदभावलाई प्रश्रय दिनेहरु मुर्ख मनुवा हुन्। लिङ्ग र जातकै आधारमा काेही जनै धारीले आफूलाई उच्च र अरुलाई नीच या तुच्छ ठान्छ भने ऊ ब्रम्हज्ञानी हाेइन र उसलाई जनै लाउने अधिकार पनि छैन। 
  जनै लाउनेलाई गाली गर्नु भनेकाे चाहिँ महा-मुर्खता हाे किनकि त्याे धागाे शुद्धता , पवित्रता र ज्ञानकाे डाेराे हाे भनिन्छ। जाे ज्ञानले निपुण छ, जसले आफ्नाे शरीरलाई शुद्ध र मनलाई पवित्र राख्न सक्छ, त्यस्ता जाे काेहीले पनि जनै धारण गर्न सक्तछन् । तर जाे अज्ञानी छ, अशुद्ध शरीर बाेक्छ र मनमा अपवित्र विचार पाल्छ उसले जनै लगाइ टाेपले पनि त्याे भने ढाेंग हाे । त्यस्ता व्यक्ति कथित 'उपल्लाे जात'का भनिए पनि ती जनैजस्ताे पवित्र धागाे लगाउन लायकका हुँदैनन्। 
   आफू पनि जनै लाउन याेग्य बन्नुका सट्टा जनैजस्ताे अनुशासनकाे डाेराेलाई गाली गरेर अनुशासनहिनता, अशुद्धता र अपवित्रतालाई प्रश्रय दिने र आत्मसात गर्न खाेज्नेहरु मध्ये कथित 'जनै लाउने जात' नै देख्दा भने मलाई ज्यादा अचम्म लाग्छ र मेराे ब्रम्हाण्डी तात्छ । 
   फरि यसाे भनिरहँदा जनै नलाउनेहरु चाहिँ सबै अशुद्ध तन र अपवित्र मन भएका अज्ञानी हुन्छन् भनेर मैले भन्न खाेजेकाे बिल्कुलै हाेइन नि ! जसले जनै धारण गर्नेहरु सबैलाई विभेदका पक्षधर देख्छन् र गाली दिन्छन्, ती सब आफैं बरु विभेदका पक्षपाती हुन् ।
     हाम्राे हिन्दु धर्म, धर्मशास्त्र र धार्मिक परम्परा र चालचलनकाे गलत व्याख्या भएकाे छ। हिन्दु धार्मिक संस्कारमा जातीय र लैंगिक विभेदपूर्ण कथन र परम्परा पहिले थिएन। धर्म र धर्मशास्त्रकाे व्याख्या गर्नेक्रममा अल्पज्ञानी,  स्वार्थी र दिग्भ्रमित कथित पण्डित र पुराेहित भनिने केही सिमित मुर्खहरुकाे अपव्याख्या र अरु महामुर्खहरुकाे धर्मभिरु साेचले यस्ताे विभेदकाे सुरुवात भएकाे हाे ।
    शास्त्रकाे पूर्ण ज्ञान नै नभइ वा बुझ पचाएर आफ्ना स्वार्थसिद्धि खाेज्न शास्त्रार्थ लगाइ टाेपल्नेहरुले हिन्दु धर्ममा लैंगिक र जातीय लगायत विभेदका परम्परागत साेचकाे विकास गराएका हुन् । नत्र मानिस मात्रै नभएर सम्पू्र्ण प्राणी अनि आकाश, वायु, जल, अग्नि, भूमि, अन्नपात, बाेट बिरुवा सबलाई सम्मान दिने हिन्दु धर्ममा जातीय विभेद कसरी घुस्न सक्छ ? 
     जनै 'जात' हुनेले लाउने हाेइन मुर्ख हाे । जनै त ज्ञान, त्याग, निष्ठा, भक्ति, शुद्धता, पवित्रता र अनुशासन हुनेले लाउने हाे ।
    यसर्थ जनैकाे उपहास गर्ने हाेइन । जनै र यसकाे परम्पराकाे अध्ययन , अनुसन्धान र अनुकरण गर्ने हाे । 
    जातीय विभेदकाे कारक जनै हाेइन , साेच हाे । बुझाैं । 
     
                        - सुनील पाैडेल

Tuesday, July 28, 2020

लाल क्रान्तिकारी भर्सस दलाल पुुँजीपति


लाल क्रान्तिकारी दलाल बनेछन् 

सेल्टर लिएका गरीबका झुप्रा, छाप्रा घरलाई
अहिले तिमी गाेठ भन्न अफ्ट्यारो मान्दैनाै
आफू बाँच्न ढाल बनाएर अघि सारेका मनुवाहरु
अहिले तिमीलाई पशुजस्ता पाे लाग्न थालेछन् 
अहाे ! कमरेड तिमी त अति धेरै बदलिएछाै
तिमीलाई सत्तामा पुर्‍याउन मरेकाहरुलाई
पहिले तिमीहरु अमर सहिद भयाै भन्थ्याै
अहिले त तिमी तिनीहरुलाई के पाे गन्थ्याै
भड्किएका हजाराैं मृतकका आत्माहरु
मुक्तिकाे खाेजीमा अझै छट्पटाएर बसेका छन् 
तर तिमीलाई ती अात्माहरुकाे रत्तिभर पीर छैन 

पहिले बुलन्द लाग्ने जनताका अावाजहरु 
अहिले तिमीलाई कर्कश ध्वनि लाग्न थालेछ
तिम्राे मन यति सम्म निष्ठुरी रहेछ नि कमरेड
प्राय: सारा नेपाली जनले तिमीलाई साथ दिए
तिमीलाई मर्नबाट बचाउन अामाहरुले गाथ दिए
तिमीले बाँडेका झुटा सपनालाई सच्चा ठानी
पूरा हाेलान् भन्ने अभिलाषा बाेकेकाले साथ दिए
साेझा सिधा जन मनहरुले तिमीलाई नाथ ठाने 
तिमीलाई ती काेटी काेटी जनले फूलले पूजा गरे
तर तिमीले सारा नेपालप्रति विश्वास घात गर्याै
वीर भनेर उचाली नेपालीलाई छातीमा लात भर्याै

तिमीले देश र देशबासीलाई यति घात गर्याै नि 
बलि वेदीमा साेझा सिधा जनतालाई हाेम्याै 
अाफू शक्तिशाली बन्याै र उही शक्तिका अाडमा
तिमीले अाफू , छाेराछाेरी र इष्टमित्र मात्रै छान्याै 
पद, सुविधा लियाै, दिलायाै र हेर्दाहेर्दै बदलियाै
हामीले देख्दा देख्दै तिमी सर्वहाराबाट उक्लियाै  
बन्याै सर्वशक्तिमान अनि बन्याै सर्वसत्तावादी 
ललाइफकाइ , भुलाइथर्काइ , रहर या बाध्यताले
जन साथ लियाै, जनतालाई दिनुसम्म दुख दियाै
मार्याै, मरायाै, अङ्गभङ्ग घाइते र बेपत्ता बनायाै
सहाराविहिन अपाङ्ग , टुहुरा , विधवा कति कति
जनतालाई भर्याङ बनाइ शासनसत्तामा उक्लियाै
र बिर्सियाै सारा जनतालाई अनि सम्झियाै केबल
अाफू, अाफ्ना छाेराछाेरी, अाफन्त इष्टमित्र मात्रै
जनता त तिम्रा काेही न काेही युज एण्ड थ्राे बने
दलित तिम्रा काे पाे हुन् र डिस्पाेजेबल जाे परे
जनजाति तिम्रा लागि लडे, मरे, वेस्टपेपर ठहरिए
गरीब र गरीबी तिम्रा निम्ति घृणित घृणा कहलिए
किनकि तिमी सर्वहारा थियाै , संभ्रान्त पाे बन्याै
लाल क्रान्तिकारी थियाै , दलाल पुँजीवादी बन्याै 

कुट्याै जनता ,लुट्याै अरुकाे , जुटायाै अाफूलाई
अर्वाै अर्व लुकायाै सम्पत्ति सन्तान दरसन्तानलाई
भाेका भाेकै रहे, नाङ्गा नाङ्गै रहे, धन हुनेले गुमाए 
तिमी बरु दिन दुगुना रात चाैगुना भने झैं माैलायाै
पहिले गरीबसँग अाश्रय लिएर सिस्नु खाेले खायाै
अब त धनाड्य तिम्रा साथी तिमी अाफैं धनाड्य
माफियाका घरमा मार्सी चामलका भात खान्छाै
अालिसान महलमा बस्छाै, चिल्ला गाडी चड्छाै
कराेडाैंकाे खाटमा नसुति तिमीलाई निद्रा लाग्दैन
लाखाैं मुल्यका बाेतल नलडाइ तिमी रम्न छाेड्याै

धन्य तिमी कमरेड गरीबका रगत पसिना बेचेर
तिमी त निक्कै धनी बन्याै शक्तिशाली बन्याै
अब तिमीले देश भन्न छाेड्याै जनता गन्न छाेड्याै
सत्तामा रहिरहन नपाए अात्तिन्छाै , बहुलाउँछाै
चिच्याउँछाै, रन्कन्छाै, फन्कन्छाै, हार गुहार गर्छाै
पहिले अाफैं विदेशी दलालले देश डुबाए भन्थ्याै
अहिले अाफैं ती दलालसँग अनुनय विनय गर्छाै 
सत्ता खाेसिदेऊ र त्याे मलाई सुम्पिदेऊ भन्छाै 
पहिले अरुलाई कठपुतली भन्थ्याै अहिले अाफैं 
विदेशीकाे इशारामा नाच्छाै अनि कम्मर भाँच्छाै

हाे, कमरेड त्याे लाल क्रान्तिकारी दलाल नै बन्याे    
      - सुनील पाैडेल

Friday, July 17, 2020

नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ

आज मलाई एउटा कुरा बिन्ती गर्न देऊ 
 कस्तुरीलाई हिमालकाे शीरमा चर्न देऊ 
डाँफेलाई पहाडकाे भीरमा सर्न देऊ
गैंडालाई तराईको तिरमा झर्न देऊ 
मैं भिडाैंला देशमाथिकाे संकट टर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

पूर्खाले जाेगाएकाे मान गाैरव टिक्नुपर्छ 
धावा बाेल्ने विरुद्ध सक्दाे आँट झिक्नुपर्छ 
नेपाली सब एक भइ डटी लड्नुपर्छ 
वैरीजत्था परास्त गर्दै अघि बढ्नुपर्छ 
शत्रुजनलाई गलाउनु छ लागिपर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

काँतर कहलिइ बाँच्नुभन्दा राेज्छु बरु मरण 
भाेकै नाङ्गै लडि मर्छु केलाई पर्थें शरण 
 नेपालकाे सिमा मिच्ने वैरी छानीछानी 
जमिनमुनि भसाउनु छ शीरमा लात हानि 
सकल वैरीका शिर ताकि लात भर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

 ताराे ताक्छ नेपाल आमाप्रति काेही भने 
उम्लन्छ रगत शरीरभरि कसरी सहने 
छाती चिरी वैरीजनका रगत पिउन देऊ 
वीर बनि देशवासीका मनमा जिउन देऊ 
निमिट्यान्न बनाइ शत्रु संहार गर्न देऊ 
नेपालीलाई नेपालकाे निम्ति मर्न देऊ 

 -सुनील पाैडेल रचना मिति: २०७७-१-३१

Saturday, July 11, 2020

अहिलेकाेे सरकारी कष्ट

सरकारकाे धुरन्धर विराेध र गालीगलाैज
भारतीय दुतावासकाे ईण्डिया हाउसमा रात्रीभाेज
डिस भरी चाैरासी व्यञ्जन, टन्न मेवा मिष्ठान्न, दारु र गुलियाे
'ठुला हुँ' भन्ने ठालु मिडियाका टाउके लाउकेहरुकाे मन भुलियाे

पार्टीका सहकर्मी र सहकार्यकर्ता
सरकारका सहयात्री र बिघ्नहर्ता
भारतीय निकायकासँग गाेप्य वार्ता
भित्रभित्रै सरकार विरुद्ध निन्दा र चियाेचर्चा

मीत ज्यु दुष्ट
न त तन दुरुस्त
खबर छैन पुष्ट 
अाफन्त रुष्ट
अनि पाे अाइपर्या कष्ट
    हुन त सरकारले जनअपेक्षा र अाशानुरुप काम गर्न सकिरहेकाे छैन, सत्य हाे । मिडियाले प्राय प्रतिपक्षी भुमिका निर्वाह गर्नेगर्छ, त्याे पनि सत्य हाे । 
   लाजिम्पाटकाे हण्डी हसुर्नेहरुमध्ये धेरैले उताकाे गुणगान डकार्न थालेकाे देखिएकाे छ। 
   बाेर्डरवारीकाे सरकारकाे धज्जी उडाएपछि बाेर्डरपारीकाे सरकार खुसी हुन्छ भनेर सरदारले पढाएकाे पाठ मिडिया टाउकेहरुले राम्राेसँग बुझेकाे देखिँदैछ।
  अान्तरिक राजनीति अस्थिर बन्ने खतरा ब्यापक छ, हाेस गराैं।
                    Sunil Paudel

Friday, July 3, 2020

नेकपा शिर्षस्थ नेताहरूलाई मेराे भन्नुु:

ओली कमरेडले स्वेच्छाचारी प्रवृत्ति त्यागेर आफ्ना सहयाेद्धा, सहयात्री र शुभेच्छुकहरुकाे कुरा सुन्नुपर्छ। किचेन क्याबिनेट तुरुन्तै भङ्ग गर्नुपर्छ। मैं हुँ भन्ने घमण्ड त्यागेर सहकर्मीका सल्लाहमा जनभावनाकाे उच्च कदर गर्दै अघि बढ्नुपर्छ।मरेर लानु केही छैन , सुखी नेपाल र समृद्ध नेपालीकाे नारालाई साँच्चिकै व्यवहारिक रुपमा चरितार्थ गराउन हरेक किसिमका त्याग गर्छु , आसेपासेकाे संकुचित घेराबाट माथि उठ्छु र समग्र नेपालकाे राजनेता बन्ने किसिमकाे काम गर्छु भन्ने बाटाेमा लम्कनुपर्छ।
   पुकदा 'प्रचण्ड' कमरेडले कपटपूर्ण दाउपेच छाेड्नुपर्छ । आफैं सदैब सत्ता शक्तिको केन्द्रमा रहनैपर्छ र राजनीतिक चलखेलमा  हावी हुनैपर्छ भन्ने दम्भ त्याग्नुपर्छ । भारतीय चासाे  सम्बाेधन गरेर शक्तिमा टिक्नमा भन्दा नेपालकाे राष्ट्रिय स्वार्थ पूरा गर्दा आफू शक्तिमा टिकिरहन सकिएनछ भने पनि नसकियाेस् भन्ने भावना राख्नुपर्छ । सत्ता शक्तिमा रहिएनछ नै भने पनि राष्ट्रिय हितका खातिर व्यक्तिगत, पारिवारिक र दलीय गुटगत स्वार्थ त्याग गर्दा जनमनमा उच्च आदरसाथ रहन सकिन्छ भन्ने सम्झनुपर्छ। सशस्त्र द्वन्द्वकाल र त्यसपश्चात देश र जनतालाई कस्ता सपना बाँडियाे तर कस्ताे किसिमले अघि बढियाे भन्ने हेक्का राखेर अब सुध्रिनुपर्छ ।
    माकुने र जेएन कमरेडहरुले शक्तिसंघर्षका नाउँमा ओली कमरेडमाथि बदलाभाव साँध्न छाेड्नुपर्छ। आफू शक्तिमा टिकिरहनका लागि ओली कमरेडकाे खुट्टा तान्नैपर्छ र यसका लागि प्रचण्डकाे कपटी दाउपेचलाई साथ दिनु परे पनि दिन्छु भन्ने खालकाे केटाकेटीपन चटक्कै छाेड्नुपर्छ । आफुहरु दल प्रमुख र सरकार प्रमुखका रुपमा परिक्षण भएर खासै उम्दा काम केही गर्न नसकेकाे कुरा स्वीकार गर्दै कम्तिमा प्रचण्ड स्वार्थबाट दल र देशलाई बचाउन अनि बाह्य हस्तक्षेप निरुत्साहित गर्न पनि वर्तमान सरकार टिक्नुपर्छ भन्ने बुझाइ राख्नुपर्छ र साेही अनुसार व्यवहार गर्नुपर्छ। 
   साँढेकाे फल झर्ला र खाउँला भनेर कुकुर बिराला पछि पछि लागेजस्ताे गरि सत्ता शक्तिकाे लाेभमा राल काडेर कहिले कसकाे कहिले कसकाे पछि लाग्ने सत्तालाेलुप अन्य नेता कमरेडहरुले पनि निजी स्वार्थ त्याग्नुपर्छ । देश र जनताकाे हितका खातिर लागिपरिरहे एक दिन हाम्राे पालाे आउँछ तर छिट्टै हतारिएर नेता विशेषका पछि लाग्दा राष्ट्रिय हितकाे स्वार्थ खतरामा पर्नसक्छ भन्ने हेक्का राखेर अघि बढ्नुपर्छ । 
     अहिलेलाई यत्ति। बाँकी आफैं बुझ्नु।   - सुनील पाैडेल

Wednesday, July 1, 2020

नेकपा स्थायी कमिटीमा ओलीकाेे राजिनामा मागिएकाे बारे।

अवश्य हाे, ओली कमरेड अलि बढ्ता घमण्डी र जिद्दी  हुनुहुन्छ । अरुकाे कुरा कम र आफ्नाे मनकाे कुरा बढी सुन्नुहुन्छ । आत्मरतिमा रम्नुहुन्छ । मनकाे लहडका भरमा सिरियस कुरामा पनि मजाक गर्नुहुन्छ। आफ्नाे सुरमा निर्णय लिनुहुन्छ । प्रधानमन्त्रीजस्ताे जिम्मेवार व्यक्तिमा याे खालकाे चरित्र सुहाउँदैन ।
     याे पनि हाे, ओली कमरेड सिमित घेराबन्दीमा रहनुहुन्छ।
 उहाँका आसेपासे केही खराब पनि छन् । तिनै सिमित संख्याकाे राय र सल्लाहमा चल्नुहुन्छ। अझ भनाैं उहाँ आफ्नाे मर्जीमा चल्न खाेज्नुहुन्छ । सामुहिक नेतृत्व प्रणालीमा यी र यस्ता प्रवृत्ति सजिलै पचाउन मुस्किल पर्छ ।
    अझ याे पनि हाे, ओलीमा शक्तिकाे धेरथाेर दम्भ छ। उहाँका पालामा भारतसँग नेपालकाे ठुला साना विवाद भएकै छन् । तुलनात्मक रुपमा सानाे र कम शक्तिशाली देशकाे प्रमुख भएर पनि ठुला र बढी शक्तिशाली देशसँग वैचारिक मुकाबिला गर्ने 'दुस्साहस' गर्नुहुन्छ ।
     हामीले याे पनि स्विकार्नु पर्छ कि ओली कमरेडले हामीलाई 'समृद्ध नेपाल सुखी नेपाली'काे सपना देखाउनु भाे तर त्याे पूरा हुने लक्षण देखिएन । उहाँले 'भ्रष्टाचारलाई शून्य सहनशीलता' भन्नु भाे तर त्यसाे भन्दाभन्दै  उहाँका विश्वासपात्रहरु केहीले भ्रष्टाचार गर्न खाेजेकाे र गरेकाे समाचार बाहिर आए।
      स्थानीय , प्रदेश र संघका सरकारहरुमा उहाँकै पार्टीका नेता कार्यकर्ताहरकाे वर्चस्व भएका बेला नहुनुपर्ने भष्टाचार बढी भएकाे र हुनुपर्ने विकास निर्माण चाहिँ कम भएकाे महशुस जनताले गरे।
    तर, यति हुँदाहुँदै पनि पहिले नै भए गरेका  ठुला ठुला भ्रष्टाचार र अनियमितताका घटनाहरु वर्तमान ओली कालमा सार्वजनिक भए र अनुसन्धान एवम् कारबाहीका प्रकृयाकाे थालनी भयाे । केही जाेगिए पनि हाेलान् तर तिनकाे पनि कुनै दिन हातमा हतकडी अवश्य लाग्ने छ।
    भारतकाे मिचाहा प्रवृतिलाई 'जाेडका झड्का' लगाउने काम ओली कालमा भएकाे एउटा उपलब्धिपूर्ण काम हाे। हामीले भारतद्वारा मिचिएकाे भूभाग सजिलै फिर्ता ल्याउन पक्कै नसकुँला तर अरु जमिन मिच्न भारत पक्कै पनि हच्किने छ अब उपरान्त। अघिल्लो कार्यकालमा त झन् ओलीले भारतीय नाकाबन्दीकाे डटेर सामना गर्दै आफ्नाे राष्ट्रवादी छविले धेरैलाई कायल पारेकै हुन्।
    निक्कै नै कमजाेर भएर पतनकाे बाटाेतर्फ माेडिइसकेकाे माओवादीलाई राम्राे हैसियतमा पुर्‍याउने काम कमरेड ओलीले गरेकै हुन् । भलै त्यसमा ओली स्वयंलाई केही व्यक्तिगत लाभ पनि भयाे । उनी झण्डै दुईतिहाइ बहुमतबाट शक्तिशाली प्रधानमन्त्री बने तर त्यसभन्दा बढ्ता फाइदा र हैसियत भन्दा बढ्ता शक्ति पुष्पकमल दाहाल र उनकाे दलले पायाे ।
    पुकदा  'प्रचण्ड' र माओवादी साथ प्रकारान्तमा नेकपा बनेकाे एमालेकाे नेतृत्व लिएर ओली कमरेड सरकार प्रमुख बने पछि नेपालमा केही हदसम्म राजनीतिक स्थिरता कायम भयाे । आन्तरिक खिचातानी कायमै रहेपनि देशमा हुने बाह्य हस्तक्षेपहरु निकै न्यून रहे या ओलीले त्यस्ता बाह्य हस्तक्षेपहरुलाई निश्तेज पार्ने काेशिस गरिरहे।
    ओली सर्वाेच्च  नेतृत्वमा आउनुअघि मदन भण्डारी कमरेडकाे अवसान र २०५१ काे नाै महिने सरकार ढले पछिकाे स्थितिमा नेकपा एमालेकाे हालत कुन अवस्थाबाट गुज्रिएको हाे, हामी सबैलाई थाहा छ। एमालेलाई पुन: शक्तिशाली तुल्याउन ओलीकाे लगनशीलतालाई कमजाेर आँक्नु हाम्राे भुल हुनेछ । माओवादी एमालेमा नमिसिँदा पनि एमालेलाई गत आम निर्वाचनमा  सबैभन्दा ठुलो दल बन्नबाट कसैले राेक्नसक्ने स्थिति थिएन। त्यस्तै परे बहुमतसम्म प्राप्त हुन सक्थ्याे एमालेलाई । यसमा मुख्य याेगदान ओलीकै हाे भन्न कसैले संकाेच मान्नुपर्दैन।
     अहिले स्थायी समितिकाे बैठकमा ओली विरुद्ध खनिनु अघि नेकपाका नेताहरुले विगत र वर्तमानकाे मुल्यांकन पटक्कै गर्न सकेनछन् । उनीहरुले आफूहरु कुन हैसियतमा थियाैं र छाैं भन्ने मनन समेत गर्न चाहेनन् ।
     ओलीलाई कमजाेर बनाए पश्चात् मात्रै आफु शक्तिशाली बन्न सकिन्छ भन्ने एकाेहाेराे दाउपेचमा स्थायी कमिटीका कमरेडहरुकाे ध्यान गयाे । एमालेका नेताहरुले प्रचण्डकाे दाउपेचलाई नजरअन्दाज गरे वा आफ्नाे स्वार्थसिद्ध गराउन सघाए आफ्नै ठाउँमा छ, तर जे गरे बेठिक गरे ।
    अहिलेकाे परिस्थितिमा नेपालकाे राजनीतिक खिचातानीबाट बेहद खुसी काेही छ भने त्याे भारत हाे। भारत या त ओलीलाई आफू अनुकुल हिँडाेस् भन्ने चाहन्छ या त ओलीलाई जसरी पनि सत्ताबाट झार्ने भरमग्दुर प्रयासमा छ । याे अवस्थामा ओलीकाे राजिनामा माग्नु सरासर भारतीय अभिष्ट पुरा गराउनु हाे भन्ने हेक्का किन राख्तैनन् कमरेडहरु ?
    ओली हटाएर अध्यक्ष र प्रधानमन्त्री बन्ने दाउमा जाे जाे लागिपरेका छन् ती सबै परिक्षण भैसकेका र ओलीभन्दा अझ निकम्मा छन् भन्न रत्तिभर अफ्ट्यारो मानिरहनु पर्दैन।
      अब कि त दल र सरकारकाे नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गराैं। हाेइन भने ओली कमरेडलाई दवावमुलक राय सल्लाह मार्फत सुधार गराैं र याे कार्यकाल पूरा गर्न दिओैं। यसका लागि कमरेड ओलीले आफैंमा र आफ्नाे कार्यशैली एवम् विचार अभिव्यक्तिमा  व्यापक सुधार भने गर्नैपर्छ।  अर्काे पटक त हेरफेरकाे निर्णय पक्कै पनि हुने नै छ।
    हाेइन भने दल विभाजन राेजाैं। आफ्नाे नेतृत्व आफैं खाेजाैं।
                                                -सुनील पाैडेल

Friday, June 26, 2020

नेपालमा काेराेना कहरबारे

    वास्तवमा नेपालमा काेराेनासँग जुन बेला हामी खासै डराउनु पर्ने अवस्था आइसकेकाे थिएन , त्यसबेलै अधिक डरायाैं । बन्दा-बन्दी कडा बनायाैं । राज्य प्रशासन कडा बन्याे।
  अत्यधिक डर मान्नुपर्ने गरि संक्रमण बढ्न थालेकाे अहिलेकाे परिस्थितिमा हामी डराउन छाड्याैं । बन्दा-बन्दी खुकुलाे भाे। राज्य प्रशासन लचिलाे बन्याे। 
    काेराेना कहरसँग जुध्न र यसबाट बच्न गर्नुपर्ने तयारी र हाेशियारीमा राज्य चुकेकै हाे ।
    अन्तर्राष्ट्रिय उडान र नाकाहरुमार्फत हुने आवतजावत राेक लगाइएकाे भन्दा  १०-१५ दिन अघि नै राेकिनुपर्ने थियाे । खुल्ला नाकाहरुमा विदेशबाट हुने आवतजावतमा निकै कडाइ गर्नुपर्थ्याे।
   विभिन्न देशहरुबाट गरिने उद्धार र पुनर्सथापना  त्यस अगावै व्यवस्थित ताैर तरिकाबाट भैसक्नुपर्थ्याे । 
   पर्याप्त मात्रामा परिक्षण कीट खरिद , क्वारेन्टिन र आइसाेलेसन केन्द्र र कक्षहरुकाे स्थापनामा हामीले अलि ढिलाइ गर्याैं । अझै पर्याप्त मात्रामा तिनकाे व्यवस्थापन गर्न सकिएकाे छैन । क्वारेन्टिन भित्र भाेकै बस्नुपरेकाे कुरा त परै जाओस् सामुहिक बलात्कार समेत भएकाे समाचार बाहिरियाे । आइसाेलेसनमा राखिएकाले उपचार नपाइ ज्यान गुमाएपछि काेराेना नेगेटिभ देखिएकाे अत्यन्त कहालीलाग्दा घटनाहरु सुनिए। 
  काेराना नियन्त्रण र राेकथामका लागि हाम्राे पूर्व तयारी निक्कै नै फितलाे बन्याे । स्वास्थ सामाग्री खरिदमा नीतिगत हाेशियारी नपुग्दा स्वास्थमन्त्री र सिङ्गै सरकार भ्रष्टाचारको दाेषमा मुछियाे । 
उद्धारका लागि उडान सम्झाैता गर्दा समेत भ्रष्टाचार भएकाे सुचना बाहिरियाे । स्थानीय सरकारहरुले पनि उद्धारका लागि सरकारी बजेट छुट्याए तर रकम आफ्ना गाेजीमा हालेर उद्धार गरिएकाहरुसँग भाडा उठाए भन्ने आराेप खेपे । हुने कुरा भइहाले। 
   हामीले वास्तविक रुपमा काेराेना विरुद्ध संघर्ष गर्नुपर्ने खास बेला भने अहिले आइपरेकाे छ। संक्रमण दिनानुदिन हजार हाराहारीकाे सङ्ख्यामा बढ्दाे छ । मृतक पनि थपिँदै छन् । नेपालमा काेराेना सम्बन्धि अध्ययनमा संलग्न विज्ञद्वारा साउन २५ सम्म संक्रमण उच्च बिन्दुमा पुग्ने , करिब तीन लाख संक्रमित हुने र दस हजार भन्दा बढीकाे मृत्यु हुने प्रक्षेपण गरिएकाे छ । यस अवस्थामा काेराेना राेकथाम र नियन्त्रणमा हामीमाथि निकै ठूलो भार आइपरेकाे छ ।  
    काेराेनाकाे परिघटना स्वरुप आत्महत्या, भाेकमरी , आर्थिक संकट आदिकाे सामना गर्न उत्तिकै गाह्रो अवस्था आइलागेकाे छ। 
    काेराेनाले थिलथिलाे र जर्जर बनेकाे अर्थतन्त्रबिच बजेट आएकाे छ। करकाे भार बढेकाे छ । वैदेशिक अनुदान घट्ने निश्चितिका बाबजुद वैदेशिक अनुदान र ऋणका आधारमा अर्थतन्त्र धान्ने वा करकाे दायरा बढाउने बाहेकका बिकल्प बजेटले देखेकाे छैन । 
      आर्थिक वर्षान्त आइसक्याे । महशुल , शुल्क, कर र त्यससँगै जरिवाना र हर्जनाकाे अक्षम्य कहर हामी किसान , कर्मचारी , उपभाेक्ता र व्यावसायीलाई छँदैछ। 
     नेपालमा भ्रष्टाचार र अनियमितता नै अर्थतन्त्र, सुशासन  र विकासकाे बाधक हाे भन्ने जगजाहेर हुँदाहुँदै पनि यसकाे राेकथाम र नियन्त्रणमा राज्य सुनिश्चित देखिँदैन ।
     यस्तै विषम परिस्थितिका बिच प्राणघातक काेराेनाकाे संकटकाे जाेखिम नेपालमा फेरि ह्वात्तै बढेकाे छ । बन्दा-बन्दीले देशै आक्रान्त बन्ने स्थिति देखिएपछि राज्यले सर्वसाधारण जनता स्वयंलाई 'आफ्नाे सुरक्षा आफैं गर्नु' भन्ने संदेशका साथ खुकुलाेपना बढायाे । यसबाट  देशभर आवतजावत बढेसँगै संक्रमणकाे जाेखिमलाई पनि नबढाउने कुरै भएन । संक्रमणकाे जाेखिम वा संक्रमित बढ्नु भनेकाे हामीले पाउने परिक्षण र उपचारकाे सुविधा घट्नु हाे । 
     तसर्थ अब सबैले थप सचेत बन्नुपर्ने बेला आएकाे छ । सचेत बनाैं। सुरक्षित रहाैं । काेराेना विरुद्ध लड्न आत्मविश्वास बढाअाैं । सबै नेपालीकाे जय हाेस् । 
                         -सुनील पाैडेल

Friday, April 24, 2020

अध्यादेश फिर्ता र समसामयिक राजनीतिक परिवेश र नेकपाभित्रकाे विवादबारे ।

     अस्वस्थताका बाबजुद शक्तिशाली अवस्थाका  प्रधानमन्त्री अाेलीले अाशानुरुप काम देखिनेगरी सत्ता सञ्चालन गर्न सकिनरहेकाे कुरामा उनका  अन्धभक्त बाहेकले फरक मत राख्न सक्तैनन् ।
     तर,  अध्यादेश ल्याउनु, पास गराउनु र फिर्ता लिनु परिस्थितिजन्य कुरा हाे जुन सरकारकाे स्वविवेकमा भर पर्छ भलै पछिल्लोपटक ल्याइएकाे विधेयक अात्माकेन्द्रित र स्वस्वार्थले भरिपूर्ण भएकाे टिप्पणी गरिन्छ।  दलभित्रकाे अान्तरिक र बाह्य छलफल पश्चात् त्यसाे गरिएकाे भए अझ राम्राे हुन्थ्याे। त्यसाे हुन सकेन । अझ दलहरुलाई एक हुनबाट राेक्न र झन् टुक्र्याउने लज्जास्पद खेल समेत खेलिएकाे बुझिन अायाे । हुन त विगतदेखि वर्तमानसम्म देशदेखि विदेशसम्मका राजनीतिमा याे सामान्यतया देखिइँदै अाएकाे अभ्यास हाे ।
     अहिले अाएर सत्ता र दल सञ्चालनका क्रममा केपी अाेलीले भाेग्नुपरेकाे अवस्था फरक छ। वामदेव लगायत अन्य धेरै नामकाे बेमाैषमी डम्फु बजाएर सरकार माथि धावा बाेल्ने कुचेष्टा पटक पटक देखिएकाे छ , जुन चरमपन्थी स्वार्थकाे लज्जास्पद राजनीति  र सरकारमाथिकाे अनैतिक घेराबन्दी हाे ।
      यसमा दलकै सर्वाेच्च सह नेतृत्व र तिनका चरणपन्थी पिछलग्गुहरु जाे धन, दाैलत र सत्ता शक्ति अार्जनका लागि जस्तासुकै नाेकरशाही र दलाल पूँजीपतिहरुसँग साँठगाँठ गर्न पछि परेनन् र पर्दैनन्, तिनै नेता कार्यकर्ताहरु सरकारविरुद्ध चाैतर्फी घेराबन्दीमा लागिपरेका छन् ।
    यस्ताे परिस्थितिमा राजनीतिक  नैतिकताकाे रत्तिभर अभ्यास नगर्नेहरुले नैतिकताका अाधारमा सरकारकाे नेतृत्वको राजिनामा माग्नु हन्तकालीहरुले मेवामिष्ठान्न सम्झेर राल काढ्नु जत्तिकै स्वभाविक छ ।
    अाेलीबाट गल्तीहरु प्रशस्तै भएका छन् ।
    इतिहास साक्षी छ, माअाेवादीहरुले जनताकाे मुक्तिका नारा भजेर, भजाएर सत्ता शक्ति प्राप्त भएपछि ठुला ठुला तस्कर,अनियमितता गर्ने र करछलीमा रमाउने ठेकेदार, उद्योगपति , व्यापारी अादिकाे स्वार्थसिद्धिका लागि जनताकाे अाँखामा छाराे हाल्ने काम तुलनात्मक रुपमा अन्य दलले भन्दा बढ्ता गरेका छन् ।
     विगतदेखि माअाेवादी र यसका नेता कार्यकर्ताहरुकाे 'कथनी र करनी'काे  अाकाश पातालझैं बेमेल तालमेललाई नजरअन्दाज गरेर कम्युनिष्ट एकताकाे सपना देख्नु उनकाे मुख्य गल्ती हाे ।
     भारतीय नाकाबन्दी विरुद्ध खराे उत्रेकाे सरकारलाई चटक्कै छाडेर शेर बहादुरकाे बुइ  चढेकाे अवसरवादी राजनीतिक विगतलाई छिट्टै भुल्नु या भुलेजस्ताे गर्नु अाेलीकाे गल्ती नै हाे ।
   बाँदरले अाफ्नाे घर त बनाउँदैन नै अर्काकाे घरलाई पनि तहसनहस बनाउँछ भनिन्छ; अहिले नेपाली  राजनीतिमा बाँदर प्रवृत्ति हाबी हुँदैछ ।
#बाँदरे_प्रवृत्तिकाे_राजनीतिक_चरित्र_मुर्दावाद।
                                         - सुनील पाैडेल

Tuesday, April 7, 2020

स्थानीय तहकाे अनियमितता बारे

स्थानीय तहकाे अनियमितता बारे:
    हामीले राम्रै मानेका जनप्रतिनिधि रुपका केही गाउँपालिका र नगरपालिकाका 'मालिक'(प्रमुख) हरुलाई सार्वजनिक खरिद ऐेन र नियमावली, स्थानीय तह सञ्चालन ऐेन, नियमावली , कार्यविधि र निर्देशिका अादिजस्ता कुरा 'कुन चराकाे नाम हाे' भन्ने समेत थाहा नभएकाे वा बुझ पचाएकाे देखियाे, सुनियाे र बुझियाे।
   टेन्डर हुने रकमकाे हदका अाधारमा स्थानीयस्तर, जिल्लास्तर र केन्द्रस्तरमा सुचना प्रकाशित गरेर बाेलपत्र अाह्वान गर्नुपर्छ भन्ने सामान्य चेत समेत नभएकाे वा 'मैले गरेपछि सबथाेक ठीक' भन्ने दिग्भ्रमित साेच पालेर काम गर्ने गरेकाे देखियाे ।
    (प्रसंग राष्ट्रिय दैनिकमा बाेलपत्रकाे सुचना प्रकाशित गरेर नदीजन्य निर्माण सामाग्री उत्खननकाे टेण्डर दिइनुपर्ने बाेलपत्र रकमकाे हदमा  जिल्लाबाट प्रकाशित हुने साप्ताहिकमा सुचना प्रकाशित गरिटाेपलेर अाफुखुसी टेण्डर दिइएकाे।)
     सुन्नुस् कथित र स्वघाेषित मालिक साहेबहरु, अनेक तिकडमबाजी गरेर तपाईंले पाएकाे जनमत सदा तपाईंकै पक्षमा रहिरहन्छ भन्ने साेच नपाल्नुस् ।
    अहिले तपाईंहरु अासिन पद र कुर्सी तपाईंहरुकाे बाउकाे बिर्ता वा ससुरालीकाे दाइजाे हाे भन्ने साेच फाल्नुस् ।
     अनि याद गर्नुस् , भाेलि तपाईंहरु पद , पहुँच र पैसाकाे 'पावर'मा नहुँदा र त्याे ठाउँमा  तपाईंहरुले अहिले नगनेका, नमानेका या काेही- केही हाे भन्ने नठानेका मानिसहरु बहाल रहँदा,
    तपाईंका अहिलेका कर्तुतहरु  एकपछि अर्काे गर्दै के उजागर नहाेलान् ?
    तपाईंले अहिले बेवास्ता गरेका र मिचेका नियम-कानुनहरु नै के तपाईंको गलपासाे र हतकडी नबन्लान् ?
    हेक्का राखेर काम कारबाही सञ्चालन गर्ने गर्नाेस् स्वघाेषित मालिकहरु ।
    नागरिक सर्वाेच्चता र कानुनी राजकाे सर्वाेपरी सिद्धान्तलाई स्वीकार गर्नाेस् ।
     अहिले शासक बनेका तपाईंहरु पनि भाेलिकाे शासित हाे, बुझ्नाेस् ।
    केही जान्नुहुन्न या बुझ्नुहुन्न भने जानेबुझेकाहरुसँग साेधेर सल्लाह लिएर काम गर्ने गर्नाेस् ।
    'याे काे हाे र ?' भनेर कसैलाई नजरअन्दाज गर्ने कुचेष्टा नगर्नुहोस् । बरु ,
   हर एक मतदाता र जनता तपाईंलाई अहिलेकाे अााेहदा र हैसियतमा उकाल्न भर्‍याङ बनेकाे हाे भन्ने कुराकाे सदैब हेक्का राख्नुस् ।
    भ्रष्टाचार र अनियमितता उपर छानबिन र कारबाही गर्न प्रशस्तै कानुन र नियामक अायाेग , अदालत र संस्थाहरु छन् भन्ने कुरा कहिल्यै नभुल्नाेस् ।
    निर्माण समिति र उपभाेक्ता समिति मार्फत हुने ससाना काममा हुने भ्रष्टाचारमा समितिका अध्यक्ष, सचिव , काेषाध्यक्ष लगायत समेत भ्रष्टाचार र अनियमिततामा फस्ने फसाइने व्यापक सम्भावना हामीले देखेका छाैं । किनभने हामी जनता हरेकसँग फरकफरक सुचना छन् र सबै सुचनालाई एकठ्ठा गर्दा जनतासँग सबै सुचना रहन्छ ।
     (स्थानीय तह देखि केन्द्रसम्म सबै तहमा यस किसिमका भ्रष्टाचार र अनियमितता विद्यमान छन् । सबैले अा-अाफ्नाे तवरबाट जन खबरदारी गर्न अत्यावश्यक छ।)
                                   - सुनील पाैडेल

Monday, March 16, 2020

नेपालका वर्तमान कम्युनिष्टबारेकाे विचार

      केही बेर अघि मैले एउटा लामाे सपना देखें । मैले देखेकाे सपनामा स्वर्गीय मदन भण्डारी  र मनमाेहन अधिकारी कमरेहरु कम्युनिष्ट नेताकार्यकर्ताकाे विकृत मानसिकताबारे चिन्ता व्यक्त गर्दै हुनुहुन्थ्याे ।
     बिउँझिएपछि मलाई फेरि निद्रा लागेन । मैले भर्खरै देखेकाे सपनालाई वास्तविकताकाे धरातलमा तुलना गर्न थालें । मनले जे जे साेच्याे त्यसलाई यहाँ लेख्न थालें । 
     स्थानीय स्तरदेखि प्रदेश र केन्द्रका वर्तमान कम्युनिष्ट सरकारहरु माथि जनताकाे अत्यन्तै धेरै अाशा र भराेशा  थियाे र केही कम हदसम्म त्याे अाशा र भराेशा अहिले पनि कायम छ ।
     तर सरकारहरुबाट अाशानुरुप 'सर्भिस डेलिभरी' भने हुन सकिरहेकाे छैन । अहिलेकाे जस्ताे अनकुल समयमा पनि कम्युनिष्ट सरकारका प्राय सबै तहका नेताहरु सामाजिक सुरक्षा भत्तालाई नै अाफ्नाे काम गराइकाे प्रचार प्रसारकाे अाधार बनाइरहेका देखिन्छन् \ भेटिन्छन् ।
      सपनामा मदन र मनमाेहन कमरेडहरुले चिन्ता व्यक्त गरेजस्तै  कम्युनिष्ट नेता कार्यकर्ता धेरै हदसम्म साँच्चिकै विकृत बन्दै गइरहेका छन् ।
     संगठन विस्तारका नाममा अयाेग्य र विकृत मानसिकताका व्यक्तिहरु भित्रिने अनि माथिल्ला तहका नेताकाे चाकडी र चाप्लुसीका भरमा तिनै अयोग्यहरुले हालीमुहाली गर्ने परिपाटी हरेक तहमा स्थापित भएकाे छ।
      कम्युनिष्ट सिद्धान्तको 'क' नजानेका या जानेर पनि सिद्धान्त च्युत भएकाहरुले अनेक तिकडम गरि टिकट या पद हत्याउने र मनमानी गर्ने तर इमानदार नेता कार्यकर्ताले जिम्मेवारीबाट बञ्चित हुनुपर्दा कम्युनिष्ट सरकार र पार्टीप्रति  नै अाम जनताकाे भराेशा टुट्ने अवस्था बनेकाे छ । वडा, गाउँ , नगर , प्रदेश र संघ सबै स्तरमा याे समस्या देखिन्छ ।
     गुटबन्दी व्याप्त छ । व्यक्तिपिच्छेका गुट सबै तहमा प्रशस्तै देखिन्छ ।
     एकता भनेर भिड एकठ्ठा हुने तर जनहितमा भन्दा स्वहितमा रमाउने अनि अन्तरविरोधमा बदलाभावकाे मानसिकता , अापसमा  खट्टा तान्ने  प्रवृत्ति कम्युनिष्ट भित्रकाे राेग नै बनेकाे छ ।
       अाफु टिक्न अाफ्ना टिकाउने प्रवृत्तिले भ्रष्टाचार र अनियमितता माैलाएकाे छ । गुटतन्त्रसँगै लुटतन्त्र जाेडिएकाे छ।
    कम्युनिष्ट दललाई जडशुत्रवादी कट्टरपन्थीहरुकाे भिड बन्नबाट जाेगाउँदै समयानुकूल र परिस्थिति अनुकुल माटाे सुहाउँदो बनाउँदै अनुशासित र व्यवस्थित शक्तिका रुपमा विकास गर्दै सिङ्गो देशलाई नै कम्युनिष्टमय बनाउन कमरेड मदनले गर्नुभएकाे वैचारिक र व्यावहारिक याेगदान अहिलेका अवसरभाेगीहरु धेरैलाई थाहै छैन । थाहा हुनेहरुले पनि बिर्सिसके या सम्झनै चाहँदैनन् । उनीहरुका लागि पार्टी सिर्फ अवसर प्राप्तिकाे थलाे बनेकाे छ ।
    कम्युनिस्ट सरकारलाई लाेक कल्याणकारी सरकारका रुपमा प्रमाणित गर्न मनमाेहन कमरेड नेतृत्वकाे  अल्पमत सरकारले गरेका जस्ता प्रभावकारी र दुरदर्शी निर्णहरु वर्तमानका संघीय देखि प्रदेश र स्थानीय कुनैपनि सरकारले गर्न सकिरहेको देखिँदैन । अहिलेका नेताहरुमा त्यस किसिमकाे क्षमता र मन दुबै छैन भनेर ठाेकुवा नै गर्न सकिने अवस्था छ ।
      अहिलेकाे जस्ताे अनुकुल समय कम्युनिष्ट सरकारका लागि विरलै प्राप्त हुने अवसरहरु हन् । तसर्थ मनमाेहन र भरतमाेहन कमरेडहरुकाे जस्ताे र अझ ती भन्दा बढ्ता देश र जनतामा दुरगामी सकारात्मक प्रभावपर्ने खालका 'भिजनरी' व्यवस्थाका लाेककल्याणकारी निर्णहरु गर्न अग्रसर हुनुपर्छ अबका कम्युनिष्ट सरकारहरु ( अरु सबै पनि )।
     राजनीति भनेकाे लाेककल्याण र समाजसेवाकाे उद्यम हाे ।
 हामीले व्याजमा रमाउनभन्दा पनि लाेक कल्याणका नवीनतम उपायहरु अवलम्बन गर्न सक्नुपर्छ । सामाजिक सुरक्षा भत्तामा त समयानुकूल स्वभाविक रुपमा वृद्धि र सुलभता अाउँछ नै ।
        जनताप्रति उत्तरदायित्व र वफादारिता हुनपर्छ अबकाे राजनीतिमा पनि ।
      नारामा मात्रै हाेइन साँच्चिकै व्यावहारिक रुपमा अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम हुनपर्छ सबै तह र तप्काबाट ।
        भ्रष्टाचाररहित शासन र सुव्यवस्था  देश र समाजकाे हितका खातिर जिम्मेवारी , जनताप्रति उत्तरदायीत्त्व या जवाफदेहिताकाे भावनालाई मूल मन्त्र मानेर लाेक कल्याणकका खातिर अधिकतम लगाव प्रदर्शित गर्न सकेमा मात्रै कम्युनिष्ट सरकारहरु सार्थक बन्न सक्छन् र नेता- कार्यकर्ताहरुमाथिकाे विश्वास कायम रहन सक्छ ।
        अन्यथा कम्युनिष्टहरुमाथि लाग्ने गरेकाे 'कमाऊ-निष्ट'काे अाराेपबाट इमानदार कार्यकर्ताहरुले समेतले उन्मुक्ति पाउन सक्ने छैनन् ।  -  Sunil Paudel